अ.ने.म संघ टोल कमिटी गठन
सुवास बि.सी
गुल्मी,
गुल्मीदरबार-२,जुभुङ्ग गुल्मिमा अ.ने.म संघ टोल कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ टोल कमिटी गठन भएको हो । वडा कमिटी उप सचीव शोभा खड्काको अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय कमिटी गठन भएको हो । कमिटिको अध्यक्षमा तुल्सा पाण्डे,उपाध्यक्षमा मन्जु गौतम, सचीवमा सीता गौतम,उप सचिबमा अन्जु बिक लगायत रहेका छन । जिल्ला कमिटी सदस्य हेमन्त खड्काको प्रमुख अतिथि रहेको बैठकमा वडा उपाध्यक्ष खिम बहादुर रजाली,टोल कमिटी अध्यक्ष किसान खत्री,पत्रकार सुजन थापा लगायतको उपस्तिथि रहेको थियो ।
...








