काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

बुटवल
नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समितिले यसअघि २०८३ असोज १० गतेका लागि तय गरेको निर्वाचन कार्यक्रम लगातारको वर्षाका कारण एक दिन पर सारिएको छ ।
नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन भारी वर्षा भइ जनजीवन प्रभावित हुन सक्ने सम्भावनाको सूचना जारी गरेको तथा काँग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्तीसमेतका आधारमा निर्वाचन कार्यक्रमको कार्यतालिका फेरबदल गरिएको जनाएको छ ।
नयाँ कार्यतालिकाअनुसार काँग्रेस रुपन्देहीको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते हुने भएको छ ।
जिल्ला निर्वाचन समिति रुपन्देहीले निर्वाचन कार्यक्रमसम्बन्धी जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको हो । समितिका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतमद्वारा जारी विज्ञप्तीमा निर्वाचन कार्यक्रम संशोधन गरिएको उल्लेख छ ।

छुटाउनुभयो कि ?

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

बुटवलनेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समि...
देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

काठमाडौँहाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्...
नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

काठमाडौँजलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोडिएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्रमन...
निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...