समाचार

भारत र चीनसँगको सीमा समस्या समाधान गर्न उच्चस्तरीय पहल जारी छ : परराष्ट्रमन्त्री राणा

भारत र चीनसँगको सीमा समस्या समाधान गर्न उच्चस्तरीय पहल जारी छ : परराष्ट्रमन्त्री राणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले स्थापित संयन्त्रहरूमार्फत पहल भइरहेको बताएकी हुन् ।  परराष्ट्र मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा मन्त्री राणाले उत्तर र दक्षिणतर्फको सीमा समस्या समाधान गर्न निरन्तर पहल भइरहेको बताइन् । उच्चस्तरीय संयन्त्रमार्फत सीमा समस्याको समाधान पहल भइरहेको उनको भनाइ थियो । 'सीमा सम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको छ । साथै, यस विषयमा सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको छ,' उनले भनिन् । भारत र चीनतर्फको सी...
इरानका सर्वोच्च नेता खामेनी द्विविधामा: हर्मुजको जलमार्ग बन्द गर्ने कि नगर्ने ?

इरानका सर्वोच्च नेता खामेनी द्विविधामा: हर्मुजको जलमार्ग बन्द गर्ने कि नगर्ने ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
इरानी संसदले आइतबार हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। इरानी सांसद  इस्माइल कोवसारीले आइतबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई संसदले अनुमोदन गरेको बताएका हुन्।  तर संसदले अनुमोदन गर्दैमा यो कार्यान्वयनमा जाँदैन। यसको अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय परिषद र यसका नेता आयतोल्लाह अलि खामेनीले गर्नुपर्छ। के खामेनीले यस्तो निर्णय गर्लान्? यो निर्णयले अमेरिकालाई  के असर गर्छ? हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनको स्वार्थ कसरी जोडिएको छ? इरान आफैलाई यसले के असर गर्छ?  हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो। तेल उत्पादन गर्ने थुप्रै खाडी मुलुकले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन्। साउदी...
बुटवलमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सञ्चालन

बुटवलमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सञ्चालन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, स्थानीय
बुटवल टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवलले मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सुरु गरेको छ। बुटवल ९ इटाभट्टीमा सञ्चालन भएको उक्त मेला यही असार ८ गतेदेखि १३ गतेसम्म सञ्चालन भइरहेको छ। मेलामा जुनसुकै कम्पनीका पुराना स्कुटर तथा मोटरसाइकल एक्सचेन्ज गर्दा १० हजार थप मूल्याङ्कन रहेको छ। नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगदमा ८ हजार सम्म छुटको व्यवस्था रहेको छ। फाइनान्स मार्फत कारोबार गरेमा ब्याज लाग्दैन। टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटर चढ्ने उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको र चढ्न चाहने टिभिएस प्रेमीहरू मेलाबाट धेरै लाभान्वित हुने विश्वास रहेको बालाजी अटोमोबाइल्स बुटवलका सञ्चालक विशाल जयसवालले जानकारी दिनुभयो। एक्सचेञ्ज मेलामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हेल्मेट ,ब्याग ,बाइक कभर लगायतका एक्सेसरीहरु निःशुल्क उप...
पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासमेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष÷सार्वजनिक संस्थालाई हानि नोक्सानी पु¥याउने वदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ । मुद्दा दायर गरेकामा पशुपति क्षेत्र व...
मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, ग...
अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण

अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँ अमेरिकाले इरानका तीन आणविक साइटमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका छन् । ट्रम्पका अनुसार अमेरिका द्वारा फोर्डो , नतान्ज  र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको हो। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, ‘हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौँ। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन्’ । उनका अनुसार फोर्डो साइटमा ‘पूर्ण क्षमताका बमहरू’खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किन थालेका छन्।यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने नहुने दुई दिनभित्र निर्णयले लिने बताएका थिए । ...
मनसुन देशभर सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन देशभर सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित  बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित ...
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत  संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ द...
देशभर फैलियो मनसुन

देशभर फैलियो मनसुन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ७, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। आज राति: देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र...
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दैछन्। ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर त...