अपराध

विदेश पठाउने भन्दै करिब ७४ लाख ठगी गर्ने ४ जना पक्राउ

विदेश पठाउने भन्दै करिब ७४ लाख ठगी गर्ने ४ जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका-३ की ३९ वर्षीया राधिका पाठक पौडेल तथा मोरङ सुन्दर हरैचा नगरपालिका-३ का ४७ वर्षीय तिलक परियार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘पक्राउ परेकामध्ये राउतले फिनल्यान्ड पठाउने भन्दै ५७ लाख, थापाले माल्टा पठाउने भन्दै चार लाख ५० हजार, पौडेलले फिनल्यान्ड पठाउने भन्दै चार लाख २० हजार तथा परियारले सर्विया पठाउने भन्दै आठ लाख लिई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ पक्राउ परेका चारै जनालाई ...
कलाकार सागर लम्साल ‘बले’ पक्राउ

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंकलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । ...
रुपन्देहीसहित विभिन्न स्थानबाट जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

रुपन्देहीसहित विभिन्न स्थानबाट जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रूपन्देहीको कञ्चन गाउँपालिकाबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । कञ्चन गाँउपालिका–१ बस्ने ४२ वर्षीय मन बहादुर थारूलाई प्रहरीले पक्राउ गरेको हो ।मन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।यसैगरी प्युठानमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । तिलकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उदयपुरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–७ हाडेबास बस्ने २० वर्षीय बिप...
सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।अर्याललाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले जानकारी दिएको छ ।कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी कागजातमा अनियमितता देखिएको आरोपमा अर्याललाई पक्राउ गरिएको सिआईले जनाएको छ ।नियामक निकायलाई पेश गरिएका सक्कल आवेदन र प्रतिलिपिबीच विवरण फरक देखिएपछि अनुसन्धान अघि बढाइएको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा धितोपत्र ऐनको दफा १०० विपरीत कसूर भएको देखिएको जनाइएको छ ।जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि अर्याललाई काठमाडौँ महानगरपालिका–२९ पुतलीसडकस्थित न्यूप्लाजाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । ...
युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
नेपालगन्ज–१२, कोरियनपुरकी २२ वर्षीया सृजना बुढाको जिउँदै जलाएर हत्या गरिएको भन्दै परिवार र स्थानीयवासी आन्दोलित बनेका छन् । ‘गीता’ नामले चिनिने सृजना बुढाको घटनापछि आक्रोशित भीडले दोषीलाई कडा कारबाही गर्न माग गर्दै सडकमा उत्रिएको हो । सृजनालाई उनका प्रेमी भनिने व्यक्तिले आगो लगाएर हत्या गरेको परिवारको आरोप छ ।सृजनाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्नताको आशङ्कामा स्थानीय २४ वर्षीय गोलु भनिने मोहम्मद आरिफ ढपालीसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकालाई कुनै पनि बहानामा उम्कन नदिन र घटनालाई तोडमोड हुन नदिन दबाब दिँदै परिवारका सदस्य र स्थानीयवासीले सोमवार जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमै नाराबाजी गरेका छन् । उनीहरूले दोषीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन् । यसैबिच, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको टोलीले पनि घटनाको ...
अपराध अभियोग लागेका करिब १३ हजार व्यक्ति अध्यागमनको कालोसूचीमा

अपराध अभियोग लागेका करिब १३ हजार व्यक्ति अध्यागमनको कालोसूचीमा

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालको अध्यागमन प्रशासनले विभिन्न अपराध अभियोग लागेका करिब १३ हजार व्यक्तिलाई कालोसूचीमा समेटेको छ । नेपालमा अपराध गरेर विदेश भागेका, विदेशमा अपराध गरेर नेपाल छिरेका र विभिन्न अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेकालाई अध्यागमनको कालोसूचीमा समेटिएको हो । सूचीमा पर्नेहरूमा करिब ८ हजार नेपाली र झन्डै ५ हजार विदेशी नागरिक छन् । ती व्यक्तिहरू अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाकाका अध्यागमन ‘चेकप्वाइन्ट’बाट वारपार गर्न पाउँदैनन् । यस्तै, २४ भदौमा भएको प्रदर्शनमा कारागार तथा बन्दीगृह र प्रहरी हिरासत कक्ष फोडेर भागेका ६ सय १२ कैदीबन्दी पनि यो सूचीमा समेटिएका छन् । जेलबाट भागेकामध्ये करिब ५ सय भारतीय र तेस्रो देशका १ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छैनन् । उनीहरू हवाई माध्यमबाट तेस्रो देश भाग्न सक्ने सम्भावना देखिएपछि गत असोजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा र ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरिएको छ ।विमानस्थलको प्रस्थान होल्ड ब्यागेज जाँचका क्रममा स्वीडिस नागरिक ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई पक्राउ गरिएको हो । उनी सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जाने तयारीमा थिइन् । जाँचका क्रममा उनका ब्यागबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चाइनीज युआन ७ हजार ४०० र स्वीडेनका ४३ हजार क्रोनर फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेकी कुन्चोक खाण्ड्रोलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । ...
रूपन्देहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

रूपन्देहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलजिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय सूर्यपूरा रूपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।लुम्बिनीबाट सूर्यपूरातर्फ से ३ प ६०० नं को मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको मायादेवी गाउँपालिका–१ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र सोही मोटरसाइकल पछाडि सवार गैँडहवा गाउँपालिका–४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।प्रहरीले निजहरू बस्ने घरकोठा खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुस...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागू औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागू औषधसहित आज पक्राउ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागू औषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए । चोरीको मोटरसाइकलको पार्टपुर्जा अन्य मोटरसाइकलमा...
सुन चोरलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सुन चोरलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँकाठमाडौँ प्रहरीले सुनचोरीमा सम्लग्न एक युवालाई गोली हानेर नियन्त्रणमा लिएको छ। काठमाण्डौको बौद्ध टुसालस्थित एउटा घरबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्न प्रेम थारुलाई गोली हानेर नियन्त्रणमा लिएको हो।काठमाण्डौ प्रहरीका अनुसार स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेका थिए। प्रहरीका अनुसार थारु नेपालगञ्जका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको काठमाण्डौ प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) पवन भटराईले बताए। भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ। एसपी भट्टराईले भने, ‘बौद्धमा चोरी भएको घटनामा समातिएको हो, यसअघि दिउँसोको समयमा भोटेबहाल, कालिमाटीमा पनि चोरी भएका घटनामा प्रहरीको निगरानी बढिरहेको थियो।’ भट्टराईका...