आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली


काठमाडौँ

  नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आए पनि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र टुङ्ग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए । उनले यसअघि गठन भएको आयोगले पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताए ।

उनले सबैले जिम्मेवारी बोधका साथ योगदान गर्न सके सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन सकिने बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरू रहेको बताए । ज्ञवालीले यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निवेदनहरू अझै आउने क्रममा रहेको समेत बताए । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्ने कुरामा अघि बढ्नुपर्ने समेत उनको भनाइ थियो  । 

उपमहासचिव ज्ञवालीले भने, ‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि जो आयोगमा पदाधिकारी आउँछ । जो आएपछि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र त्यो टुङ्ग्याउने कमिटमेण्ट लिएर आउनुपर्छ । किनभने हामीलाई च्यालेन्ज छ । दुई दुई वटा आयोगहरूले आफ्नो कार्य सम्पादन गर्न नसकेको कारणले अब बन्ने आयोगले गर्दछन् भन्ने कुराको विश्वास दिलाउनु नै हाम्रो निम्ति ठुलो चुनौती छ ।’ 

उनले थप भने, ‘म आग्रह गर्दछु, यसमा सबैले जिम्मेवारी बोधका साथ योगदान गरौँ । ६३ हजार पहिलादेखि नै दर्ता भइसकेको निवेदनहरू छन्, टिआरसीमा । २५ सय धेरै बेपत्तामा छन् । यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निम्ति थप गरेका छौँ । अरू थपिँदैछन् । आफैँमा एउटा ठुलो कुरा छ । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्ने कुरामा हामी जानुपर्छ ।’

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...