आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली


काठमाडौँ

  नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आए पनि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र टुङ्ग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए । उनले यसअघि गठन भएको आयोगले पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताए ।

उनले सबैले जिम्मेवारी बोधका साथ योगदान गर्न सके सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन सकिने बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरू रहेको बताए । ज्ञवालीले यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निवेदनहरू अझै आउने क्रममा रहेको समेत बताए । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्ने कुरामा अघि बढ्नुपर्ने समेत उनको भनाइ थियो  । 

उपमहासचिव ज्ञवालीले भने, ‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि जो आयोगमा पदाधिकारी आउँछ । जो आएपछि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र त्यो टुङ्ग्याउने कमिटमेण्ट लिएर आउनुपर्छ । किनभने हामीलाई च्यालेन्ज छ । दुई दुई वटा आयोगहरूले आफ्नो कार्य सम्पादन गर्न नसकेको कारणले अब बन्ने आयोगले गर्दछन् भन्ने कुराको विश्वास दिलाउनु नै हाम्रो निम्ति ठुलो चुनौती छ ।’ 

उनले थप भने, ‘म आग्रह गर्दछु, यसमा सबैले जिम्मेवारी बोधका साथ योगदान गरौँ । ६३ हजार पहिलादेखि नै दर्ता भइसकेको निवेदनहरू छन्, टिआरसीमा । २५ सय धेरै बेपत्तामा छन् । यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निम्ति थप गरेका छौँ । अरू थपिँदैछन् । आफैँमा एउटा ठुलो कुरा छ । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्ने कुरामा हामी जानुपर्छ ।’

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...