राजनीति

मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय

मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रुपन्देही मधेस प्रदेशको मुख्यमन्त्रीमा आज अपराह्न ४ बजेसम्म दाबी पेस गरिनुपर्ने समय सीमा तोकिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन्।निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न जानकारीका लागि अनुरोध छ ।” मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका हुन् । ...
प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म : संविधानमाथि प्रश्न गर्दै १० वटा रिट

प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म : संविधानमाथि प्रश्न गर्दै १० वटा रिट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसंसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको भन्दै रिट दायर भएका हुन् ।प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारा उल्लेख नगरी गरिएको भन्दै रिट निवेदकले त्यसलाई असंवैधानिक दाबी गरेका छन् । संविधानको धारा ७६ अनुसार मात्र तीन प्रकारका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि त्यसबाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाइएको आरोप लगाइएको छयससँगै, देशको प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई संविधानले स्पष्ट रूपमा सार्वजनिक पदमा पुनः नियुक्त गर्न निषेध गरे पनि त्यही व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्दै रिट निवेदकले संविधानको गम्भीर उल्लङ्घन भएको दाबी गरेका छन्। सर्वोच्च अदालतको पूर्व न्यायाधीशसमेत रहेका व्यक्तिले असंवैधानिक रूपमा प्रधानमन्त्री प...
बुटवल उपमहानगरद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूल प्रयोग नगर्न आग्रह

बुटवल उपमहानगरद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूल प्रयोग नगर्न आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोग नगर्न आग्र गरिएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको हो । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताएका छन् । ...
रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी–भैलोको क्रममा मादक पदार्थ सेवन (मापसे) गरेको पाइएमा कानून अनुसार कारबाही गरिने भएको हो ।रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले तिहारमा सम्भावित अपराध र अवाञ्छित गतिविधि नियन्त्रणका लागि देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाउने निर्णय गरेको हो । साथै, सहभागीहरूले मादक पदार्थ सेवन गर्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।उनका अनुसार तिहारमा शान्ति–सुरक्षा कायम गर्न र सामाजिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । “चाडपर्वमा हुने भीडभाडका कारण कुनै अप्रिय घटना नहोस् भन्ने हाम्रो प्राथमिकता हो,” उनले भने । जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले रु...
नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं २३ र २४ भदौको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति भयो । केही उद्योग, व्यवसायमा भौतिक आक्रमण भयो । जसको क्षतिपूर्तिको दाबी बीमासहित अन्य माध्यमबाट भइरहेको छ ।जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए । सोहीकारण मुख्य सिजनमै सत्ता र सरकार परिवर्तन भएको एक महिना पूरा भइसकेको छ । तर, पर्यटन मन्त्रालयले अझै नेतृत्व पाएको छैन । अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।नेपाल पर्यटन बोर्ड सदस्य ऋषि भण्डारी यस्ता संकटको समयमा विगतका सरकारहरूले पर्यटन पुनरुत्थानमा केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको बताउँछन् ।पर्यटन बोर्डले तयार पारेको ‘टुरिज्म इन्साइट्स’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित ...
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए । मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे ।उनले भने, ‘नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खाजस्ता प्राकृतिक विपद् र अन्य मानवजनित विपद्को जोखिममा परेको देश हो । यस्ता विपद्का कारण न केवल जनधनको क्षति हुँदै आएको छ, विकासको गति समेत अपूर्ण रहँदै आएको तथ्य सबैलाई ज्ञात छ ।’गृहमन्त्री अर्यालले विपद्लाई केवल प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले नेपाल सरकारले विपद् जोखिम न्य...
बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
वासिङ्टन डिसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए । उनले गाजालाई ‘विध्वंसको थलो’ जस्तो देखिएको उल्लेख गरे । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मध्यस्थकर्ता कतारको भूमिकाको प्रशंसा गरे । हमासले गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई स्थानीय समयअनुसार सोमबार मध्यान्हसम्ममा रिहा गर्नुपर्ने समयसीमा छ । ट्रम्प सोमबार नै युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि इजिप्ट जाने कार्यक्रम छ । हमासले करिब २० जना जीवित बन्धक र २८ जनासम्म मृत बन्धकका अवशेषहरू हस्तान्तरण गर्ने अपेक्षा छ । यसैब...
लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङदेशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सिमा मानी योजना, कार्यक्रम कार्यन्वयनमा लैजान र मितव्ययिता अपनाउन प्रदेश सरकार मातहतका निकायहरुलाई निर्देशन दिने निणर्य गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा सम्पन्न बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त मार्गदर्शन र नेपाल सरकारका निर्देशनका अतिरिक्त खर्च व्यवस्थापनमा थप व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने बजेटका क्रममा दोहोरो प्रविष्टि भएका आयोजना, कार्यक्रम तथा क...
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ।आजको छलफलमा जेनजी आन्दोलनको माग र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ।राष्ट्रपति पौडेलले यसअघि शुक्रबारमात्रै अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए। ...
एमाले सचिवालय बैठक आज पनि बस्दै

एमाले सचिवालय बैठक आज पनि बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
भक्तपुर नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको ज्ञवालीले बताए ।बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको नेता ज्ञवालीले जानकारी दिए । सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिङ्गो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष हिजोको बैठकले निकालेको ज्ञवालीको भनाइ थियो । आजको बैठकमा महाधिवेशनक...