राजावादीको प्रदर्शनबाट नेतालाई सच्चिन पाठ
काठमाडौँ
विभिन्न गुटमा विभाजित राजावादी दल, संस्था र व्यक्तिको संयुक्त आयोजनामा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन भएको छ । पोखराबाट समिट एयरको चार्टर्ड विमानबाट काठमाडौं ओर्लेका शाहको स्वागतमा राजावादीले प्रदर्शन गरेका हुन् । विमानस्थलबाट बाहिरिएपछि शाह गाडीबाट समर्थकलाई अभिवादन गर्दै निर्मल निवास पुगेका थिए ।
पूर्वराजा शाहको गतिविधि र राजावादीको प्रदर्शनप्रति राजनीतिक दलका नेताहरू भने आक्रामक ढंगले प्रस्तुत भएका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरू शाहको बढ्दो सक्रियतालाई लिएर एक ठाउँमा आएका मात्रै छैनन्, एउटै स्वरमा चेतावनीसमेत दिइरहेका छन् ।
आइतबार सुदूरपश्चिमको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ शाहलाई चेतावनी दिए । ‘अराजकताको बाटो हिँडेर कसैले केही हत्या...








