नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न


कृष्ण गाउँले

नेकपा एमाले गुल्मी – रुपन्देही सम्पर्क मञ्चको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए ।

बैठकमा सहभागी नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताए । पाण्डेले एमालेको ०५१ सालको  ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्यालो भएको बताउँदै देशको माटो सुहाउँदो नीति अंगिकार गर्ने एमालेको विजय बनाउन सबै जनसमुदाय एकाकार हुनुपर्ने बताए । एमालेले लिएका नीतिले गर्दा देश समृद्ध हुँदै गएको पाण्डेको भनाइ थियो  ।

बैठकमा निवर्तमान प्रदेसभा सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य खड्क के सि ले आफुले भोगेको चुनाव र अब गर्नुपर्ने कार्यबारे आफ्नो धारणा राखेका थिए । बैठकमा मञ्चका अध्यक्ष हेम बहादुर थापाले मन, वचन र कर्मले एमालेको विजयी यात्रा सुनिश्चित गर्न आफू नेतृत्वको कमिटीले कुनै कसुर बाँकी नराखी अगाडि बढेको र अब पनि निरन्तरता दिने बताए । बैठकमा दिपक ज्ञवाली, पुरुषोत्तम पाण्डे, माधव ज्ञवाली, लक्ष्मी पाण्डे, पवन भट्टराई, मनोज गौतम, राज शाह, पदम अर्याल लगायतले आ-आफ्नो क्षेत्रबाट गर्न सकिने भूमिका र सो भूमिका सम्बन्धि प्रतिबद्धता पेश गरेका थिए ।

बैठकमा चुनाव परिचालन, समय व्यवस्थापन, माहोल सिर्जना कसरी गर्ने, नेता कार्यकर्ताको अनुशासन, विपक्षीले फैलाउने अफवाह कसरी चिर्ने, मतदातालाई कसरी लैजाने ल्याउने लगायत विभिन्न विषयमा छलफल अन्तरक्रिया भएको थियो । बैठकमा गत असोज ८ गते सम्पन्न राजनीति प्रशिक्षणको प्रगति तथा आर्थिक प्रतिवेदन कार्यक्रम संयोजक विष्णुप्रसाद भण्डारीले पेश गरेका थिए । कार्यक्रममा संघिय चुनाव परिचालन कमिटी साथै प्रदेश चुनाव परिचालन कमिटी, प्रचारप्रसार कमिटी, यातायात व्यवस्थापन कमिटी लगायतका कमिटीहरु गठन गरिएको छ ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...