ताजा अपडेट

तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्दै

तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्दै

ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी भदौ २७ । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ।तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो । पुल नहुँदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउजाउ गर्न निकै सास्ती खेप्दै आएका हुन् । वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । गुल्मी जिल्लाका धुर्कोट, मदाने, इस्मा, मालि...
विकास प्रेमि नेता प्रदिप ज्ञवाली कालिगण्डकी गाउँपालिका गाउँगाउँमा ।

विकास प्रेमि नेता प्रदिप ज्ञवाली कालिगण्डकी गाउँपालिका गाउँगाउँमा ।

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जानअर्वेनिनेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली कालिगण्डकीका विभिन्न वडाहरुमा मतदाता र आम जनसमुदायका गुनासा सुन्न यतिबेला कालिगण्डकीका गाउँ गाउँमा हुनुहुन्छ ।यसैक्रममा कालिगण्डकी गाउँपालिकाको वडा न १ को हर्मिचौर र वडा न २ को अर्वेनिमा आम जनता सँग छलफल अन्तरक्रिया र भेटघाटमा सहभागी हुनुभएको छ ।दुवै वडामा आयोजित अन्तरक्रिया र कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले यो पटकको निर्वाचन देशको भविष्यसँग जोडिएकाले एमालेका लागि शान्तिपुर्ण सँघर्ष भएको बताउनु भएको छ ।विकास र समृद्धि सँगै राष्ट्रियताको पक्षमा आत्मविश्वासका साथ लाग्दै गठवन्धनका विरुद्ध नेकपा एमालेलाई जिताउन सबै कार्यकर्ता हरुलाई आग्रह गर्नु भयो ।अन्तरक्रियाकार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष बालशिँह काउछाले सबै कार्यकर्ता हरु नीति विधि र पद्धतिमा रहँदै एकढिक्का भएर लाग्न आह्वान गर्...
श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले  सिटामोल पाएनन् ,स्थानिय सरकार भन्छ सिटामोल प्रयाप्त छ ।

श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले सिटामोल पाएनन् ,स्थानिय सरकार भन्छ सिटामोल प्रयाप्त छ ।

Breaking news 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
अमर पन्थ ,बुटवल श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीयले सिटामोल समेत नपाएको गुनासो गरेका छन् ।भदौ २४ गते शुक्रबार छत्रकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय बिक्रम कार्कि त्यहाँ सेवा लिन गएका थिए तर उनले सिटामोल समेत बाहिर निजी मेडिकलमा किन्न बाध्य भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् उनले लेखेका छन् डाक्टर साबले चेक पनि गर्नुभयो औषधीको सिफारिस पनि लेखेर दिनुभयो डाक्टरले लेखेर दिएको औषधिको सिफारिसमा सिटामोल समेत लेखेको थियो तर औषधि दिने त्यहाँका कर्मचारीले सिटामोल समेत नदिएर बाहिर किन्न बाध्य पारिएको उनको आरोप रहेको छ। स्टाटसमा आएका अधिकांश कमेन्टहरु मा समेत स्थानीयहरूको स्वास्थ्य केन्द्र प्रति गुनासो गरेका छन । यता छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्वास्थ्य केन्द्रमा सिटामोल प्रयाप्त रुपमा उपलब्ध भएको दाबी गरेका छन्।नेपाल सरकारले निःशुल्क रुपमा उपलब...
मरासिनी बन्धुहरुको भेला बुटबल सम्पन्न

मरासिनी बन्धुहरुको भेला बुटबल सम्पन्न

ताजा अपडेट, समाचार, स्थानीय
बुटबल रुपन्देहीगुल्मी र अर्घाखाँचीबाट बसाईसराई गरि रुपन्देही आसपासको क्षेत्रमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने धनञ्जय गोत्रिय मरासिनी दाजुभाई तथा दिदीबहिनीहरूको भेला शनिबार बुटबलमा सम्पन्न भएको छ । गुल्मी अर्घाखाँचीका विभिन्न स्थानबाट बसाइसराई गरि बुटबल आसपासमा बसोबास गर्ने धनञ्जय गोत्रीय मरासिनीहरु सबै एकीकृत भई आफ्ना परम्परा, आदर्श, सिद्धान्त, संस्कार प्रति एकाकार भई भाईचाराको सम्बन्ध कायम राख्नका लागि भेला आयोजना गरिएको गिरी प्रसाद मरासिनीले बताउनु भएको छभेलामा विशेषगरी गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड ६ चेक्मी, अत्तरकाडा ,बालकाटे वार्ड न ५ को भुवनपानी तम्घास आसपास ,अर्घाखाँचीे छत्रदेव आमकाटे , ढिकुरा, बामरुक लगायतका क्षेत्रका मरासिनी बन्धुहरूको उपस्थिति रहेको थियो ।“मानवले यस संसारमा जन्म लिएपछि र्सवप्रथम आफूलाई नै चिन्नु पर्दछ । संक्षेपमा आफ्नो परिचय भनेको आफू जन्मेको स्था...
चितुवासँग भिडन्त हुँदा एक व्यक्ति घाइते, चितुवाको मृत्यु

चितुवासँग भिडन्त हुँदा एक व्यक्ति घाइते, चितुवाको मृत्यु

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।  आइतबार बिहान कुखुराको फर्ममा काम गर्न जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट भिडन्त भएको भाइ लेखराज कुँवरले जानकारी दिए । चितुवाले ४० ठूला र २१ साना गरेर ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।  चितुवाको आक्रमणमा परेर घाइते भएका रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले घटनास्थलमा चितु...
बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
फोटो नेपाल प्रेस रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन जना बालक भारतको मुम्बई पुगेको खुलेको छ । बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गए पनि विद्यालयसमेत नपुगी बेपत्ता भएका थिए ।  शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि उनीहरूकाे खाेजी सुरु भएकाे थियाे । प्रहरीकाे सक्रियतामा उनीहरू मुम्बईमा भेटिएकाे १५ वर्षीय बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।  समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको बताएका थिए । आफूहरूला...
अतिक्रमण गरेको सडक ३ दिन भित्र खालि गर्न बुटवल उपमहानगरको निर्देशन

अतिक्रमण गरेको सडक ३ दिन भित्र खालि गर्न बुटवल उपमहानगरको निर्देशन

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
बुटवल, भदौ २४। बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकार भित्र गरिएका व्यापार व्यवसाय र अव्यवस्थीत पार्किङ खाली गर्न ब्यवसायीहरुलाई ३ दिने अल्टिमेटम दिएको छ। आफ्नो प्रशासनिक कार्यालय अगाडीको सडक समेत कब्जा गरि व्यापार व्यवसाय गरेकाहरुलाई नहटाएको भन्दै आलोचना बढेपछि बुटवल उपमहानगरपालिकाले सक्रियता देखाएको हो।पछिल्लो समय काठमाण्डौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक र फुटपाथमा गरिएको अतिक्रमण संगै सरकारी भवन समेत हटाएर प्रशंसा बटुलेपछि अन्य नगरपालिकाहरुलाई दवाव परेको हो।बिहिवार मात्रै तिलोत्तमा नगरपालिकाले असोज ५ गतेभित्र सार्वजनिक स्थलको अतिक्रमण हटाउन अल्टिमेटम दिएपछि भने चौतर्फी सडक अतिक्रमण भएको बुटवल उपमहानगरपालिकालाई थप दवाव परेको थियो।उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै तिनदिन भित्र सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार...
बुटवलबाट ३ किशोर हराए, अपहरणमा परेको आशंका

बुटवलबाट ३ किशोर हराए, अपहरणमा परेको आशंका

Breaking news 1, ताजा अपडेट, समाचार
रुपन्देही । बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी वेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कबिहीन भएका हुन् । नबिन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ । सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गएपनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए । वेपत्तामध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरुलाई अज्ञातस्थलमा राखिएको जानकारी दिएका छन् । उनको आफूहरुलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस खुलेको म्यासेजमा लेखेपनि त्यसपछि कुनै सम्पर्क भ...
रेसुङ्गा क्याम्पसद्धारा अध्यापक र कर्मचारी कटौती

रेसुङ्गा क्याम्पसद्धारा अध्यापक र कर्मचारी कटौती

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी — गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकटका कारण ९ जना अध्यापक र कर्मचारीलाई हटाएको छ । क्याम्पस सञ्चालक समितिको शनिबार बसेको बैठकले ७ जना अध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो ।समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उपप्राध्यापकहरू ढुण्डिराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे, गोविन्द गौतमलाई अवकास दिएको छ । त्यस्तै कर्मचारीहरूमा लाइब्रेरीयन लोकनाथ गौतम र स्टोर पिताम्बर मरासिनीलाई पनि अवास दिएको छ । त्रिभुवन विश्वविद्यालयको नियम अनुसार १० जनाभन्दा कम विद्यार्थी भएको अवस्थामा कक्षा चलाउन नपाइने भएकाले विद्यार्थी संख्या कम भएका प्राध्यापकलाई अवसका दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । ‘विश्वविद्यालयको नियमअनुसार उहाँहरूको कक्षा चल्न नसक्ने अवस्थामा अनिवार्य अवकास दिइएको हो ’, भलाम...
सुखि नेपाली र समृद्ध नेपाल बनाउन एमालेलाई जिताउन आवस्यक ,एमाले नेता श्रेष्ठ

सुखि नेपाली र समृद्ध नेपाल बनाउन एमालेलाई जिताउन आवस्यक ,एमाले नेता श्रेष्ठ

ताजा अपडेट, समाचार
कृष्ण अन्जानरिमुवानेकपा एमालेले हरेक पटक सरकारमा जाँदा शुरु गरेका जनपक्षीय कामहरुले अत्तालिएर देशी विदेशी तत्वहरको षडयन्त्रले सरकारबाट बाहिरिनु परेको नेकपा एमालेका नेता कमल राज श्रेष्ठले बताउनु भएको छ ।नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीको सँयोजन र रुरुक्षेत्र ६ रिमुवा वडा कमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले नेकपा एमालेको सरकारले आफ्नो सरकार हुँदा विकास निर्माण सामाजिक सुरक्षा लगाएतका यावत विषयमा जनमुखि काम गरेको बताउँदै गठबन्धन सरकार बनेपछि मात्र भागवण्डामा रुमल्लिनु बाहेक कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो ।देशी विदेशी शक्ति हरुको षडयन्त्रका कारण जनादेश लाई एकातिर मिल्क्याएर परमादेशबाट बनेको गठबन्धनको सरकार भन्ने कुरा पाप धुरीबाट कराउँछ भने झैँ प्रमाणित भएको बताउँदै उनले समृद्ध नेपाल र शुखी नेपा...