स्थानीय

गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा

गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डौ — गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशको झापामा १५९ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकीको कास्की र स्याङ्जामा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ भने लमजुङमा ८५ र गोरखामा ६६ मिलिमिटर पानी परेको छ । साथै सिन्धुपाल्चोक, काभ्रे र काठमाण्डौमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ । ...
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यद्वारा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका छन्। प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थाप...
गुल्मी बम्घावासीका लागि रुपन्देहीमै सरकारी सेवा, सम्पर्क समाजको संयोजनमा घुम्ती शिविरबाट ८१ जनाले लिए सेवा

गुल्मी बम्घावासीका लागि रुपन्देहीमै सरकारी सेवा, सम्पर्क समाजको संयोजनमा घुम्ती शिविरबाट ८१ जनाले लिए सेवा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा बसोबास गर्दै आएका साविक बम्घाका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। शिविरमार्फत ज्येष्ठ नागरिकसहित ८१ जना सेवाग्राहीले विभिन्न सरकारी सेवा लिएका छन्। रुरुक्षेत्र गाउँपालिका–५ नं. वडा कार्यालयको आयोजना तथा गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजको समन्वय र सहकार्यमा तथा तिलोत्तमा नगरपालिका–१ नं. वडा कार्यालयको स्थान सहयोगमा शनिबार तिलोत्तमा–१, ड्राइभरटोलस्थित वडा कार्यालयमा एकदिने शिविर सञ्चालन गरिएको हो। शिविरमा साविक बम्घा क्षेत्रबाट रुपन्देहीमा बसोबास गर्दै आएका ५६ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका थिए। यस्तै, २५ जना सेवाग्राहीले जन्मदर्ता, मृत्युदर्ता, विभिन्न सिफारिसलगायतका प्रशासनिक सेवा लिएका थिए। सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अन्य सरकारी काम...
चेक अनादर मुद्दामा फैसला, रुपन्देहीबाट दुई फरार प्रतिवादी पक्राउ

चेक अनादर मुद्दामा फैसला, रुपन्देहीबाट दुई फरार प्रतिवादी पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देही प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ प्रेमपथका राजु खनाल र लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का सन्तु चाई रहेका छन्। प्रहरीका अनुसार खनाललाई चेक अनादर मुद्दामा अदालतले ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो भने चाईलाई सोही प्रकृतिको मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। दुवै जना अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका थिए। प्रहरीले उनीहरूलाई २०८३ साल साउन २१ गते रुपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। जि...
बुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल शुभारम्भ

बुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल शुभारम्भ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल सञ्चालनमा आएको छ । सस्तो शुल्कमा बिरामीलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित निजी क्षेत्रको ठूलो लगानीमा बुटवल–८ सुख्खानगरमा जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आएको हो ।अस्पताल सञ्चालनमा आएसँगै सर्वसाधारणले एउटै भवनबाट धेरै खालका रोगको उपचार, निदान र शल्यक्रिया सुविधा सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक डाक्टर मोहन सिंहले बताए । हस्पिटलले सबै प्रकारका विशेषज्ञ उपचार सेवा भारतको मेदान्त वा काठमाडौंसम्म पुग्ने अवस्था अन्त्य गर्ने गरी सेवा दिने डा. सिंहले दाबी गरे । २४ शय्याबाट शुरू भएको अस्पताल छिट्टै १०० शय्यामा पुर्‍याउने तयारी छ । उनका अनुसार हस्पिटलमा जनरल सर्जरी, अर्थोपेडिक, न्यूरो सर्जरी, पेडियाट्रिक, मृगौलालगायत रोगको सहज उपचार हुनेछ । हस्पिटलमा डायलाइसिस, इमर्जेन्सी, आईसीयू, एनआईसी...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन आगामी असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।बैठकमा कोषाध्यक्ष बसन्तप्रसाद ढकालले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८३–०८४ को लागि आयव्यय स्वीकृत भएको छ । संघका कोषाध्यक्ष ढकाल संयोजक रहेको बजेट तर्जुमा समितिले निर्माण गरेको आयव्यय कोषाध्यक्ष ढकालले बैठकमा प्रस्तुत गरेका थिए ।त्यसैगरी संघले सैनामैना र देवदहमा सञ्चालन स्वीकृति पाएको डि.जि.एम. परियोजना सञ्चालनका लागि सह–परियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त सह–परियोजना व्यवस्थापन समितिमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, मलमल...
ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा नियोपोलीस युनिभर्सिटी पाफोस, साइप्रसको सहजीकरणमा साइप्रसमा उच्च शिक्षाका अवसर, शैक्षिक गुणस्तर तथा नेपाली विद्यार्थीहरूको सम्भावनाबारे केन्द्रित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा साइप्रसमा उच्च शिक्षाको बढ्दो आकर्षण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त शैक्षिक प्रणाली, अनुसन्धानमुखी अध्ययन, आधुनिक शिक्षण पद्धति तथा अध्ययनसँगै प्राप्त हुने अन्तर्राष्ट्रिय अवसरका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी शैक्षिक परामर्श व्यवसायीहरूले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय र विश्वसनीय शैक्षिक गन्तव्य छनोट गर्न आवश्यक जानकारी आदानप्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले विश्वस्तरीय शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि साइ...
रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
बुटवल — बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित साँग्रिला पथमा सञ्चालित रारा मसला उद्योगबाट निस्कने धुलो, धुवाँ, मसलाको खार तथा ध्वनि र कम्पनका कारण स्वास्थ्यमा असर परेको भन्दै स्थानीय बासिन्दाले उद्योग स्थानान्तरणको माग गरेका छन्।लामो समयदेखि उद्योगबाट हुने प्रदूषणका कारण समस्या भोग्दै आएको स्थानीयको गुनासो छ। पटक–पटक उद्योग सञ्चालकलाई समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीयले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा लिखित उजुरी दिएका थिए।उजुरीपछि न्यायिक समितिले दुवै पक्षबीच छलफल गराउनुका साथै गत असार २६ गते उद्योगको स्थलगत अनुगमन गरेको थियो। तर, अनुगमन प्रभावकारी नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै साउन २५ गते जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय, भैरहवामा ध्यानाकर्षणपत्र बुझाएका थिए।त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयको टोलीले साउन २८ गते उ...
उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघ र लुम्बिनी प्रदेशका सचिव स्तरीय टोलीबीच प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी अन्तरक्रिया भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले उद्योगको आवश्यकता र बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमकार्यक्रमलाई उद्योगसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिए। उनले उद्योग क्षेत्रमा आवश्यक सीप र जनशक्तिको पहिचान गरी सोहीअनुसार तालिम सञ्चालन गर्न सके युवालाई रोजगारीसँग जोड्न सहज हुने बताए।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउँदै टिभेटकार्यक्रमलाई परिणाममुखी बनाउन सरकार,...
तिलोत्तमामा सिद्धार्थनगरपालिकाको गाडी दुर्घटना, मेयर इश्तियाक घाइते

तिलोत्तमामा सिद्धार्थनगरपालिकाको गाडी दुर्घटना, मेयर इश्तियाक घाइते

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमामा सिद्धार्थनगर नगरपालिकाको गाडी दुर्घटना हुँदा सिद्दार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ घाइते भएका छन् ।बिहिवार तिलोत्तमा १५ कोटीहवामा बुटवलबाट भैरहवा जाँदै गरेको सरकारी नम्बरको बिएएए ०९५३ गाडी अनियन्त्रित भई डिभाइडरमा ठोक्किन जाँदा उनी सामान्य घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी कृष्णकुमार चन्द्रका अनुसार मेयरको टाउकोमा सामान्य चोट लागेको छ । उनको अहिले भैरहवाको भिम अस्पतालमा उपचार भैरहेको छ । उक्त गाडीमा मेयर र गाडी चालक मात्रै रहेका थिए । चालकलाई भने सकुशल रहेका छन । तीब्र गतिमा रहेको उक्त गाडी अनियन्त्रित भई सडकको अर्को तर्फको डिभाइडरमा ठोक्किन पुगेको थियो । ...