पाल्पामा ‘स्वाद उत्सव’ हुँदै, होटल पौवाको १० औँ वार्षिकोत्सव विशेष कार्यक्रम घोषणा



पाल्पा — “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराका साथ नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षणमा सक्रिय होटल पौवा प्रालिले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार देशभर रहेका आफ्ना २० वटै शाखामा एकसाथ स्वाद उत्सव मनाउने तयारी पूरा भएको छ।
वार्षिकोत्सवका अवसरमा होटल पौवाको तानसेन शाखाले पत्रकार सम्मेलन गरी कार्यक्रम तालिका सार्वजनिक गरेको छ। जसअनुसार चैत २५ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने चैत २६, २७ र २८ गते तीन दिनसम्म ‘स्वाद उत्सव’ सञ्चालन हुनेछ। पाल्पा शाखाका प्रबन्धक यदु भट्टराईले पाल्पाली आतिथ्यता र अर्गानिक स्वादको विशेष अनुभव दिलाउने उद्देश्यले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो।
उत्सव अवधिभर नेपाली रैथाने स्वाद झल्काउने विशेष परिकारसहित ६ प्रकारका मेनु प्रस्तुत गरिने लेखापाल सन्जु कार्कीले बताउनुभयो। उहाँका अनुसार यस कार्यक्रमले पाल्पाको स्थानीय पर्यटन प्रवर्द्धन र मौलिक खानाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
होटलका कार्यकारी प्रमुख भान्से (एक्जिक्युटिभ सेफ) नारायण पोखरेलले पाहुनाहरूको रुचिअनुसार स्वादिष्ट र स्वास्थ्यकर परिकार पस्किँदै आएको बताउँदै यस उत्सवमा पनि विशेष परिकार मार्फत फरक अनुभव दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रुपन्देहीको सालझण्डीस्थित सात कोठाको सानो घरबाट सुरु भएको होटल पौवाको यात्रा अहिले देशभर फैलिएको छ। हाल कम्पनीमा झण्डै १,००० कर्मचारी र २५० भन्दा बढी लगानीकर्ता आबद्ध रहेका छन्।
वार्षिकोत्सवकै अवसर पारेर चैत २८ गते भैरहवा शाखामा ‘बतायौँ बालापन’ अवधारणामा आधारित लगानी सम्मेलन समेत आयोजना गरिने कम्पनीले जनाएको छ। ‘मिसन १००’ को लक्ष्यसहित अघि बढिरहेको पौवाले यस उत्सवमार्फत ४० हजारभन्दा बढी निमन्त्रणा पत्र वितरण गरिसकेको छ।
होटलले सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई ‘स्वाद उत्सव’मा सहभागी भई नेपाली परिकारको मौलिक स्वाद र विशिष्ट आतिथ्यको अनुभव लिन हार्दिक निमन्त्रणा गरेको छ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...