गुल्मेली जनताका शुखदुखका साथी प्रदिप कुमार ज्ञवाली


कृष्ण अन्जान
तम्घास

सँघिय र प्रदेशका लागि निर्वाचनको माहौल तात्दै गर्दा गुल्मीमा पनि उम्मेदवार हरु गाउँ गाउँ पुग्ने र जनताका समस्या सुन्ने ,आफ्ना धारणा राख्ने काम जारी छ ।

यतिबेला नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली गुल्मीका गाउँ गाउँमा पुग्नु भएको मात्र छैन कि आफ्नो पहलमा गरिएका विकास आयोजनाका फेहरिस्त पनि जनता समक्ष प्रस्तुत गर्नु भएको छ ।

गुल्मीमा ठूला र महत्वपूर्ण मानिएका आयोजनामा अरबौं लगानी भएको प्रदिप कुमार ज्ञवालीकै पहलमा भएको कसैबाट लुकेको छैन । गुल्मीबाट सांसद जितेर पटकपटक मन्त्री बनेका प्रदीप ज्ञवालीको पहलमा गुल्मीमा ठूला आयोजना अगाडि बढेका हुन् ती आयोजना कतिपय सम्पन्न भएका छन भने कति सम्पन्न हुने चरणमा रहेका छन् ।
चुनावका लागि मतदाताको घरघरमा पुगेका ज्ञवालीसँग स्थानीयले बिगतको प्रशंसा मात्र गरेका छैनन्, आगामी दिनमा विकासका थप योजना ल्याउन पनि सुझाव दिएका छन र तिनै सुझावलाई आत्मसात गर्दै प्रदिप कुमार ज्ञवाली जनता सँगै रहनु भएको छ ।

मुख्य रुपले गुल्मीका लागि ज्ञवाली निर्वाचित भइसकेपछि सडक निर्माण र ठूला आयोजनातर्फ धेरै बजेटको व्यवस्था भएको छ । ज्ञवालीकै नेतृत्वमा ६ अर्बको लगानीमा कालीगण्डकी करिडोर निर्माणको काम भैरहेको छ । दुई अर्व ६२ करोडको लगानीमा रिडी–खज्र्याङ– बलकोट– दाङ– सुर्खेत सडक निर्माण हुँदैछ । ऐतिहासिक रुरु क्षेत्रको तटबन्धको लागि ५५ करोड रुपैयाँको लगानीमा काम अगाडि बढिरहेको छ । यो आयोजना सम्पन्न भएपछि रिडीका जनताको मुहार परिवर्तन हुने स्थानीयको विश्वास छ ।
त्यसैगरी चोरकाटे– शान्तिपुर सडक निर्माणका लागि ५५ करोड रकम सुनिश्चित भएको छ भने गुल्मी जिल्ला अस्पतालका लागि ५२ करोड रकम बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ ।

त्यस्तै पालिकास्तरमा ६ वटा अस्पताल निर्माणका लागि १ अर्ब ८ करोड रकम परेको छ र काम अगाडि बढेको छ । जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको अक्सिजनको व्यवस्था गर्न ५ करोड रकम विनियोजन गरि आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब सेवा सुचारु गर्न पनि ज्ञवालीले गरेको ठूलो प्रयासको गुल्मेली जनताले सह्राना गरेका छन् ।

गुल्मीका विभिन्न पालिका जोड्ने रणनीतिक सडकका लागि ४० करोड रकम बिनियोजन भएको छ भने रेसुङ्गा विमानस्थल निर्माण कार्य सम्पन्न गर्न २० करोडमा काम भएको छ । गुल्मीमा सडकर पुलमात्र होइन खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न ज्ञवालीले दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायतका स्थानमा २० करोड बढी लगानीमा काम अघि बढेको छ भने कतिपय योजना सम्पन्न भएका छन् ।

त्यसैगरी १४ करोड लगानीमा रिडी रुद्रवेणी सडक निर्माणको काम अघि बढेको छ । शिक्षाको क्षेत्रमा समेत ज्ञवालीले गुल्मीका लागि गरेको योगदानको सधै प्रशंसा हुने गरेको छ । त्यसैगरी मजुवामा प्राविधिक विद्यालय र रानीवास, जोहाङ, छापचौर लगायतका क्षेत्रमा प्राविधिक शिक्षाको लागि काम अगाडि बढेको छ । महेन्द्र मावि र उपल्लो तम्घास लगायतका विद्यालयमा विद्यालय बस सञ्चालन हुनु गुल्मीका लागि शिक्षा विकासमा ठूलै परिवर्तन हो ।

ज्ञवालीकै नेतृत्वमा विद्यालय पुनर्निर्माण अन्तर्गत विभिन्न विद्यालयका १९२ कक्षा, ७७ शौचालय र ४२ थप कक्षा कोठा निर्माण भएका छन् । डुम्रे–सातमुरे–लुम्छाको सडक पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

गुल्मीका लागि इतिहासकै दुःखद घटनाका रुपमा लिइने सत्यवती पहिरो पीडित परिवारको पुनस्र्थापना गर्नमात्र नभै एक हजार घरको खरको छाना विस्थापन गरेर ज्ञवालीले गुल्मीका जनताका लागि ठूलो गुन लगाउनु भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १६ करोडको लगानीमा धेरै काम भएको छ भने हर्मिचौर र देउरालीसम्मको सडक पूर्वाधार निर्माणमा धेरै काम भएको छ ।

त्यसैगरी ज्ञवालीको प्रत्यक्ष सकृयतामा गुल्मीका ऐतिहासिक मन्दिर, मठ र पाटीपौवाको निर्माण, पुनर्निर्माण भएको छ । उदाहरणकै रुपमा सत्यवती, रुरुक्षेत्र लगायत धेरै मन्दिर, पाटी पौवा निर्माण भएका छन् ।

छुटाउनुभयो कि ?

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...
नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...