Author: संचार पत्र

नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकार्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ ।सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको कार्तिक मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ । गत असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्...
लुम्बिनी सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्याल र मुख्यमन्त्री आचार्य बिच जुहारी

लुम्बिनी सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्याल र मुख्यमन्त्री आचार्य बिच जुहारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही भैरहवामा मंगलबार सम्पन्न लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको तयारी र सुशासनको जग बलियो बनाई सत्ता हस्तान्तरण गर्ने वर्तमान सरकारको मुख्य अभिभारा रहेको बताएका छन् । यद्यपि, प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भने प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक नरहेको र जनता तथा सुरक्षाकर्मी स्वयं पनि भयभीत र असुरक्षित महसुस गरिरहेको अवस्थामा निर्वाचन गराउन कठिन रहेको चित्रण प्रस्तुत गरेका छन् । दुबै जनाको यो भिन्नताले सङ्घीय प्रणालीमा सुरक्षा जस्तो संवेदनशील विषयमा देखिएको दृष्टिकोणको खाडललाई उजागर गरेको छ ।नेपाल सरकार, गृह मन्त्रालयको आयोजनामा भएको उक्त गोष्ठीमा गृहमन्त्री, मुख्यमन्त्री, गृह सचिव, तीनै सुरक्षा निकायका प्रमुखहरू र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । ...
आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ। आज मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्...
सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहां बाट हटाएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए ।प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ । ...
रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने

रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघकाे १४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन ८२ पुस १९ गते हुने भएको छ।सोमबार बुटवलमा वसेको जिल्ला संघको विस्तारित वैठकले उक्त निर्णय गरेको हो।जिल्ला संघले रूपन्देही बाट विद्युतिय व्यवसायी महासंघको १६औं साधारण सभा तथा छैठौँ महाअधिवेशनमा निर्वाचित हुने तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र लुम्बिनी प्रदेश संयोजक दिपक पौडेल लाई वधाई तथा शुभकामना व्यक्त गरेको छ।साथै बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे लगायत दुवै कार्यसमिति लाई पनि वधाई तथा शुभकामना व्यक्त गरेको छ।कार्यक्रममा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले महासंघको र जिल्ला संघको सम्...
अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली वनिन् लुम्बिनी प्रथम

अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली वनिन् लुम्बिनी प्रथम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलयस वर्ष लिइएको अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी विद्यार्थी मञ्जिला ज्ञवालीले लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायको पहिलो ब्याचकी विद्यार्थी मञ्जिलाले सो परीक्षामा नेपालमै तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कुल ७८.६४ प्रतिशत अंक पाएकी छन् । सो परीक्षामा कुल ८०.९१ प्रतिशत प्राप्त गरी बागमती प्रदेशकी गीता बोगटी नेपाल प्रथम भएकी छिन् उक्त परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकै प्रविन कुमारी तिवारीले पाँचौं स्थान प्राप्त गरेका छन् । मञ्जिलाले शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलबाट एसईई उत्तीर्ण गरी दीप बोर्डिङ् स्कुलबाट विज्ञान विषयको अध्ययनपछि स्नातक तहमा कानुन संकायमा प्रवेश गरेकी थिइन् । विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले पहिलो पटक सहभागी भएको ब्या...
थुनामुक्त भए दुर्गा प्रसाईं

थुनामुक्त भए दुर्गा प्रसाईं

Breaking news 1, ताजा अपडेट, स्थानीय
७ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो । ...
दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच वार्तापछि विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तापछि समूहले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको जनाएको छ । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र समूहको तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । उनीहरुले वार्तामा उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । ...
दृष्टिविहीन महिला टी–२० विश्वकप : उपाधिका लागि आज नेपाल र भारत खेल्दै

दृष्टिविहीन महिला टी–२० विश्वकप : उपाधिका लागि आज नेपाल र भारत खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । फाइनल खेल श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि शुरु हुनेछ । हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यस्तै भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो । लिग चरणको खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको थियो । दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालसहित ७ वटा देशको सहभागिता रहेको थियो ।  ...
रुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी गाउँ नगर समितीका दुई अधिबेशन सम्पन्न

रुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी गाउँ नगर समितीका दुई अधिबेशन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देही विद्युतिय व्यवसायी संघका बुटवल र शुद्धोधन शियारी दुई गाउँ नगर अधिवेशन सम्पन्न भएका छन्।बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे निर्वाचित भएका छन्।दुवै अलग अधिवेशनमा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले निवर्तमान कार्यसमितीलाई वधाई दिंदै नवनिर्वाचित कार्यसमितिले गाउँ नगरका विद्यूतीय व्यवसायीहरूका सुखदुःखमा हातेमालो गरि जिल्लामा उत्कृष्ट कमिटी वन्न सफल बनोस भनि शुभकामना दिएका थिए।शुक्रबार सम्पन्न बुटवल नगर समितिको अधिवेशनमा जिल्लाका संस्थापक अध्यक्ष अनन्त मान थैव, पुर्व अध्यक्षहरु नारायण वावु वस्नेत, हरिहर ज्ञवाली तथा संघका सल्लाहकार माधव ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, ...