खेलकुद

भारतविरुद्ध नेपाली महिला टिमको लगातार दोस्रो जित

भारतविरुद्ध नेपाली महिला टिमको लगातार दोस्रो जित

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली महिला फुटबल टिमले भारतलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।पाल्जोर रंगशाला, सिक्किममा सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको हो । यसअघि ९० मिनेटसम्मको खेलमा नेपाल र भारतले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।यसअघि सम्पन्न औपचारिक मैत्रीपूर्ण खेलमा पनि नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा दुवै देशले प्रमुख खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाईका खेलाडीलाई अवसर दिएका थिए । ...
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाण्डौ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज विहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् । नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् । टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृङ्खलाका लागि टोलि घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृङ्खलामा नेपालले अमेरिका र युएईसँग समान २–२ खेल खेल्नेछ । यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेको छ । त्यसपछि टोलि ओमानबाटै दुबई पुगेको हो ।नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीवार घरेलु टोली युएईसँग खेल्नेछ ...
विद्युत् प्राधिकरणले महसुल नतिर्ने थप १८ वटा उद्योगको लाइन काट्यो

विद्युत् प्राधिकरणले महसुल नतिर्ने थप १८ वटा उद्योगको लाइन काट्यो

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो।नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो।यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौति गरिए...
आइसीसी विश्वकप लिग २ : यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

आइसीसी विश्वकप लिग २ : यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्दैछ ।दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो ।एकदिवसीय मान्यता पाएपछि नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० को फेब्रुअरीमा टियु क्रिकेट मैदानमा भएको थियो, जुन खेल नेपालले ३५ रनले जितेको थियो । त्यस्तै दोस्रो खेल फेब्रुअरी, १२, २०२० मा टियु मैदानमै भएको थियो, जुन नेपालले ८ विकेटले जितेको थियो । त्यस्तै चौथो खेल २०२१ को सेप्टेम्बर १३ मा ओमानको अल अमेरत मैदानमा भएको थियो, जुन खेल...
गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध

गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध

खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
गुल्मीगुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड जनबोध माविले जितेको छ । अहिलेसम्म जनबोधले लगातार छ पटक राष्ट्रपति रनिङ्गशिल्ड जितेर शिल्ड कब्जा गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको घ्युबेँसी खेल मैदानमा गत असोज २९ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा १४ स्वर्ण, चार रजत र पाँच कास्य गरेर २३ पदकसहित जनबोध माविले राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो । त्यस्तै, ग्वादी माविले सात स्वर्ण, एक रजत र ११ कास्य गरेर १९ पदकसहित द्वितीय स्थान प्राप्त गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । जनज्योति माविले पाँच स्वर्ण, ११ रजत र तीन कास्य गरेर २१ प्दकसहित तृतीय स्थान प्राप्त गरेको छ । प्रथम जनबोध माविले नगद १० हजार रुपियाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, द्वितीय स्थान प्राप्त गरेको ग्वादी माविले...
नेपाल विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो

नेपाल विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २११ रन बनाएको थियो । नेपालका लागि आसिफ सेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । आसिफले ६९ रन बनाएका थिए भने ऐरीले ५३ रन बनाएका थिए । त्यस्तै लोकेस बमले आक्रामक १२ बलमा अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाएका थिए । त्यसैगरी कुशल मल्लले १७ रन बनाएका थिए । नेपालले यस प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको छ । यस प्रतियोगिताबाट नेपालसहित ओमान र युएई अर्को बर्ष भारतमा ह...
कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, सम्पन्न गर्न १० अर्ब लाग्ने

कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, सम्पन्न गर्न १० अर्ब लाग्ने

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए । रङ्गशालाको विकास र आधुनीकरण नेपालका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खे...
नेपाल तेस्रो पटक विश्वकप खेल्ने

नेपाल तेस्रो पटक विश्वकप खेल्ने

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल तेस्रो पटक विश्वकप खेल्ने पक्का भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो। सुपर सिक्सको खेलअन्तर्गत युएईले सामाओलाई पराजित गरेपछि नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो। नेपालले आज ओमानसँग अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ। ओमानको भूमिमा पुरानो इतिहास मेटाउँदै नेपालले अल अमेरतमा नेपाली क्रिकेटको एक नयाँ इतिहास लेखेको छ। सन् २०२४ मा १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको नेपालले लगातार दोस्रो पटक टी२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो। सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। उनै पारस नेतृत्वको क्यानले लगातार दोस्रो पटक आफ्नो पछिल्लो पुस्ताले विश्वकप खेलेको हेर्नेछ। विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीले पछिल्लो केही महिनायता राम्रो तयारी गरिरहेको छ। नेपाली टि...
विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल

विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज जापान र कतारबीच पनि खेल हुदैछ । यो खेल विहान ११: ४५ बजेदेखि हुदैछ भने अर्को खेल युएई र सामाओबीच दिउसो ४: १५ बजेदेखि खेल हुदैछ ।नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ। ने...
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँ ओमानमा जारी आइसिसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुदै छन् ।नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध खेल्दै छ । यो खेल आज नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि सुरु हुदैछ । नेपाल र युएईबिचको खेललाई एसोसियट देशहरूको क्लासिको पनि भन्ने गरिन्छ । दुवै देश टी-२० क्रिकेटमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् भने दुवैले ५-५ खेल जितेका छन् । समूह चरणमा दुवै आ-आफ्नो समूहमा विजेता बनेर सुपर सिक्समा २-२ अङ्क लिएर आएका छन् । दुवै देशले यो खेल जितेर आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छन् ।त्यस्तै सुपर सिक्समा आज ओमान र कतार बिच बिहान ११: ४५ बजेदेखि खेल हुदैछ भने सामाओ र जापानबिच राति ८: ४५ बजेदेखि खेल हुदैछ । छनौट प्रतियोगितामा सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोज...