आज देखि बुटवल खाना महोत्सव सुरु
खिम खड्का२९ पौष,बुटवल । आज देखि होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामा "अतिथि देवो भव"नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान,शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान ! भन्ने मुल नाराका साथ बुटवल खाना महोत्सवको सुरु भएको छ ।पौष २९ ( आज ) देखि माघ २ गते सम्म ३ दिन बुटवल ७ दिपनगर स्थित शिद्वेश्वर लालकुमारी मा.बि.को खेलमैदानमा हुन गइरहेको बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा विविध सांस्कृतिक कार्यक्रमका साथ स्वादेशी स्थानीय रैथाने खानाका तथा बिदेशी खानाका परीकारहरु सहितको प्रदर्शनी गरीने संस्थाका महासचिव अर्जुन थापाले बताए ।बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा पौष २९ गते (आज) जनचेतना र्याली बिहान ११:०० बजे सिद्धेश्वर लालकुमारी मा.बि.को खेल मैदानमा हुनेछ ।अध्यक्ष लेखनाथ भण्डारीका अनुसार साँझ ७:०० बजे देखि रा...








