Tag: sanchar

तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डाै – काठमाण्डौमा आज दुई वटा छुट्टाछुट्टै प्रदर्शन भएको छ । राजावादी समूहले तीनकुनेमा र गणतन्त्रवादीले भृकुटीमण्डपमा प्रदर्शनसहित सभा गरेका छन् । नकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । राजावादी समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेपछि प्रदर्शन प्रभावित भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएका छैनन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिका घरमा ढुङ्गा हानेर सिसा फुटाउँदै आगाे लगाइदिएका छन् । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गरेको हो । त्यस्तै भृकुटीमण्डपमा...
तीनकुनेको घरमा आगजनी

तीनकुनेको घरमा आगजनी

Breaking news 1, अपराध, ताजा अपडेट
१५ चैत, काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । ...
यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको बीबीसीले जनाएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ । च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो । द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गर्नुभएको बताउनुभएको छ । यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुलाई ग्रुप च्याटबारे केही थाहा नभएको बताउनुभएको छ । आक्रमणबारे गोप्य सूचना को...
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, ८ चैत । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन – २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए । सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै उनले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गरे । सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल,  बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सूचना तथा प्रसारण विभागका निर्देशक प्रदीप परियार, ब्राहखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानलगायतका विज्ञहरुको उपस्थितिमा विभिन्न सेशनमा छलफल हुनेछ । त्यस्तैगरी सम्मेलनपछि चैत ९ गते नयाँ नेतृत्व चयन हुनेछ । सम्मेलनमा...
प्रेस चौतारीको महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रेस चौतारीको महाधिवेशनको तयारी अन्तिम चरणमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौं, चैत ६ । नेपाली श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन यही चैत १० गतेबाट कोसी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो । महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रेस चौतारी ...
२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता

२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप यहि शनिवारदेखि सु्रु हुदैछ । रुपन्देही जिल्ला फिटवल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।  प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउनेका काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आर्कषक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जनाएका छन् । यता प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङगो लगाएर टाइसिट तयार भैसकेको छ । संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपिएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समुहमा विभाजन गरि खेलाईने छ ।  जसमा समुह ए मा आयोजक रुपन्देही-११, एपिएफ, संकट...
ललितपुरको पुल्चोक र  भैंसेपाटीमा दुई महिनासम्मका लागि निषेधाज्ञा

ललितपुरको पुल्चोक र  भैंसेपाटीमा दुई महिनासम्मका लागि निषेधाज्ञा

ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ – ललितपुरका केही क्षेत्रमा आजदेखि लागू हुने गरि दुई महिनासम्मका लागि निषेधाज्ञा लगाइएको छ । पुल्चोकमा रहेको यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीमा रहेको नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ । ललितपुरका  प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र यो आसपासका क्षेत्रमा हिजो निषेधाज्ञाको आदेश जारी गर्नुभएको हो । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । ...
आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना

आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ – पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । आज बेलुका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको ...
गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला

गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी ,२८ फाल्गुन । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा शव फेला परेको हो । मृतक व्यक्ती प्युठान जिल्ला झिमरुख गाउपालिका वडा नम्बर २ बादिकोट घर भएका २५ बर्षका प्रकाश सामत रहेको र सामत १५ दिन अघी देखी घरपरिवार संग संपर्कमा नआएको मृतक सामतका भाई सुरेश सामतले बताए । ईलाका पुर्कोट दहका प्रहरी निरिक्षक दिपक केसीका अनुसार ७ जनाको प्रहरी टोली खटी थप अनुसन्धान भएको बताए । ...
नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन श्रम तथा रोजगार सम्मेलन आयोजना हुँदै

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन श्रम तथा रोजगार सम्मेलन आयोजना हुँदै

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डाै – सरकारले देशको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित पर्सि सोमवार र मङ्गलवार काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजनामाथि पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । सीपको अभावमा कतिपय बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै भएको र नेपाली स...