Author: संचार पत्र

सुनको भाउमा नयाँ रेकर्ड: प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो

सुनको भाउमा नयाँ रेकर्ड: प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंदिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएक छ । पछिल्लो समय विश्वभरका लगानीकर्ताले सुनको माग बढाउँदा मूल्य बढिरहेको छ । पछिल्ला महिना सुनको लगानीमा उच्च प्रतिफल देखिएसँगै विश्वभरका ठूला लगानीकर्तामा यसमा आकर्षित भएका छन् । नेपाल र भारतमा दिपावलीका कारण ...
निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजना निर्माणमा अवरोध

निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजना निर्माणमा अवरोध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौं निःशुल्क सेयर माग्दै निर्माणाधीन र निर्माणमा जान लागेका विभिन्न १० जलविद्युत् आयोजनामा स्थानीयले अवरोध गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो। इप्पानका अनुसार बलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ मेगावाट), सेवा हाइड्रोपावर (१.५ मेगावाट), राइजिङ हाइड्रोपावर (१.५ मेगावाट), गाउँघर उज्यालो हाइड्रोपावर (१.५ मेगावाट), याम्बुलिङ हाइड्रोपावर (७ मेगावाट), बलेफी इनर्जी हाइड्रोपावर (४० मेगावाट), अपर बलेफी हाइड्रोपावर (३६ मेगावाट), नेसमखोला हाइड्रोपावर (४१ मेगावाट) र सिता हाइड्रोपावर (४६ मेगावाट) आयोजनामा स्थानीयले अवरोध गरेका छन् ।कतिपयले समयमै सेयर जारी नगरेको भन्दै आयोजनामा अवरोध गर्न थालेका छन् । १० प्रतिशत निःशुल्क सेयरका साथै पूर्वाधार विकास अन्तर्गत सडक, विद्यालय, स्वास्थ्य स...
विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल

विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज जापान र कतारबीच पनि खेल हुदैछ । यो खेल विहान ११: ४५ बजेदेखि हुदैछ भने अर्को खेल युएई र सामाओबीच दिउसो ४: १५ बजेदेखि खेल हुदैछ ।नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ। ने...
मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय

मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रुपन्देही मधेस प्रदेशको मुख्यमन्त्रीमा आज अपराह्न ४ बजेसम्म दाबी पेस गरिनुपर्ने समय सीमा तोकिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन्।निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न जानकारीका लागि अनुरोध छ ।” मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका हुन् । ...
प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म : संविधानमाथि प्रश्न गर्दै १० वटा रिट

प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म : संविधानमाथि प्रश्न गर्दै १० वटा रिट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसंसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको भन्दै रिट दायर भएका हुन् ।प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारा उल्लेख नगरी गरिएको भन्दै रिट निवेदकले त्यसलाई असंवैधानिक दाबी गरेका छन् । संविधानको धारा ७६ अनुसार मात्र तीन प्रकारका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि त्यसबाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाइएको आरोप लगाइएको छयससँगै, देशको प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई संविधानले स्पष्ट रूपमा सार्वजनिक पदमा पुनः नियुक्त गर्न निषेध गरे पनि त्यही व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्दै रिट निवेदकले संविधानको गम्भीर उल्लङ्घन भएको दाबी गरेका छन्। सर्वोच्च अदालतको पूर्व न्यायाधीशसमेत रहेका व्यक्तिले असंवैधानिक रूपमा प्रधानमन्त्री प...
दुई महिनामा ३ खर्ब ५२ अर्बको रेमिट्यान्स भित्रियो

दुई महिनामा ३ खर्ब ५२ अर्बको रेमिट्यान्स भित्रियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले वृद्धि भएको थियो । २०८२ सालको भदौ महिनामात्रै रु. १७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको भदौमा यो रकम रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १४.२ प्रतिशत थियो । समीक्षा अवधिमा खुद द्वितीय आय रु. ३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो आय रु. २८७ अर्ब ७६ करोड थियो । वैदेशिक रोजगारीका लागि अन्तिम ...
चालु आर्थिक वर्षको दुई महिनामा निर्यात ८८.६ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको दुई महिनामा निर्यात ८८.६ प्रतिशतले बढ्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तुनिर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड पुगेको छ ।नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२/८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा निर्यातमा ८८.६ प्रतिशतले वृद्धि भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल,पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई ३०५ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्...
बुटवल उपमहानगरद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूल प्रयोग नगर्न आग्रह

बुटवल उपमहानगरद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूल प्रयोग नगर्न आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोग नगर्न आग्र गरिएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको हो । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताएका छन् । ...
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्। ...
विपिन जोशीको शव हस्तान्तरण

विपिन जोशीको शव हस्तान्तरण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ हमासको कब्जामा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एकमहिनाअघि मात्र सिक र कम...