Tag: sancharpatra

गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान आसन्न सँघिय र प्रदेश निर्वाचनका लागि नेकपा एमाले निर्वाचन क्षेत्र न १ गुल्मीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ । तम्घासमा बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले सामा भौतिक पुर्वाधार लाई अबका दुईवर्ष भित्र पूरा गरिने र ठुला विकास आयाेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । प्रतिबद्धता पत्रमा भनिएकाे छ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट समृद्ध गुल्मी निर्माणको सङ्कल्पका साथ यहाँहरूसामु उपस्थित भएकाे र यस निर्वाचनमा हामीले गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव, पूर्व परराष्ट्र मन्त्री, नेपालको शान्ति प्रक्रियाका महत्वपूर्ण अगुवा एवं विचार, विक...
चिन्तामणि लाई गाउँकै चिन्ताले सताउछ ।

चिन्तामणि लाई गाउँकै चिन्ताले सताउछ ।

समाचार, स्थानीय
 कृष्ण अन्जान गुल्मी अस्लेवा पाका र खारिएका चिन्तामणी बा यो पटक गुल्मी क्षेत्र न १ क मा एमाले पार्टीबाट लुम्बिनी प्रदेश सभाका लागि प्रदेश सँसदका उम्मेदवार बन्नु भएको छ । सत्यवती गाउँपालिका वडा न १ को अस्लेवा गाउँका चिन्तमणी पाण्डे यो क्षेत्रकोकालीगण्डकी ,सत्यवती ,चन्द्रकोट ,रुरुक्षेत्रमा परिचित नाम हो ।  नेपाली कम्युनिस्ट आन्दोलन सँग लामो समय देखि जोडिनु भएका पाण्डे २०३६ सालको जनमत सँग्रह वहिष्कार अभियानमा जोडतोडले लाग्नु भएको थियो । २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर विधिवत कम्युनिस्ट पार्टीको सदस्य बन्नु भएपछि निरन्तरता पार्टीका काममा सकृय रहनु भएका चिन्तामणी पाण्डे बा पार्टीको तल्लो निकाए ,वडा कमिटी ,गाउँ कमिटी ,इलाका कमिटी ,जिल्ला कमिटी हुँदै यतिबेला नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।  वहाँ कहिल्यै वाम विचारबाट विचलित नहुने कट्टर कम्...
स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक ज्ञवाली एमालेमा फर्किए

स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक ज्ञवाली एमालेमा फर्किए

Breaking news 2, स्थानीय
बुटबलरवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् । एक बक्तव्य मार्फत नेकपा एमालेमा प्रवेश गरेको जनाएका ज्ञवालीले विगतको आफ्नो ईतिहास सम्झिँदै लेखेका छन । म विद्यार्थी जिवनकाल देखि नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेको शसक्त भातृसंगठन अनेरास्ववियुबाट राजनितिक यात्रा सुरु गर्दै ज्ञवा माध्यमिक विध्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष ,गुल्मी जिल्ला कमिटी सचिबालय सदस्य,श्रीङ्गेश्वर बहुमुखी क्याम्पस स्वबियु सभापती हुँदै पार्टिका विभिन्न जिम्मेवारीमा रहदै आफ्नो सिर्जनसिल जीवन ब्यतित गर्दै पार्टिको अग्रगामी बिकासका निम्ति योगदान गर्दै आइरहेको थिएँ तर केही समय अगाडी आएको स्वतन्त्र पार्टिको हावाको झोक्काले मलाइ पनि छोयो।उनले पार्टी परित्याग ग...
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु

मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु

Breaking news 1, ताजा अपडेट
१३ कात्तिक, काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनमा २५ जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । ...
द्वन्द्वको पीडा मुटुभित्र आँसु लुकाएर बाँचेका उन्नाइस वर्ष

द्वन्द्वको पीडा मुटुभित्र आँसु लुकाएर बाँचेका उन्नाइस वर्ष

लेख रचना
कृष्ण अन्जान जीवनका धेरै आरोह अवरोह हरुमा मानसपटल भित्र कहिले नमेटिने घाउको रुपमा हरेक पटकको तिहार हाम्रो परिवार माझ आउँछ र जाने गर्छ ।हरेक आँगनहरु मखमलि र सयपत्रि फूलहरुले झकिझकाउ भएर फूलिरहँदा हाम्रो परिवारको मन कहिल्यै फूल्दैन ।समयले उन्नाईस वर्षको नेटो काट्यो तर त्यो रक्त रन्जित दिन हिँज जस्तै लाग्छ ।२०६० साल कार्तिक नौ गतेको त्यो दिन मेरा लागि बिर्सनै नमिल्ने कालो दिन हो ।सँयोगले यो वर्ष कार्तिक नौगते नै तिहारको गोबर्धन पुजा परेको छ ।एकपटक फेरी पश्चिमी नवलपरासीको सुनवलमा पुगेर टक्क अडिएँ । नदुवा प्रहरी चौकी अगाडी उभिएर समवेदनाका दुई थोपा आँसु खसालेँ ।आँखा भरि २०६० सालको कार्तिक नौगतेको रक्तरन्जित इतिहास झल्झल्ति नाच्यो ,मन अमिलो मात्र भएन प्रतिशोधको भावनाले शरिर एक पटक नराम्ररी काम्यो ।देशमा परिवर्तन गर्छौँ भन्ने केही उन्मादिहरुको बन्दुकबाट वर्षेका गोलिले ...
ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे

ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जानदिगामनेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख का उम्मेदवार फर्सुराम पाण्डेलाई एउटै पिरलो छ कसरी युवा हरुका लागि गाउँमा स्वरोजगार र रोजगारको सिर्जना गर्न सकिएला भन्ने । यतिबेला निर्वाचनको माहौल बनाउन आफू उठेको क्षेत्रको गाउँ गाउँमा पुग्दा खासै युवाहरु नभेटिने र भेटिएका युवाहरु पनि चरम बेरोजगारीले पिल्सिएको पाउँदा पाण्डेको मन भत्भती पोलेको छ ।त्यसै त रित्ता गाउँहरु बुढा बा आमाले कुरीरहेका छन र कताकति युवा हरु त्यसमा पनि बेरोजगारीको कहालीलाग्दो अवस्था । हरेक गाउँ र हरेक ठाउँका पीडा एउटै छ ,बेरोजगारी समस्याको रुपमा छ रोजगारीका लागि युवा बुढा बा आमा र परिवारलाई छाडेर विदेशीएको छ उनले भने । मैले सबै युवाहरुलाई रोजगारी दिन त सक्दिन तर एकदमै अप्ठयारो अवस्थामा रहेका दुई चार सय युवालाई रोजगारी दिन सक्छु उनले भने । त्यसोत यतिबेला पनि उनले सन्चालन गरेका ओैधोग...
 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण गाउँले नेकपा एमाले गुल्मी - रुपन्देही सम्पर्क मञ्चको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए । बैठकमा सहभागी नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताए । पाण्डेले एमालेको ०५१ सालको  'आफ्नो गाउँ आफै बनाउँ' भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्या...
१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर

१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर

ताजा अपडेट, स्थानीय
४ कात्तिक, काठमाडौं । कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको छ । २०७८ भदौमा कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर करिब साढे ३ प्रतिशत बिन्दुले बढेको हो । २०७५ असारमा १२.४७ प्रतिशतसम्म पुगेको कर्जाको भारित औसत ब्याजदर कोभिड–१९ अगाडि फागुन २०७६ मा ११.८० प्रतिशतमा झरेको थियो । कोभिडसँगै कर्जाको माग घटेर बैंकहरुको अधिक तरलता हुँदा २०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतसम्म झरेको थियो । तर, गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकिङ प्रणालीमा अभावसँगै बढ्दै गएको ब्याजदरले पुनः १२ प्रतिशत भन्दा माथि पुगेको छ  ...
अखिलले गर्याे रक्तदान कार्यक्रम

अखिलले गर्याे रक्तदान कार्यक्रम

Breaking news 3, समाचार, स्थानीय
कृष्ण अन्जान बलेटक्सार नेकपा एमाले निकट विध्यार्थी सँगठन अनेरास्ववि रुरुक्षेत्र गाउँपालिका कमिटीले विहवार बलेटक्सारमा बृहत रक्तदान कार्यक्रम गरेकाे छ। नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीकाे सहकार्यमा आयाेजना गरिएकाे रक्तदानमा पचपन्न युनिट रगत सँकलन भएकाे रक्तदान कार्यक्रमका सँयाेजक समेत रहेका अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज रन्जित ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले समाजसेवकाे निस्वार्थ सेवा र सबैभन्दा ठुलाे दान रक्तदान भएकाे बताए । रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएकाे रगत जीवनदान भएकाे श्रेष्ठको भनाई थियाे कार्यक्रममा बाेल्दै नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत ,रक्ततत्व ,रक्त...
डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या

डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या

Breaking news 1, समाचार
काठमाण्डाै – डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेङ्गी संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेङ्गी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेङ्गी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताउनु भयो । डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेङ्गीका रहेको पनि बताउनु भयो । डेङ्गी, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिनुभयो । डेङ्गी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेङ्गी लाग्यो भन्...