Author: संचार पत्र

आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा सारिँदै

आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा सारिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर...
शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
पाल्पा  नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल पाल्पाको शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ´जनताको पढाइ र उपचारको खर्च निःशुल्क बनाउनुपर्छ`‚ उनले भने‚ ´स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ।’ स्थानीय तहले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई बढी महत्त्व दिनुपर्नेछ। निःशुल्क बनाउने अभियान सञ्चालन गर्नुपर्ने ज्ञवालीले बताए। शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सके भ्रष्टाचार रोकिन्छ। गरिब तथा विपन्न परिवारलाई राहत मिल्छ। पढ्न र उपचारमा खर्च गर्न नपरेपछि जीविकोपार्जनमा सहज हुने उनले बताए। आवश्यकताको आधारमा शिक्षालाई पूर्ण वा अर्ध भए पनि आवासीय बनाउने सुझाए। संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकासले फड्को मारेको उन...
कुलिङ पिरियडमा गडबडी : ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

कुलिङ पिरियडमा गडबडी : ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ। सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको छलफलले विशेष समिति बनाउने निर्णय गरेको  नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने विशेष समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन्। समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने मुख्य सचेतक बर्तौलाले जानकारी दिए । समितिमा रहने सदस्यहरूको नामावली सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गरिने बताइएको छ। संसद्को आगामी बैठकले समिति गठनको...
बुटवल कान्ति माविमा व्यवस्थापन समिति चयनकाे निर्वाचन सम्पन्न, मतगणना जारी

बुटवल कान्ति माविमा व्यवस्थापन समिति चयनकाे निर्वाचन सम्पन्न, मतगणना जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल सहमति नजुटेपछि बुटवलको कान्ति मावि व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ। चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको हो। २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि शनिबार निर्वाचन भएको हो। नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिए पनि सहमति नहुंदा १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन हुन लागेको हो। ३ हजार ९ सय ७७ जना मतदाता रहेकोमा १२ सयमात्रै मत खसेको छ। ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत झविन्द्र भुसालले बताए। उनका अनुसार खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जनाको उम्मेद्वारी रहेको छ। गत वैशाखमा समय सकिएलगत्तै अभिभावक भेला गराएर व्यवस्थापन समिति गठन गर्न खोजिए पन...
बजेटको पूरक प्रस्तावको अडानमा माओवादी, ३ बजेका लागि सारियो बागमती प्रदेशसभा बैठक

बजेटको पूरक प्रस्तावको अडानमा माओवादी, ३ बजेका लागि सारियो बागमती प्रदेशसभा बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बागमती प्रदेशसभा बैठक सञ्चालन गर्न प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग गरेका छन् । सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रममा छुटेका विषयहरू समेटेर पूरक प्रस्ताव संसदमा नल्याएसम्म बैठक चल्न नदिने माओवादी केन्द्रको अडान रहेको छ ।  माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसदमा बजेटको पूरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नसक्ने बताए । उनका अनुसार सरकारसँग शुक्रबारबाटै निरन्तर छलफल भइरहेको र सरकारलाई प्रतिपक्षको तर्फबाट सहमतिमा उल्लेख भएका विषयहरू कार्यान्वयन गर्न तथा बजेटको पूरक प्रस्ताव ल्याउन माग गरिएको हो ।  सरकारले प्रतिपक्षको मागका सन्दर्भमा सकारात्मक देखिएर आवश्यक प्रबन्धमा लागेको उनले बताए । यता सरकार भने माओवादी केन्द्रले माग गरे बमोजिमको विषय सम्बोधनमा लागेको मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार सं...
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार : अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति सम्भावना रहेको अर्थमन्त्री पौडेलले बताए । ‘राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने, स्वदेश र विदेशका निजी क्षेत्रलाई जाउँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसावले बजेट निर्म...
साेमवार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघकाे निर्णय

साेमवार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघकाे निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।  उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउन फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलनमा छ।  चिकित्सकहरुले बुधबारदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। ...
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपा...
जिल्ला प्रशासन पाल्पाद्वारा रातीको समयमा सवारी सञ्चालन गर्न रोक

जिल्ला प्रशासन पाल्पाद्वारा रातीको समयमा सवारी सञ्चालन गर्न रोक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवल   पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, -‘रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिन्छ ।’ रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू ...
साउनदेखि नयाँ सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

साउनदेखि नयाँ सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

Breaking news 1, पत्रपत्रिका, फिचर, समाचार
काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन र उपदान नदिई, त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले यस सम्बन्धमा सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई परिपत्र गर्दै आवश्यक तयारी मिलाउन आग्रह गरेको छ। सरकारले यो प्रणाली लागू नगरेका कारण भविष्यमा उत्पन्न हुन सक्ने वित्तीय दायित्व नेपाल सरकारले व्यहोर्ने छैन भन्ने जानकारीसमेत दिइएको छ। नयाँ प्रणाली अनुसार, अब सरकारी सेवामा प्रवेश गर्ने नयाँ कर्मचारीले नियत योगदानको आधारमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्नेछ, जुन सेवानिवृत्तिपछि लाभको रूपमा फिर्ता पाइनेछ। यसले वर्तमान पेन्सन प्रणालीले राज्यको आर्थिक बोझ बढाइरहेको अवस्थालाई व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ। ...