Author: संचार पत्र

अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन् । “बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ...
रुपन्देहीमा दुई दिने डिजिटल पत्रकारिता तालिम सुचारु

रुपन्देहीमा दुई दिने डिजिटल पत्रकारिता तालिम सुचारु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने डिजिटल पत्रकारिता तालिम बुटवलमा सञ्चालन गरिएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेशका सबै जिल्लाका पत्रकारहरुका लागि क्षमता अभिवृद्धि सम्वन्धि डिजिटल पत्रकारिता तालिम सञ्चालन गरेको हो। अन्य जिल्लाहरूमा तालिम सम्पन्न भइसकेको छ। बिहिबार र शुक्रबार रूपन्देही,नवलपरासीका साथै अन्य जिल्लामा छुटेका पत्रकारका लागि बुटबलमा तालिम सञ्चालन गरिएको हाे। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईंले पत्रकारको क्षमता अभिवृद्धि र बढ्दो प्रविधिको उपभोग गर्न सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । अध्यक्ष चौलागाईंले महासंघले तालिमहरू संगै पत्रकारका वृद्धि विकास र हकहितका लागि अभिभावकीय भूमिका खेलिरहेको र कल्याकारी कोष मार्फत साथ सहयोग गर्ने योजना रहेको बताए। कार्यक्रम संयोजक तथा म...
न्यायाधीश सुवेदी र ढकालको इजलासमा रवि र छविका निवेदन मात्र, आज आदेश आउने

न्यायाधीश सुवेदी र ढकालको इजलासमा रवि र छविका निवेदन मात्र, आज आदेश आउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन् ।  सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार संवैधानिक इजलासका कारण रविको मुद्दा आजका लागि पेसी तोकिएको थियो ।रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षमा रहेको रविका वकिलहरूको भनाइ छ । ...
आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । अहमदाबादमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा गुजरात शीर्ष स्थानमा छ भने लखनउ बाहिरिसकेको छ । गुजरात १२ खेलमा १८ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहँदा लखनउ १० अङ्कसहित सातौं स्थानमा छ । आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ । ...
लुम्बिनीका १३ अस्पताल विकास समितिमा कांग्रेस–एमालेको भागबण्डा

लुम्बिनीका १३ अस्पताल विकास समितिमा कांग्रेस–एमालेको भागबण्डा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
८ जेठ, बुटवल । लुम्बिनी लुम्बिनी प्रदेशका १३ सरकारी अस्पताल विकास समितिमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेर अध्यक्ष नियुक्त गरेका छन् । विगतमा मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरी निर्णय सार्वजनिक गर्ने गरिएकामा यसपटक भने मन्त्रीस्तरीय निर्णयबाटै अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ ।हाल नेकपा एमालेका खेम सारु स्वास्थ्य मन्त्री छन् । यद्यपि एमाले र कांग्रेसका प्रभावशाली मन्त्रीहरुको समन्वयमा स्वास्थ्यमन्त्री सारुले कार्यकर्ताहरुलाई नियुक्ति दिएको स्रोतले बतायो । स्वास्थ्य मन्त्रालयले यो निर्णय सार्वजनिक भने गरिसकेको छैन । प्रदेश सरकारका एक मन्त्रीले अस्पताल विकास समिति सदस्यहरु समेत नियुक्त गरिसकेपछि एकैपटक निर्णय सार्वजनिक हुने बताए ।स्रोतका अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त भएका छ...
हिमाली क्षेत्रमा सरदरभन्दा बढी वर्षाको संकेत

हिमाली क्षेत्रमा सरदरभन्दा बढी वर्षाको संकेत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ । हिउँ पर्ने ठाउँमा वर्षा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् । जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको २०८२ सालको मनसुन प्रक्षेपण नक्सामा मधेश प्रदेशका केही भूभागमा मात्र सरदर वर्षा हुने भनेर हरियो रंगले संकेत गरिएको छ । तर, पूर्वदेखि पश्चिमसम्मका अरू सबै भूभागमा हल्का नीलो र गाढा नीलो रंग देखिन्छ । यसले ती क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको संकेत गरेको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी अनलाइनखबरसँग भन्छन्, ‘सरदरभन्दा बढी वर्षा हुने सम्भावना हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा समेत देखिनु चिन्ताजनक हो ।’ नेपालको भौगोलिक बनावट अनुसार हिमाली...
गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेकपा माओवादी केन्द्रले भैरहवाको गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ । आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा आवद्ध माननीयज्यूलाई सहभागिता नगराइकन उपसमिति बनाइएको छ । म गम्भिर आपत्ति जनाउँछु ।’ नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् । दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुनस् दोहोर्‍याएका छन् । आफूहरूले यो विषय पटक(पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।...
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी  ...
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडाैँ नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार नै प्रहरी नियमावलीअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना समेत प्रकाशित गरिसकेको छ ।  सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।  ...
राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे । साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो । ...