Tag: sancharpatra

रकम अनियमितता प्रकरण : अध्यक्ष निलम्बन

रकम अनियमितता प्रकरण : अध्यक्ष निलम्बन

Breaking news 2, समाचार
लोक प्रसाद छन्त्याल जेठ ०५ गुल्मी नेपाल आदिवासी/जनजाति अल्पसंख्यक छन्त्याल संघको केन्द्रीय अध्यक्ष मनमोहन बुढाथोकी छन्त्याल रकम अनियमितता प्रकरणमा निलम्बित भएका छन्। संघको केन्द्रीय पूर्ण बैठकले अध्यक्ष बुढाथोकीलाई २३ लाख ३३ हजार ६ सय १४ रुपैयाँ संस्थाको नियमविपरीत हिनामिना गरेको ठहर गर्दै उनलाई निष्क्रिय बनाउँदै निलम्बन गरेको हो। मनमोहन छन्त्याल २०७८ सालमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट प्रतिपक्ष उम्मेदवारका रूपमा बहुमत प्राप्त गर्दै निर्वाचित भएका थिए। अध्यक्षको निलम्बनपछि, फागुन १७ गते बसेको केन्द्रीय पूर्ण बैठकले वरिष्ठ महिला उपाध्यक्ष मनमया भलन्जा छन्त्याललाई सर्वसम्मतिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। साथै, आगामी अधिवेशन सम्पन्न गर्ने संयोजकको भूमिका पनि उनलाई सुम्पिएको छ। कार्यवाहक अध्यक्ष मनमयाले संस्थागत निर्णय विना र पदाधिकारीलाई जानकारी नदिई अध्यक्ष बु...
गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
सुवास बिसिबुटवल, वैशाख २५गायक प्रकाश गौतमले आफ्नो नयाँ भावनात्मक गीत "बर्बाद हुनलाई" सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोले प्रेम र पीडाको सम्वेदनालाई प्रभावशाली ढंगमा प्रस्तुत गरेको छ। गीतमा स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरले अभिनय गरेका छन्। गीतमा स्वर र शब्द गौतमकै रहेको छ भने संगीत सुर्य कुमार परियारले भरेका हुन्। गीतको भिडियो दिपक सुनरको कथा र निर्देशनमा तयार गरिएको हो, जसको छायांकन बिजय लामाले गरेका छन्। को हुन् प्रकाश गौतम? गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका-८, तुराङ्ग दाङसिङ्गमा जन्मिएका प्रकाश गौतम सानैदेखि संगीतप्रेमी थिए। यद्यपि उनले औपचारिक रूपमै संगीत यात्राको थालनी वि.सं. २०७२ सालदेखि गरेका हुन्। उनको पहिलो गीत "सम्झना मनैमा" थियो, जसमा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए। गीतसंगीतको खो...
शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

Breaking news 1, ताजा अपडेट
काठमाण्डाै – शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय २३ दशमलव ८३ विन्दुमा झरेको छ । शेयर बजार हिजो १५ र अस्ति १४ अङ्कले घटेको थियो ।आज जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ४६ लाख कित्ता शेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ । ...
१९औं लोकतन्त्र दिवस : दुई दशकमा महत्त्वपूर्ण उपलब्धि, तर निराशा कायमै

१९औं लोकतन्त्र दिवस : दुई दशकमा महत्त्वपूर्ण उपलब्धि, तर निराशा कायमै

Breaking news 1, ताजा अपडेट, समाचार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100 काठमाण्डौ – आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गर्नुभयो । २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई ...
सामुदायिक विद्यालयमा भर्ना अभियान अन्योल भइरहँदा निजीमा पढाइ शुरू

सामुदायिक विद्यालयमा भर्ना अभियान अन्योल भइरहँदा निजीमा पढाइ शुरू

Breaking news 2, ताजा अपडेट, समाचार
बुटबल– २२ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान नै शुरू हुन सकेको छैन । वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरू गरेर पहिलो हप्तादेखि पढाइ सञ्चालन हुनुपर्ने भए पनि अझै भर्नाकै टुङ्गो नभएको हो । तर निजी विद्यालयमा भने धमाधम पढाइ हुन थालेको छ । निजी विद्यालय नभएका ग्रामीण भेगमा तत्काल असर नदेखिए पनि शहरी क्षेत्रका सामुदायिक विद्यालयमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । अब कतिञ्जेल पर्खने भनेर अभिभावकहरूले ऋण गरेरै भए पनि निजीमा भर्ना गर्न लागेको बताउन थालेका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार ७८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा र २२ प्रतिशत निजी विद्यालयमा अध्ययन गर्छन् । तथ्याङ्कानुसार माध्यमिक तहका मात्रै झन्डै साढे ७१ लाख जना विद्यार्थी शिक्षक आन्दोलनबाट प्रभावित भएका छन् । तर भर्नाकै बेला सामुदायिक विद्य...
पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल / नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मिडिया मन्थन हुने भएको छ। विहिबारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। मिडिया मन्थनमा पत्रकारहरुको पेशागत सुरक्षा विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्ट तथा पत्रकार भवानी पाण्डे सहजकर्ताको रुपमा रहने छन्।  यसैगरी कसका समाचार कस्ता समाचार विषयमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पा...
शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, वार्तामा आउन आग्रह

शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, वार्तामा आउन आग्रह

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । सरकारले शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने भन्दै उहाँले वार्तामा बस्न, आन्दोलनलाई तत्काल टुङ्ग्याउन र विद्यालय फर्किन आह्वान गर्नुभयो । आज काठमाण्डौमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र देशको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार दमनकारी नरहेको भन्दै गर्न सकिने कामका लागि आन्दोलन गरिरहनु नपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले शिक्षकहरूले राखेका मागमा सरकार सकारात्मक नै रहेको र ऐनलाई हामीले ल्यायौँ भन्नका लागि दुःख गरिरहनु नपर्ने समेत बताउनुभयो । शिक्षक महासङ्घका प्रतिनिधिले यसअघि नै प्रधानमन्त्री ओली, सभामुख देवराज घिम...
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँकाे निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । ...
ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
बुटबल ०६ बैशाख -तिलोत्तमा नगरपालिकायोगिकुटीमा ओशो सम्बोधि संघको आयोजनामा बैशाख ६ गते शनिबार एक दिवसीय ओशो ध्यान शिविर सफलतापूर्वक सम्पन्न भयो। बिहान ६:३० बजेबाट सुरु भई साँझ ७ बजे सम्म सञ्चालन गरिएको उक्त शिविरमा विभिन्न ध्यान विधिहरू अभ्यास गराइयो, जसले चञ्चलता, तनाव, छटपटी, रिस, अनिद्रा, डरजस्ता मानसिक अवस्थाहरूलाई कम गर्दै शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक रूपले सन्तुलनमा ल्याउने लक्ष्य राखिएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा ध्यानप्रेमीहरूको सहभागिता रहेको थियो। योगिकुटीबाट सहभागी हुनुभएकी बसन्ती भट्टराईले भन्नुभयो, “मैले यस ध्यान शिविरमार्फत धेरै नयाँ कुरा सिक्न पाएँ, जुन मेरो आत्मिक शान्तिका लागि धेरै उपयोगी भएको छ।” त्यस्तै अर्घाखाँचीबाट आउनुभएकी रमा पाण्डेले ध्यान अभ्यासले आफ्नो मन हलुका र शान्त महसुस भएको बताउँदै कार्यक्रमको प्रशंसा गर्नुभयो। बुटवल दीपनगरबाट...
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा एक सय ४३ जनाले ज्यान गुमाएका छन् । अझै धेरैजना बेपत्ता रहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो । केही व्यक्तिको आगोमा जलेर र केहीको डुबेर ज्यान गएको पुष्टि भएको छ । डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ ।  ...