ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे


कृष्ण अन्जान
दिगाम
नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख का उम्मेदवार फर्सुराम पाण्डेलाई एउटै पिरलो छ कसरी युवा हरुका लागि गाउँमा स्वरोजगार र रोजगारको सिर्जना गर्न सकिएला भन्ने ।

यतिबेला निर्वाचनको माहौल बनाउन आफू उठेको क्षेत्रको गाउँ गाउँमा पुग्दा खासै युवाहरु नभेटिने र भेटिएका युवाहरु पनि चरम बेरोजगारीले पिल्सिएको पाउँदा पाण्डेको मन भत्भती पोलेको छ ।
त्यसै त रित्ता गाउँहरु बुढा बा आमाले कुरीरहेका छन र कताकति युवा हरु त्यसमा पनि बेरोजगारीको कहालीलाग्दो अवस्था ।

हरेक गाउँ र हरेक ठाउँका पीडा एउटै छ ,बेरोजगारी समस्याको रुपमा छ रोजगारीका लागि युवा बुढा बा आमा र परिवारलाई छाडेर विदेशीएको छ उनले भने ।

मैले सबै युवाहरुलाई रोजगारी दिन त सक्दिन तर एकदमै अप्ठयारो अवस्थामा रहेका दुई चार सय युवालाई रोजगारी दिन सक्छु उनले भने ।

त्यसोत यतिबेला पनि उनले सन्चालन गरेका ओैधोगिक प्रतिष्ठान हरुमा ठुलो सँख्यामा गुल्मेली युवाहरुले रोजगारी पाएका छन ।
मुख्यतः गाउँ घरमा साना उधोग धन्दा ,कुटिर उधोग चलाएर स्वरोजगार बनाउने तर्फ उनको अभियान छ र उनको आफ्नै मशिनरी उधोगमा स साना उधोगका मशिन बन्छन र गाउँमा सीप सँगै ती मशिनको उपयोग गर्दै महिला र युवाका लागि स्वरोजगार सिर्जना र उत्पादनलाई बजारीकरण गर्न आफुले निर्वाचन जितेपनि र हारेपनि लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गर्छन ।

गाउँमा पुग्दा युवाहरूले भन्छन भिसा लागेको छ देश बिग्रन्छ भनेर घर समेत बिगारेर गाउँमेै बसम कि घर बनाउन देश बिगारेर बिदेश तिर
पसम हरेक युवाहरुले यहि प्रश्न एजेन्डाको रुपमा तेर्साएका छन ।

विगत पच्चीस वर्षको देखि उधमशिलताको विकासमा स्वरोजगार कसरी बनाउने भन्ने अभियानमा लागेका फर्सुराम पाण्डे स्थानीय स्रोत साधनको समुचित प्रयोग गरि सयौँ उधोग स्थापना गरेको अनुभव छ र त्यसैले पनि उधमसिलताको विकास ,युवाहरूका लागि स्वरोजगारको निकास उनको अभियान छ ।

वि।सं। २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरि अभानेस्ववियुको दिल्ली नगर कमिटिको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरू गरेका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर काम गरेको अनुभव राख्छन ।

२०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गर्नुभएका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्छन ।

गुल्मी काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका निर्वाह गरेका उनी पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रिय सम्पर्क समन्वय कमिटिको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीवीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय महासचिव हुन ।

लायन्स क्लव गुल्मीको अध्यक्ष भैसकेका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर हजारौं मानिसको आँखाको शल्यक्रिया र उपचार गराएर गुल्मेली जनतालाई सेवा गरेका छन।
सामाजिक सेवाकै क्रममा उनले आगलागी, बाढी पहिरो तथा विपदका अन्य घटनामा प्रभावित भएकाहरूको उद्धारका लागि तन, मन र धनले सहयोग गरेका छन ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...