शिक्षकका जायज माग पूरा हुन्छन् : प्रधानमन्त्री


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले शिक्षकका जायज माग पूरा गरिने बताएका हुन् ।

शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेको बेला प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आएको हो । आन्दोलन, आगजनी तथा तोडफोडका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने पनि उनको भनाइ थियो । विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको पनि उनले बताए ।

पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्तामा आउन पनि प्रधानमन्त्रीले आह्वान गरेका छन् । ‘अहिले शिक्षक आन्दोलन चलेको छ, किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन,’ प्रधानमन्त्रीले भने, ‘आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ । उहाँहरूले किन दुःख पाउनुभएको हो ? उहाँहरू कुराकानीका लागि आउनुहोला । हामी यथोचित ढंगले माग सम्बोधन गर्छौँ । हामी संक्रमण कालमा छौँ र केही केही तत्वहरू छन् आगजनी, हत्याहिंसा, तोडफोडका प्रवृत्ति पनि छँदैछन् । केही केहीले कानुन संविधान मान्दैनैँ भनेका पनि हामीले सुनेकै छौँ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भएपनि अनावश्यक आन्दोलन उचित नभएको बताए ।

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...