लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिमा लागि परेको छ: मन्त्री भूमिश्वर ढकाल
बुटवल
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने उद्देश्य रहेको बताए।
गुल्मेली सम्पर्क समाज रुपन्देहीको अधिवेशनमा बोल्दै मन्त्री ढकालले सम्पर्क समाजले समाज सेवाका हिसाबले उल्लेख्य काम गर्दै आएको र यस संस्थामा रहेको निर्माणधीन भवन निर्माण , आवतजावत गर्ने सडक लगायतका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले जनताका दैनिक जीवनसँग जोडिएका गास, बास ,कपास ,शिक्षा ,स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा तथा कृषिलाई प्रोत्साहन गर्ने र सुनिश्चित गर्ने ,भौतिक एवं सामाजिक विकासका लागि काम गरिरहेको बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा सुखी नेपाली समृद्ध नेपाल को राष्ट्रिय आकांक्षा बमोजिम बजेट विनियोजन गरेको र लुम्बिनी प्रदेश सरकार यसमा लागि परेको वताए। ...








