राजनीति

पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसोपछि  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा  हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित &nb...
माओवादी केन्द्रको  जागरण अभियान

माओवादी केन्द्रको जागरण अभियान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ । आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ । रमाइलाेकाे सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका -९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गकाे आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाकाे कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोलि विराटनगर केन्द्रित भेटघाट कार्यक्र...
प्रकृतिको परिवारसँग प्रधानमन्त्री ओलीले गरे टेलिफोन सम्वाद

प्रकृतिको परिवारसँग प्रधानमन्त्री ओलीले गरे टेलिफोन सम्वाद

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल भारतको उडिसा राज्यस्थित मृत भेटिएकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलिफोन सम्वाद गरेका छन् । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि आफूले कुटनीतिक पहल गर्ने प्रतिवद्धता समेत गरेका छन् ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ भैरहवामा बस्ने प्रकृतिका बुवा–आमासँग फोन सम्पर्कमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दोषिलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल भइरहेको र भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल गरिरहेको जानकारी गराए । ‘सबै निपाली विद्यार्थी हाम्रै छोराछोरी हुन, सबैको सुरक्षाको लागि म सचेत छु, हामि पहल गरिरहेका छौं ।’–प्रधानमन्त्री ओलीले भने । प्रकृतिको परिवारलाई परेको पीडामा राज्य साथमा रहेको बताउँदै उनले दुःख व्यक्त गरे ।  ...
लुम्बिनी प्रदेशलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

लुम्बिनी प्रदेशलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ। चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ।  अब आगामी वर्ष वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित गरी लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त प्रदेश बनाउनेगरी प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। मानवता प्रवर्द्धन अभियानअन्तर्गत मानवसेवा आश्रमसँग लुम्बिनी प्रदेश सरकारले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै मानवतायुक्त प्रदेश बनाउने अभियानलाई प्रदेश सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।`कसैले पनि सडकमा बास बस्न नपरोस्, भोकभोकै बस्न नपरोस्,´मुख्यमन्त्री आचार्यले भने, `संविधानले सुनिश्चित गरेका हक अधिकारको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो। ...
प्रतिनिधिसभा बैठकमा बाँदर र बँदेल आतङ्कको दीर्घकालीन समाधानमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरिँदै

प्रतिनिधिसभा बैठकमा बाँदर र बँदेल आतङ्कको दीर्घकालीन समाधानमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरिँदै

Breaking news 2, कृषि, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०–०८१’ पेस गर्ने कार्यसूची छ ।यस्तै, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, सांसद शेर बहादुर कुँवरले ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौड...
जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन: मुख्यमन्त्री आचार्य

जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
अर्घाखाँची लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षकाे बजेटमा साना आयाेजनालाइ कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ । नेकपा एमालेले शितगंगा नगरपालिका-२ सितापुरमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले साना याेजनालाइ निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेकाे बताउनु भएको हाे ।साना आयाेजनालाइ निरुत्साहित गर्नेगरी तयारी गर्दै छाैं´उहाँले भन्नुभयो-`उपलब्धि देखिने आयाेजना सरकारकाे प्राथमिकतामा पर्छन । प्रदेश सरकारले मझौला खालका आयाेजनालाइ सम्पन्न गर्नेगरी बजेटमा सम्बाेधन गर्ने विश्वास दिलाउनु भयाे । प्रदेश स्थापना भएपछि विकास निर्माणकाे कामले गति लिएको बताउदै उहाँले यी उपलब्धि देख्न नसक्नेहरुले गलत भास्य खडा गर्न खाेजेकाे बताउनु भयाे ।`संघीयताले विकासकाे ढाेका खाेलेकाे छ । देख्न, हेर्न र बुझ्न सक्नुहुन...
जनता नै राज्यको सम्पूर्ण शक्ति : प्रजातन्त्र दिवसमा राष्ट्रपति पौडेलको सन्देश

जनता नै राज्यको सम्पूर्ण शक्ति : प्रजातन्त्र दिवसमा राष्ट्रपति पौडेलको सन्देश

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, समाज
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।  प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताएका हुन् । 'मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ,' राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन्, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।' राष्ट्रपति पौडेलले नेपा...
लुम्विनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्वोधन : ‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं

लुम्विनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्वोधन : ‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सकिने बताएका छन्। उनले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको बताए। 'करिब ७/८ वर्षभित्र राजधानी कसरी निर्माण गर्न सकिन्छ। आफ्नै सभाहलमा कसरी सभा गर्न सकिन्छ। आफ्नै मुख्यमन्त्री कार्यलय, सभामुख निवास,सभामुखको कार्यालय, मन्त्रीहरूको कार्यालयदेखि यावत संरचना निर्माण गर्न कसरी सकिन्छ भन्ने दृष्टान्त दिएको छ।राजधानीमात्रै विकास गरेको छैन। कसैले विश्वास नगरेको ठाउँमा राजधानी स्थापना भएको छ,' उनले भने। प्रधानमन्त्री ओलीले राजधानी बनाउनमात्रै प्रदेश सरकार केन्द्रीत नभएको पनि बताए।  'यसबीचमा यस...
युक्रेन वार्ता अघि पुटिनलाई शिरमा चढाइरहेछन् ट्रम्प

युक्रेन वार्ता अघि पुटिनलाई शिरमा चढाइरहेछन् ट्रम्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
मंगलबार साउदी अरबमा युक्रेन–रुस युद्ध अन्त्य गर्नेबारे वार्ता हुँदै छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने लाभै लाभ छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पुटिनको अन्तर्राष्ट्रिय पृथकीकरण अन्त्य गरेका छन् । यति मात्रै कहाँ हो र ? उनले युरोपको एकता तितरबितर पारेका छन् भने युरोपको बचाउमा अमेरिका कति पर सम्म जान सक्दा भन्ने कुरोमै संशय उत्पन्न गराएका छन् ।  यतिबेला ट्रम्प अमेरिकाका परम्परागत मित्र देशहरूलाई बेवास्ता गरेर पूरै पुटिनतिर ढल्किएका छन् । ट्रम्पको पछिल्लो हर्कतबारे युरोपबाट एकपछि अर्को गर्दै विरोधाभासपूर्ण अभिव्यक्तिहरू आइरहेका छन् । यस्तोमा ट्रम्पका सहयोगीहरूले पनि ट्रम्पले पुटिनसँग युक्रेनका लागि खराबै भएपनि जस्तो पनि सम्झौता अपनाउने हो कि भन्ने चिन्ता बढाएको छ ।  युक्रेनी युद्ध अन्त्य गर्न युरोपले युक्रेनमा शान्तिका लागि सुरक्षा प्रत्याभूति...
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई बिशेष सम्बाेधन गर्दै

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई बिशेष सम्बाेधन गर्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज साेमबार विशेष सम्बोधन गर्दैछन। प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची रहेकाे छ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन।  प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई समेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ । ...