ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे


कृष्ण अन्जान
दिगाम
नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख का उम्मेदवार फर्सुराम पाण्डेलाई एउटै पिरलो छ कसरी युवा हरुका लागि गाउँमा स्वरोजगार र रोजगारको सिर्जना गर्न सकिएला भन्ने ।

यतिबेला निर्वाचनको माहौल बनाउन आफू उठेको क्षेत्रको गाउँ गाउँमा पुग्दा खासै युवाहरु नभेटिने र भेटिएका युवाहरु पनि चरम बेरोजगारीले पिल्सिएको पाउँदा पाण्डेको मन भत्भती पोलेको छ ।
त्यसै त रित्ता गाउँहरु बुढा बा आमाले कुरीरहेका छन र कताकति युवा हरु त्यसमा पनि बेरोजगारीको कहालीलाग्दो अवस्था ।

हरेक गाउँ र हरेक ठाउँका पीडा एउटै छ ,बेरोजगारी समस्याको रुपमा छ रोजगारीका लागि युवा बुढा बा आमा र परिवारलाई छाडेर विदेशीएको छ उनले भने ।

मैले सबै युवाहरुलाई रोजगारी दिन त सक्दिन तर एकदमै अप्ठयारो अवस्थामा रहेका दुई चार सय युवालाई रोजगारी दिन सक्छु उनले भने ।

त्यसोत यतिबेला पनि उनले सन्चालन गरेका ओैधोगिक प्रतिष्ठान हरुमा ठुलो सँख्यामा गुल्मेली युवाहरुले रोजगारी पाएका छन ।
मुख्यतः गाउँ घरमा साना उधोग धन्दा ,कुटिर उधोग चलाएर स्वरोजगार बनाउने तर्फ उनको अभियान छ र उनको आफ्नै मशिनरी उधोगमा स साना उधोगका मशिन बन्छन र गाउँमा सीप सँगै ती मशिनको उपयोग गर्दै महिला र युवाका लागि स्वरोजगार सिर्जना र उत्पादनलाई बजारीकरण गर्न आफुले निर्वाचन जितेपनि र हारेपनि लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गर्छन ।

गाउँमा पुग्दा युवाहरूले भन्छन भिसा लागेको छ देश बिग्रन्छ भनेर घर समेत बिगारेर गाउँमेै बसम कि घर बनाउन देश बिगारेर बिदेश तिर
पसम हरेक युवाहरुले यहि प्रश्न एजेन्डाको रुपमा तेर्साएका छन ।

विगत पच्चीस वर्षको देखि उधमशिलताको विकासमा स्वरोजगार कसरी बनाउने भन्ने अभियानमा लागेका फर्सुराम पाण्डे स्थानीय स्रोत साधनको समुचित प्रयोग गरि सयौँ उधोग स्थापना गरेको अनुभव छ र त्यसैले पनि उधमसिलताको विकास ,युवाहरूका लागि स्वरोजगारको निकास उनको अभियान छ ।

वि।सं। २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरि अभानेस्ववियुको दिल्ली नगर कमिटिको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरू गरेका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर काम गरेको अनुभव राख्छन ।

२०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गर्नुभएका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्छन ।

गुल्मी काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका निर्वाह गरेका उनी पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रिय सम्पर्क समन्वय कमिटिको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीवीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय महासचिव हुन ।

लायन्स क्लव गुल्मीको अध्यक्ष भैसकेका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर हजारौं मानिसको आँखाको शल्यक्रिया र उपचार गराएर गुल्मेली जनतालाई सेवा गरेका छन।
सामाजिक सेवाकै क्रममा उनले आगलागी, बाढी पहिरो तथा विपदका अन्य घटनामा प्रभावित भएकाहरूको उद्धारका लागि तन, मन र धनले सहयोग गरेका छन ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...