Author: संचार पत्र

क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमामै सबैभन्दा बढी भुक्तानी

क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमामै सबैभन्दा बढी भुक्तानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा पुगेको क्षतिको बिमाबापत हालसम्म डेढ अर्बभन्दा बढी रकम भुक्तानी गरिएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा ३ हजार ९९ वटा दाबी परेका छन्, जसको कूल मूल्य करिब २४ अर्ब ८१ करोड ४३ लाख रुपियाँ बराबर रहेको छ। तीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको र बाँकी २३ अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार क्षतिको मूल्याङ्कन र अनुगमनका लागि बिमा सर्भेयर खटाइएका छन्। हालसम्म ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको पनि बताइएको छ। भुक्तानीमध्ये सबैभन्दा बढी सम्पत्ति बिमा अन्तर्गत गरिएको छ। यसअन्तर्गत ६५३ वटा दाबी परेका थिए, जसमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपियाँ भुक्तानी भइसकेको छ। सम्...
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँ ओमानमा जारी आइसिसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुदै छन् ।नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध खेल्दै छ । यो खेल आज नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि सुरु हुदैछ । नेपाल र युएईबिचको खेललाई एसोसियट देशहरूको क्लासिको पनि भन्ने गरिन्छ । दुवै देश टी-२० क्रिकेटमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् भने दुवैले ५-५ खेल जितेका छन् । समूह चरणमा दुवै आ-आफ्नो समूहमा विजेता बनेर सुपर सिक्समा २-२ अङ्क लिएर आएका छन् । दुवै देशले यो खेल जितेर आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छन् ।त्यस्तै सुपर सिक्समा आज ओमान र कतार बिच बिहान ११: ४५ बजेदेखि खेल हुदैछ भने सामाओ र जापानबिच राति ८: ४५ बजेदेखि खेल हुदैछ । छनौट प्रतियोगितामा सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोज...
जेनजीसँग वार्ता गर्दागर्दै बिरामी परेपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

जेनजीसँग वार्ता गर्दागर्दै बिरामी परेपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। आज बिहान प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिसँग छलफल गर्दागर्दै राष्ट्रपति बिरामी परेका हुन्। त्यसपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ। अब जेनजीका प्रतिनिधिसँग आगामी सोमबार दिउँसो ३ बजे छलफल गरिने राष्ट्रपतिको सचिवालयले जनाएको छ। त्यसो त आज वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर असन्तुष्ट जेनजी युवाले नाराबाजी गरेका कारण पनि छलफल अघि बढ्न सकेन। ...
लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङदेशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सिमा मानी योजना, कार्यक्रम कार्यन्वयनमा लैजान र मितव्ययिता अपनाउन प्रदेश सरकार मातहतका निकायहरुलाई निर्देशन दिने निणर्य गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा सम्पन्न बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त मार्गदर्शन र नेपाल सरकारका निर्देशनका अतिरिक्त खर्च व्यवस्थापनमा थप व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने बजेटका क्रममा दोहोरो प्रविष्टि भएका आयोजना, कार्यक्रम तथा क...
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ।आजको छलफलमा जेनजी आन्दोलनको माग र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ।राष्ट्रपति पौडेलले यसअघि शुक्रबारमात्रै अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए। ...
यस वर्षको मनसुन देशभरबाट बाहिरियो

यस वर्षको मनसुन देशभरबाट बाहिरियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाण्डौ यस वर्षको मनसुन देशका सबै भागबाट बाहिरिएको छ । गएको असोज २० गतेदेखि बाहिरिन शुरू भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी हिजोदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । असोज २० गते सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही ठाउँबाट मनसुन बाहिरिन शुरू भएको थियो । हिजोदेखि भने देशभरबाट मनसुन बाहिरिएको हो । यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गएको जेठ १५ गते मनसुन भित्रिएको थियो । मनसुन देशभर फैलिन २३ दिन लागेको थियो ।मनसुनको अन्त्यतिर यसपालि देशका ५० भन्दा बढी जिल्लामा ठूलो वर्षाका कारण जनजीवन प्रभावित भयो । मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम विभागले आग्रह गरेको छ । ...
एमाले सचिवालय बैठक आज पनि बस्दै

एमाले सचिवालय बैठक आज पनि बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
भक्तपुर नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको ज्ञवालीले बताए ।बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको नेता ज्ञवालीले जानकारी दिए । सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिङ्गो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष हिजोको बैठकले निकालेको ज्ञवालीको भनाइ थियो । आजको बैठकमा महाधिवेशनक...
कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ । दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने छ । बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेन्डा उठेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बताउँछिन् । बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो । बैठकमा अहिलेसम्म धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेको सहमहामन्त्री उपाध्यायले रातोपाटीलाई जानकारी दिइन् । वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ ।...
राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ ।राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो ।जस अनुसार बा डेबिट कार्डबाट प्रतिकरोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख तोकिएको छ ।यसअघि डेबिट कार्डबाट प्रतिकरोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो । ...
सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देहीसशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।ढकाललाई कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।उनका अनुसार खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूले आपसमी मिलेमतोमा तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरयसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूले सेवाग्राहीलाई सहजीकरण ग...