राजनीति

नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार
काठमाडौं नेपालले आजदेखि बंगलादेशमा नियमित रूपमा ४० मेगावाट विद्युत निर्यात गर्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शनिबार रातिदेखि नै यो विद्युत निर्यात सुरु भएको जानकारी दिएका छन्। मन्त्री खड्काले आजको दिनलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।गत वर्षबाटै नेपालले बंगलादेशलाई एकदिनका लागि विद्युत निर्यात गरेको थियो, जुन औपचारिकता मात्र थियो। अब भने नियमित रुपमा नेपालबाट तेस्रो मुलुकमा विद्युत निर्यात हुन थालेको छ। नेपालले भारतको ग्रिडमार्फत बंगलादेशलाई विद्युत पठाउन थालेको हो। साथै ऊर्जा मन्त्री खड्काले बिहार राज्यलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताए। ...
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी धेरै अघिदेखि भएको र पछिल्लो अपडेट के छ त्यो बुझेर मात्र भन्न सकिने बताए । भ्रमणको मिति तय भइसकेपछि सबैलाई यसबारे जानकारी दिइने उनले बताए । प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो । भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै ग...
लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै

लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले "राजश्व र व्ययको वार्षिक अनुमान" प्रदेश सभामा प्रस्तुत गर्नुहुने सम्भावीत कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नुहुनेछ । सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ । मुख्यमन्त्...
अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी

अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्। काठमाडौँको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पारे। कडरियाले ७३२ मत ल्याएर विजयी बन्दा पौडेलले ७२५ मत पाए। यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भएका छन् भने महासचिव दीपक धामी निर्वाचित भएका छन्। उपमहासचिवमा कमल जोशी, सचिव आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबु खान विजयी भएका छन्।विभिन्न आयोगका अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्। १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय म...
प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी छ।छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्। विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने अडानमा रहेकाले संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएका छन्। जेठ १५ मा बजेट पेस गर्ने भनिए पनि विपक्षी दलहरूले सबै बैठकमा विरोध जनाउँदै आएका छन्। सत्तापक्ष भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्‍याउँदै आएको छ। ...
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान हुँदै

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ। निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज ८ बजेदेखि मतदान हुने लागेको हो । मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर बिहान ८ बजेदेखि मतदान हुनेछ । आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मत परिणाम आउने बताए। निर्वाचन कमिटीले यसअघि बुधबार नै उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशित गरिसकेको छ।  कार्यतालिका अनुसार मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ । नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि...
संसदीय समितिले पारित गर्‍यो नागरिकताका विधेयक

संसदीय समितिले पारित गर्‍यो नागरिकताका विधेयक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।  सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोश्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो। समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। समितिबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए। त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको बताए। गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका...
नेकपा एसका संसदीय दलका नेता दीर्घबहादुर सोडारी प्रदेश सभाबाट निलम्वन

नेकपा एसका संसदीय दलका नेता दीर्घबहादुर सोडारी प्रदेश सभाबाट निलम्वन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
धनगढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरे संगै सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेश सभाबाट निलम्बन गरिएको छ। प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी दिए। प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब सो पार्टी तीन सदस्यमा सीमित भएको छ। सोडारी सुदुरपश्चिमका प्रभावसाली नेता हुन्। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले) बाट प्रदेश सभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारी संगै नेकपा एस तिर लागेका थिए।   सोडारीले पदको दुरूपयोग गरेर गैरकान...
आजदेखि अनेरास्ववियुको २४ औँ महाधिवेशन

आजदेखि अनेरास्ववियुको २४ औँ महाधिवेशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको अनेरास्ववियुका अध्यक्ष समिकुमार बडालले जानकारी दिए। बन्द सत्र पनि सोही हलमा हुनेछ। उनकाअनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। ३२ वर्षे उमेरहद लागेकाले वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका छन्। अध्यक्षका...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।  प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएक...