मरासिनी बन्धुहरुको भेला बुटबल सम्पन्न


बुटबल रुपन्देही
गुल्मी र अर्घाखाँचीबाट बसाईसराई गरि रुपन्देही आसपासको क्षेत्रमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने धनञ्जय गोत्रिय मरासिनी दाजुभाई तथा दिदीबहिनीहरूको भेला शनिबार बुटबलमा सम्पन्न भएको छ । गुल्मी अर्घाखाँचीका विभिन्न स्थानबाट बसाइसराई गरि बुटबल आसपासमा बसोबास गर्ने धनञ्जय गोत्रीय मरासिनीहरु सबै एकीकृत भई आफ्ना परम्परा, आदर्श, सिद्धान्त, संस्कार प्रति एकाकार भई भाईचाराको सम्बन्ध कायम राख्नका लागि भेला आयोजना गरिएको गिरी प्रसाद मरासिनीले बताउनु भएको छ
भेलामा विशेषगरी गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड ६ चेक्मी, अत्तरकाडा ,बालकाटे वार्ड न ५ को भुवनपानी तम्घास आसपास ,अर्घाखाँचीे छत्रदेव आमकाटे , ढिकुरा, बामरुक लगायतका क्षेत्रका मरासिनी बन्धुहरूको उपस्थिति रहेको थियो ।
“मानवले यस संसारमा जन्म लिएपछि र्सवप्रथम आफूलाई नै चिन्नु पर्दछ । संक्षेपमा आफ्नो परिचय भनेको आफू जन्मेको स्थान, देश, धर्म, वर्णजाति, गोत्र–प्रवर समेतको परिचय नै सक्कली परिचय हो । हामी वैदिक सनातन धर्मका अनुयायी हिन्दू आर्यजाति हौ । यथार्थमा हामी मन्त्रद्रष्टा ऋषिका सन्तान हौ । हामीलाई आफ्नो गोत्र र प्रवरको बारेमा यथार्थ जानकारी नहुँदा आफ्नो गौरवमय पुर्खाहरुको सही परिचय दिन सकिरहेका छैनौं त्यसैले मरासिनी संस्कार संस्कृति परम्परा र हाम्रा पुर्खाहरूको बारेमा जानकारी दिदै पछिल्लो पुस्ता हरु माझ परिचित गराउन भेला आयोजना गरिएको केशव मरासिनीले बताउनु भयो ”
भेलाले धनञ्जय गोत्रीय मरासिनीको श्रीवृद्धिमा योगदान दिने उदेश्यका साथ १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा यज्ञनाथ मरासिनी ,उपाध्यक्ष लालमणि मरासिनी, महिला उपाध्यक्ष गीता मरासिनी ,सचिव गिरीप्रसाद मरासिनी, सहसचिव केशवराज मरासिनी ,कोषाध्यक्ष भोजराज मरासिनी,सदस्य मित्रलाल मरासिनी, हेमन्तराज मरासिनी, ओमप्रकाश मरासिनी ,दिननाथ मरासिनी, गणपति मरासिनी ,शिवहरि मरासिनी, रामप्रसाद मरासिनी,कमल मरासिनी , मदन मरासिनी लगायत रहनु भएको छ । भेलाले सल्लाहकार समिति पनी चयन गरेको छ जसको संयोजक धुर्व मरासिनी , सदस्य घनश्याम मरासिनी, भोजराज मरासिनी, पुष्कर मरासिनी ,दधिराम मरासिनी रहनु भएको छ । साथै प्रेस संयोजकमा नारायण प्रभात मरासिनीलाई चयन गरेको छ ।


भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफ्नो बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन भातृत्व लाई अझै नजिक ल्याउन सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै जाने अध्यक्ष यज्ञनाथ मरासिनीले जानकारी दिनु भएको छ । भेलामा करिब एक सय जनाको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...