शिक्षकका जायज माग पूरा हुन्छन् : प्रधानमन्त्री


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले शिक्षकका जायज माग पूरा गरिने बताएका हुन् ।

शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेको बेला प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आएको हो । आन्दोलन, आगजनी तथा तोडफोडका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने पनि उनको भनाइ थियो । विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको पनि उनले बताए ।

पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्तामा आउन पनि प्रधानमन्त्रीले आह्वान गरेका छन् । ‘अहिले शिक्षक आन्दोलन चलेको छ, किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन,’ प्रधानमन्त्रीले भने, ‘आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ । उहाँहरूले किन दुःख पाउनुभएको हो ? उहाँहरू कुराकानीका लागि आउनुहोला । हामी यथोचित ढंगले माग सम्बोधन गर्छौँ । हामी संक्रमण कालमा छौँ र केही केही तत्वहरू छन् आगजनी, हत्याहिंसा, तोडफोडका प्रवृत्ति पनि छँदैछन् । केही केहीले कानुन संविधान मान्दैनैँ भनेका पनि हामीले सुनेकै छौँ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भएपनि अनावश्यक आन्दोलन उचित नभएको बताए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...