राजनीति

उपसभामुख रानालाई पद छाडेर मार्गप्रशस्त गर्न सत्तारुढ दलले आग्रह गर्ने

उपसभामुख रानालाई पद छाडेर मार्गप्रशस्त गर्न सत्तारुढ दलले आग्रह गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सत्तारुढ दलहरूले पदीय आचरणको विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरलाई पद छोडेर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् । उनलाई सुरुमा पद छाड्नका लागि आग्रह गर्ने नमानेको अवस्थामा उनीविरुद्ध पदीय आचरणको अनुकूल काम नगरेको भन्ने महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । कांग्रेस र एमालेका शीर्ष नेताहरूको आइतबार र सत्ता समर्थक दलहरूको सोमबारको बैठकमा उपसभामुखको विषयमा कुरा उठेको थियो । प्रधानन्यायाधीशलगायतका संवैधानिक नियुक्तिमा अप्ठेरो हुने भयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।कांग्रेसका एक नेताका अनुसार सुरूमा उनलाई आग्रह गर्ने आग्रह नमानेको अवस्थामा प्रस्ताव अघि बढाउने तयारी छ । मंगलबारको संसद्को बैठकमै पनि यो कुरा उठाउने ती नेताले बताए । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र...
जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान

जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न  निजामती कर्मचारीहरुलाइ आह्वान गरेका छन्।  निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गरेका हुन्। कर्मचारीहरु प्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यको छ। हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ। कर्मचारीले दिने सेवामा यी बिषय महत्त्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ उनले भने कर्मचारी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रव...
निजामती सेवा दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

निजामती सेवा दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन्। प्रधानमन्त्रीले एक शुभकामना सन्देश जारी गर्दै निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुुभकामना दिन चाहन्छु भनेका छन्। उनले जारी गरेको बिज्ञप्तीमा नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको उल्लेख गरेका छन्। तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय नै छन्। यस घडीमा म ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु। कर्मचारीहरुले सहभागिता जनाएका र ...
सहकारीसम्बन्धी संसदीय विशेष समितिले माग्यो सरकारको धारणा

सहकारीसम्बन्धी संसदीय विशेष समितिले माग्यो सरकारको धारणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
शुक्रबार बसेको समितिको बैठकले सहकारी मन्त्रालय र सम्बद्ध निकायका जिम्मेवारहरूसँग प्रतिवेदनकेन्द्रित अन्तिम सुझाव अविलम्ब लिखित रूपमा उपलब्ध गराउन निर्देशन गरेको समितिका सभापति सुर्य थापाले जानकारी दिए । उनका अनुसार समितिले शुक्रबारको बैठकमा सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानविन गरिरहेको विषयमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सम्बद्ध निकायहरूहरूसँग प्रतिवेदनमा समेट्ने विषयवस्तु केन्द्रित छलफल गरेको हो । छलफलमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उक्त मन्त्रालयका सचिव अर्जुन पोखरेल, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण गौतम लगायत सहभागी थिए । समितिले सहकारीमन्त्री अधिकारीलाई सहकारीपीडितहरूको भावनामा चोट पुग्ने गरी भड्किलो अभिव्यक्ति नदिन सचेत समेत गराएको छ&n...
जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली

जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई  वामपन्थीहरूले गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन्। उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगिएको भन्दै ती मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताए।उनले जलवायु संकटका एकमात्र कारक दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था नै रहेको बताए।  ‘केही नयाँ मुद्दाहरू आएका छन्। जुन मुद्दाको अगुवाइ वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ। जलवायु परिवर्तनबाट हामी जलवायु संकटको तहमा पुगेका छौं। त्यसले ढोका ढक्ढक्याउन थालिसकेको छ। त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ। किनभने जलवायु संकटको एकमात्र कारक भनेका दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था हो...
एक हजार बढी कैदी संविधान दिवसमा माफी पाएर छुट्दै

एक हजार बढी कैदी संविधान दिवसमा माफी पाएर छुट्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ। असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो। उनीहरु छुटेका छैनन्। विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ। सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ। कारागार व्यवस्थापन विभागका प्रमुख जयनारायण आचार्यले असार ९ गते र भदौ १६ गते निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकैपटक सिफारिस हुने बताए।‘हामीले जेठ १५ गते गणतन्त्र दिवसका दिन माफी मिनाहा गर्नु पर्ने थियो तर सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनको प्रक्रियाले त्यतिबेला सम्भव भएन र पछ...
गण्डकीमा तमासा : मनाङेको नसुध्रिएको मतिमा दलहरू निरीह, मन्त्रिपरिषद् अधुरै

गण्डकीमा तमासा : मनाङेको नसुध्रिएको मतिमा दलहरू निरीह, मन्त्रिपरिषद् अधुरै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लामो रस्साकस्सी र नेताहरुको माथापच्ची पार गर्दै नेपाली कांग्रेस र एमालेको सरकार बनेको ठ्याक्कै दुई महिनापछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय त गरे तर न पूर्णता पायो न सरकारमा गएको एमालेभित्र खुसीको सञ्चार छाउन सक्यो । एमालेलाई रोज्जा चार मन्त्रालय दिएर मन्त्रिपरिषदलाई पूर्णता दिएको बताएका मुख्यमन्त्री पाण्डेलाई आफैं च्यापेर मन्त्री बनाएर राजीव गुरुङ (दीपक मनाङे) नै भारी बन्न पुगे । २ पटकसम्म अदालतको चक्कर काटेर सर्वोच्चकै आदेशअनुसार मुख्यमन्त्री भएका पाण्डेलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र मनाङेलाईसमेत मन्त्रालयको भागबण्डा लगाएर एमालेका मन्त्रीलाई सपथ खुवाए । तर, एमाले मन्त्रीको सपथ सकिँदा नसकिँदै असन्तुष्टि जनाउँदै मनाङेले आफूले पाएको वन तथा वातावरण मन्त्रालय नसम्हाल्ने भन्दै भौतिक पूर्वाधार मन्त्रीबाट ...
राजदूत नियुक्तिबारे प्रश्न उठेपछि परराष्ट्रमन्त्रीले दिइन् समितिमा स्पष्टीकरण

राजदूत नियुक्तिबारे प्रश्न उठेपछि परराष्ट्रमन्त्रीले दिइन् समितिमा स्पष्टीकरण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
परराष्ट्रमन्त्री आरजु राणा देउवा संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उपस्थित भएकी छन् । मंगलबारको समिति बैठकमा उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिएकी छन् ।  बैठकमा सांसदहरुले राजदूत नियुक्ति विवादरहित हुन नसकेको भन्दै प्रश्न उठाएका थिए । सांसद एकनाथ ढकालले राजदूत नियुक्ति विवादरहित हुन नसकेको बताए । ‘राजदूत नियुक्ति विवादरहित हुन सकेको छैन, निर्देशिकाअनुसार राजदूत नियुक्रि गर्न आगामी दिनमा कस्तो कार्ययोजना छ ?’, उनले उनले भने । सो क्रममा राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमो सरकार प्रतिवद्ध रहेको बताइन् ।  ‘नेपाल सरकारले मुख्यतः राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कू...
भुक्तानीको समस्या हल गरी अर्को महिनादेखि नै बिकास निर्माणले  गति लिन्छ : मन्त्री दाहाल

भुक्तानीको समस्या हल गरी अर्को महिनादेखि नै बिकास निर्माणले गति लिन्छ : मन्त्री दाहाल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, राेचक जानकरी, समाचार, समाज
बुटवल सरकारले पुराना योजनाहरुको वक्यौता रकम भुक्तान गरी निर्माणको कार्यलाई आगामी महिनादेखि तिब्रता दिने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भुक्तानी गर्न बाँकी रहेका योजनाहरुको महिना दिनभित्रै समस्या हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तिब्रता पाउने दाबी गरे ।  प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार विहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएको स्वीकार गर्दै उक्त समस्या हल गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिवद्धताहरु आएको र सोही अनुसार काम अघि बढेकाले महिना दिनभित्रै समस्यको हल हुने उल्लेख गरे । सरकारले नयाँ योजनालाई अघि बढाउने भन्दा पनि पुराना योजनाहरुलाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित भएको उल्लेख गर्द...
कर्मचारी संगठन रुपन्देहीले शुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने

कर्मचारी संगठन रुपन्देहीले शुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने

ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, समाज, स्थानीय
बुटवल संयुक्त प्रेस विज्ञप्ती जारि गर्दै रुपन्देहिका कर्मचारि संगठनहरुले नेपाल संघीय राज्य संरचनामा गई संघीयताको प्रयोग र अभ्यासको क्रममा रहेकाे रसंघीय संरचनामा गएको लामो समय व्यतित हुँदा समेत संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीहरुलाई मार्गदर्शन गर्ने स निजामती सेवा ऐन जारी नहुँदा एकातर्फ संघीयताको प्रयोग र अभ्यासमा व्यवधानहरु सिर्जना भएका हुन भने अर्को तर्फ कर्मचारीका सेवा, सर्त र वृत्ती विकासमा गम्भिर असर पुगेको उल्लेख गरेका छन्। सार्वजनिक प्रशासनलाई स्वच्छ सक्षम, निश्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी एवं सहभागिता मूलक बनाई सार्वजनिक सेवामा जनताको सहज र समान पहुँच पुयाउने सरकारको उद्देश्यलाई व्यवहारमा लागु गर्न राष्ट्र सेवक कर्मचारीहरु अहोराव खटिरहेकाे वताईएकाे छ। 'प्रस्तावित निजामती सेवा ऐनको सन्दर्भमा राष्ट्रिय स्तरका ट्रेड युनियनको सक्रियतामा निजामती कर्मचारी...