मरासिनी बन्धुहरुको भेला बुटबल सम्पन्न


बुटबल रुपन्देही
गुल्मी र अर्घाखाँचीबाट बसाईसराई गरि रुपन्देही आसपासको क्षेत्रमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने धनञ्जय गोत्रिय मरासिनी दाजुभाई तथा दिदीबहिनीहरूको भेला शनिबार बुटबलमा सम्पन्न भएको छ । गुल्मी अर्घाखाँचीका विभिन्न स्थानबाट बसाइसराई गरि बुटबल आसपासमा बसोबास गर्ने धनञ्जय गोत्रीय मरासिनीहरु सबै एकीकृत भई आफ्ना परम्परा, आदर्श, सिद्धान्त, संस्कार प्रति एकाकार भई भाईचाराको सम्बन्ध कायम राख्नका लागि भेला आयोजना गरिएको गिरी प्रसाद मरासिनीले बताउनु भएको छ
भेलामा विशेषगरी गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड ६ चेक्मी, अत्तरकाडा ,बालकाटे वार्ड न ५ को भुवनपानी तम्घास आसपास ,अर्घाखाँचीे छत्रदेव आमकाटे , ढिकुरा, बामरुक लगायतका क्षेत्रका मरासिनी बन्धुहरूको उपस्थिति रहेको थियो ।
“मानवले यस संसारमा जन्म लिएपछि र्सवप्रथम आफूलाई नै चिन्नु पर्दछ । संक्षेपमा आफ्नो परिचय भनेको आफू जन्मेको स्थान, देश, धर्म, वर्णजाति, गोत्र–प्रवर समेतको परिचय नै सक्कली परिचय हो । हामी वैदिक सनातन धर्मका अनुयायी हिन्दू आर्यजाति हौ । यथार्थमा हामी मन्त्रद्रष्टा ऋषिका सन्तान हौ । हामीलाई आफ्नो गोत्र र प्रवरको बारेमा यथार्थ जानकारी नहुँदा आफ्नो गौरवमय पुर्खाहरुको सही परिचय दिन सकिरहेका छैनौं त्यसैले मरासिनी संस्कार संस्कृति परम्परा र हाम्रा पुर्खाहरूको बारेमा जानकारी दिदै पछिल्लो पुस्ता हरु माझ परिचित गराउन भेला आयोजना गरिएको केशव मरासिनीले बताउनु भयो ”
भेलाले धनञ्जय गोत्रीय मरासिनीको श्रीवृद्धिमा योगदान दिने उदेश्यका साथ १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा यज्ञनाथ मरासिनी ,उपाध्यक्ष लालमणि मरासिनी, महिला उपाध्यक्ष गीता मरासिनी ,सचिव गिरीप्रसाद मरासिनी, सहसचिव केशवराज मरासिनी ,कोषाध्यक्ष भोजराज मरासिनी,सदस्य मित्रलाल मरासिनी, हेमन्तराज मरासिनी, ओमप्रकाश मरासिनी ,दिननाथ मरासिनी, गणपति मरासिनी ,शिवहरि मरासिनी, रामप्रसाद मरासिनी,कमल मरासिनी , मदन मरासिनी लगायत रहनु भएको छ । भेलाले सल्लाहकार समिति पनी चयन गरेको छ जसको संयोजक धुर्व मरासिनी , सदस्य घनश्याम मरासिनी, भोजराज मरासिनी, पुष्कर मरासिनी ,दधिराम मरासिनी रहनु भएको छ । साथै प्रेस संयोजकमा नारायण प्रभात मरासिनीलाई चयन गरेको छ ।


भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफ्नो बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन भातृत्व लाई अझै नजिक ल्याउन सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै जाने अध्यक्ष यज्ञनाथ मरासिनीले जानकारी दिनु भएको छ । भेलामा करिब एक सय जनाको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...