चिन्तामणि लाई गाउँकै चिन्ताले सताउछ ।


 कृष्ण अन्जान

गुल्मी अस्लेवा

पाका र खारिएका चिन्तामणी बा यो पटक गुल्मी क्षेत्र न १ क मा एमाले पार्टीबाट लुम्बिनी प्रदेश सभाका लागि प्रदेश सँसदका उम्मेदवार बन्नु भएको छ । सत्यवती गाउँपालिका वडा न १ को अस्लेवा गाउँका चिन्तमणी पाण्डे यो क्षेत्रकोकालीगण्डकी ,सत्यवती ,चन्द्रकोट ,रुरुक्षेत्रमा परिचित नाम हो । 

नेपाली कम्युनिस्ट आन्दोलन सँग लामो समय देखि जोडिनु भएका पाण्डे २०३६ सालको जनमत सँग्रह वहिष्कार अभियानमा जोडतोडले लाग्नु भएको थियो । २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर विधिवत कम्युनिस्ट पार्टीको सदस्य बन्नु भएपछि निरन्तरता पार्टीका काममा सकृय रहनु भएका चिन्तामणी पाण्डे बा पार्टीको तल्लो निकाए ,वडा कमिटी ,गाउँ कमिटी ,इलाका कमिटी ,जिल्ला कमिटी हुँदै यतिबेला नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । 

वहाँ कहिल्यै वाम विचारबाट विचलित नहुने कट्टर कम्युनिस्ट नेताको छवि बनाएका व्यक्तित्व हुनुहुन्छ । २०३५ सालदेखि २०४५ सालसम्म श्रीराम प्राथमिक विध्यालयमा शिक्षण पेशा गर्नु भएका पाण्डेले शिक्षकको जागिर छाडेर व्यापार तिर लाग्नु भएको हो । 

लामो समय यो क्षेत्रका सफल व्यापारी भएका कारणले पनि अस्लेवा ,ठुलोलुम्पेक क्षेत्रमा चिन्तामणी बा लाई नचिन्ने कोहि छैन । व्यापार सँगै सामाजिक सेवालाई जोडेर पाण्डे बा ले अस्लेवा र यस वरिपरि राम्रै पहिचान बनाउनु भएको र गाउँ घर भनेपछि हुरुक्कै हुने व्यक्तित्व मध्ये वहाँ पर्नुहुन्छ । 

भनिन्छ जीवन सपना हो ,सपना उनिन्छन ,बुनिन्छन ,जोडिन्छन र तोडिन्छन । जब सपना तोडिन्छन त्यतिबेला मन भक्कानिन्छ ,त्यस्तै भयो २०६० साल असौज ६ गते चिन्तामणी पाण्डेलाई । 

द्वन्द्वको उन्माद पराकाष्ठमा पुगेको बेला तत्कालीन माओवादी विद्रोहि हरुले वहाँको सर्वस्व लुटे । चल ,अचलसम्पत्ति ,पसल ,सुन ,चाँदी भएभरको पैसा , पलँग ,कपडा समेत घरबार सबै माओवादीले कब्जा गरे । 

रातिमा भएभरको पसलको खाद्दान ,लत्ताकपडा सबै लुटेर नाँगेझार पारेपछि भौतिक कार्वाहीको धम्किले चिन्तामणी बा परिवार सहित अस्लेवा छाडेर बटौलि पस्न बाध्य हुनुभयो । मैले माओवादीहरुलाई द्वन्द्वकालमा धेरै सहयोग गरेँ ,लत्ताकपडा ,रासन ,सेल्टर सबै दिएँ तर मै माथि माओवादीले ज्यादती गर्यो विगत सम्झेर पुरानो घर र पसल हेर्दै लामो सुस्केरा तान्दै चिन्तामणी पाण्डे बा भावुक बन्नुभयो । 

नचाहँदा नचाहँदै पनि चिन्तमणी पाण्डे बाध्यतामा मन अमिलो बनाएर अस्लेवा छाडेर ज्यान जोगाउन बुटवल झर्नुपर्यो । हो जीवन सपना हो यो थाहा पाउँदा पाउँदै पनि मान्छे सपनाको नदिमा पौडि खेल्न भने छाड्दैन । बुटवल झरेपछि वहाँले सँघर्ष छाड्नु भएन र गाउँलाई पनि बिर्सनु भएन न वहाँलाई गाउँले बिर्सन सक्यो । 

गाउँको माया इष्टमित्र, दाजुभाइ ,सम्झेर ज्यानकै बाजि थापेर पनि गाउँ आउने जाने क्रम वहाँको रोकिएन ।गाउँको अनुरोधमा बुटवल बसेपनि जनता माध्यमिक विध्यालय अस्लेवाको लामो समय सम्म विध्यालय व्यवस्थापन समितिको सदस्य भई काम गरेर विध्यालयको भौतिक र शैक्षिक विकासमा पुर्याउनु भएको योगदान अस्लेवावासीले बिर्सन नसक्ने नेकपा एमाले सत्यवती गाउँपालिका कमिटीका अध्यक्ष भिम पाण्डे बताउनु भयो । 

बटौली झरेपछि पनि समयले चिन्तामणी बा लाई साथ दियो ।राम्रै व्यवसायीक सफलता प्राप्त गरेका पाण्डे यतिबेला बुटवलको सिसिटि कलेजको अध्यक्ष सँगै क्रिमसन कलेजको पनि अध्यक्ष हुनुहुन्छ ।साईन रेसुँगा बैँकको सन्चालक रहिसक्नु भएको पाण्डे धेरै सँघ सँस्थाको नेतृत्व पँक्तिमा रहनु भएको छ । 

अविछिन्न पार्टीको वफादार सिपाहीको रुपमा रहनु भएका चिन्तामणी बा यतिबेला प्रदेश सभाका लागि उम्मेदवार रहँदै गर्दा गाउँ कसरी बनाउने ,युवालाई गाउँमा कसरी अड्याउने र समाज परिवर्तन कसरी गराउने भन्ने चिन्ता छ । जीवनका पछिल्ला चरण आनन्दको जीन्दगि बिताउन सक्थेँ तर गाउँ समाजको चिन्ताले केही गर्न सक्छुकी भनेर उठेको हुँ ऊहाँले भन्नु भयो । 

मुख्यरुपमा गाउँ घरमा युवाहरूलाई अड्याउन सके गाउँ समाजको विकास हुने हुँदा ग्रामिण स्वरोजगार सिर्जनामा चिन्तामणी बा जतिबेला पनि चिन्तित हुनुहुन्छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...