नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न


कृष्ण गाउँले

नेकपा एमाले गुल्मी – रुपन्देही सम्पर्क मञ्चको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए ।

बैठकमा सहभागी नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताए । पाण्डेले एमालेको ०५१ सालको  ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्यालो भएको बताउँदै देशको माटो सुहाउँदो नीति अंगिकार गर्ने एमालेको विजय बनाउन सबै जनसमुदाय एकाकार हुनुपर्ने बताए । एमालेले लिएका नीतिले गर्दा देश समृद्ध हुँदै गएको पाण्डेको भनाइ थियो  ।

बैठकमा निवर्तमान प्रदेसभा सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य खड्क के सि ले आफुले भोगेको चुनाव र अब गर्नुपर्ने कार्यबारे आफ्नो धारणा राखेका थिए । बैठकमा मञ्चका अध्यक्ष हेम बहादुर थापाले मन, वचन र कर्मले एमालेको विजयी यात्रा सुनिश्चित गर्न आफू नेतृत्वको कमिटीले कुनै कसुर बाँकी नराखी अगाडि बढेको र अब पनि निरन्तरता दिने बताए । बैठकमा दिपक ज्ञवाली, पुरुषोत्तम पाण्डे, माधव ज्ञवाली, लक्ष्मी पाण्डे, पवन भट्टराई, मनोज गौतम, राज शाह, पदम अर्याल लगायतले आ-आफ्नो क्षेत्रबाट गर्न सकिने भूमिका र सो भूमिका सम्बन्धि प्रतिबद्धता पेश गरेका थिए ।

बैठकमा चुनाव परिचालन, समय व्यवस्थापन, माहोल सिर्जना कसरी गर्ने, नेता कार्यकर्ताको अनुशासन, विपक्षीले फैलाउने अफवाह कसरी चिर्ने, मतदातालाई कसरी लैजाने ल्याउने लगायत विभिन्न विषयमा छलफल अन्तरक्रिया भएको थियो । बैठकमा गत असोज ८ गते सम्पन्न राजनीति प्रशिक्षणको प्रगति तथा आर्थिक प्रतिवेदन कार्यक्रम संयोजक विष्णुप्रसाद भण्डारीले पेश गरेका थिए । कार्यक्रममा संघिय चुनाव परिचालन कमिटी साथै प्रदेश चुनाव परिचालन कमिटी, प्रचारप्रसार कमिटी, यातायात व्यवस्थापन कमिटी लगायतका कमिटीहरु गठन गरिएको छ ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...