लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिमा लागि परेको छ: मन्त्री भूमिश्वर ढकाल


बुटवल

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने उद्देश्य रहेको बताए।

गुल्मेली सम्पर्क समाज रुपन्देहीको अधिवेशनमा बोल्दै मन्त्री ढकालले सम्पर्क समाजले समाज सेवाका हिसाबले उल्लेख्य काम गर्दै आएको र यस संस्थामा रहेको निर्माणधीन भवन निर्माण , आवतजावत गर्ने सडक लगायतका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले जनताका दैनिक जीवनसँग जोडिएका गास, बास ,कपास ,शिक्षा ,स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा तथा कृषिलाई प्रोत्साहन गर्ने र सुनिश्चित गर्ने ,भौतिक एवं सामाजिक विकासका लागि काम गरिरहेको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा सुखी नेपाली समृद्ध नेपाल को राष्ट्रिय आकांक्षा बमोजिम बजेट विनियोजन गरेको र लुम्बिनी प्रदेश सरकार यसमा लागि परेको वताए। उनले अहिले गाउँबाट सहर र सहरबाट विदेश बस्ने लहर चलेकोले यसलाई रोक्नका लागि सडक पूर्वाधार ,विद्यालय ,अस्पतालहरू गाउँ -गाउँमा पुगेको र कृषिलाई व्यावसायिकतामा जोड्ने योजनाहरू अगाडि सारेर कार्यान्वयनमा लागेको बताए।

शनिबार रूपन्देहीको तिलोत्तमा डिङ्गरनगरमा रहेको श्रृङ्गेश्वर धाम परिसरमा सचिवालय रहेको सम्पर्क समाजको साताैं अधिवेशनलाई सम्बोधन गर्दै गुल्मेलीहरू राजनीतिक, शैक्षिक, व्यावसायिक, स्वास्थ्य ,समाजसेवा हरेक तह र तप्कामा अग्रपंक्तिमा रहेको बताए।

उनले गुल्मीबाट रुपन्देहीमा आइ बसोबास गरेका गुल्मेलीहरुले जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,श्रृङ्गेश्वर धाम , सम्पर्क समाज जस्ता योजनाहरू उदाहरणीय रुपमा अगाडि बढाएकोमा प्रशंसा गरे। अधिवेशनलाई इङ्गित गर्दै मन्त्री ढकालले नेतृत्व गर्न धेरै सक्षम रहेको र जसले समय दिन सक्छ ,समाजसेवामा लाग्ने दृढ इच्छाशक्ति छ उनीहरु नेतृत्वमा आउनुपर्ने धारणा राखे।

सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गुल्मी जिल्ला समन्वय समितिका सदस्य सुनिता जिसीले सम्पर्क समाजले गरेका कामहरु उदाहरणीय रहेको बताइन् ।

कार्यक्रममा श्रृगेश्वर धामका अध्यक्ष ऋषि भण्डारीले आफूहरूले देखेको समाजसेवा ,धार्मिकता, संस्कार ,संस्कृति ,एकता ,भातृत्व जस्ता कामहरूमा सबैको सहयोगले उक्त स्थानसम्म आएको र यसलाई अझ उचाइमा लग्नुपर्ने धारणा राखे।

अधिवेशनले पुन डाक्टर नारायण प्रसाद पन्थको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको प्रथम उपाध्यक्षमा हेम थापा, द्वितीय उपाध्यक्षमा कविता अर्याल ,उपाध्यक्षमा लक्ष्मण ज्ञवाली ,महासचिवमा राजेन्द्र कुँवर ,कोषाध्यक्षमा बोमलाल भण्डारी ,सचिवमा भोज खत्री ,सहकोषाध्यक्षमा अर्जुनबहादुर कुँवर ,तथा सदस्यहरूमा तुलसीराम कंडेल ,लक्ष्मण अर्याल ,सिर्जना मरासिनी ,मोतिलाल गौतम ,लक्ष्मी श्रेष्ठ ,मन्दिरा शर्मा ,माधवप्रसाद ज्ञवाली र कविराज श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हाे।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...