अपराध

न्यायाधीसले सफाइ पाएपछि श्रीमती अंगप्रदर्शनसहित अनशनमा

अपराध, ताजा अपडेट, समाचार
रुपन्देही । वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावलले उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि अझर्धनग्न अनशनमा बसेकी छन् । बैशाख १ गते वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार मुक्त भएका थिए । बिहानै कार्यालय समय अगावै गेट बाहिर बसेकी गिरीलाई केही समयमा नै प्रहरीले उठाएर लगेको प्रत्यक्षदर्शी भक्त बस्नेतले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाले अदालतअघि अशोभनीय तरिकाले बसेकाले प्रहरीले ल्याएर आफन्तलाई बुझाएको बताए । ‘न्यायलयअघि त्यो ड्रेसमा बस्नु शोभनीय भएन कसैलाई पनि, शान्तिपूर्ण तरिकाले बसेको भए हामीले ल्याउनुपर्ने थिएन, उहाँको विरोध थियो, हामीले उहाँको आफन्तलाई बोलाएर बुझाएका छौं’ उनले भने । ...
बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बुटवलमा एक युवतीमाथि गाेली प्रहार भएकाे छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गाेली प्रहार भएकाे हाे । उनकाे कम्मर माथि गाेली लागेको छ। रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने  बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

Breaking news 1, अपराध, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवम् भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । राप्रपा सांसद राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारीसहित विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मका संलग्न नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूलाई निलम्बन गर्न पनि सिफारिश गरेको छ । उपसमितिले अधिकारीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, आयोजनाका इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर बाबुराम पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि भ्रष्टाच...
दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर : अनुसन्धान गर्न १२ दिनको म्याद

दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर : अनुसन्धान गर्न १२ दिनको म्याद

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ — चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । त्यस्तै प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि १२ दिनको म्याद थप भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ। १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी आज बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमा...
म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । ...
तीनकुनेको घरमा आगजनी

तीनकुनेको घरमा आगजनी

Breaking news 1, अपराध, ताजा अपडेट
१५ चैत, काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । ...
सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।  रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।  विशेष सूचनाका आधारमा राजधानीको झोरबाट  ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो ।   प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएक...
गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
झापा कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।  गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उनले बताए ।  प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार ...
रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा युवा र युवती मृत भेटिएका छन् । १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकेन्द्रले चार दिन अघि सपनालाई विवाह गर्ने भन्दै भगाएर आफ्नो घर ल्याएका थिए । आज बिहान ९ बजे लोकेन्द्रको घरको अस्थायी टहरामा दुवै जनाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार लोकेन्द्रका बुबा र आमा उपचारका लागि नेपालगञ्ज गएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको र परिवारको उपस्थितीपछि मात्रै शव उठाउने बताएको छ ।  ...
लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध ठगी मुद्दा दर्ता

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध ठगी मुद्दा दर्ता

Breaking news 2, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
९ माघ, विराटनगर । संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ । गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ ।बिहीबार पोखरेलको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ । ...