श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले सिटामोल पाएनन् ,स्थानिय सरकार भन्छ सिटामोल प्रयाप्त छ ।


अमर पन्थ ,बुटवल

श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीयले सिटामोल समेत नपाएको गुनासो गरेका छन् ।भदौ २४ गते शुक्रबार छत्रकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय बिक्रम कार्कि त्यहाँ सेवा लिन गएका थिए तर उनले सिटामोल समेत बाहिर निजी मेडिकलमा किन्न बाध्य भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् उनले लेखेका छन् डाक्टर साबले चेक पनि गर्नुभयो औषधीको सिफारिस पनि लेखेर दिनुभयो डाक्टरले लेखेर दिएको औषधिको सिफारिसमा सिटामोल समेत लेखेको थियो तर औषधि दिने त्यहाँका कर्मचारीले सिटामोल समेत नदिएर बाहिर किन्न बाध्य पारिएको उनको आरोप रहेको छ। स्टाटसमा आएका अधिकांश कमेन्टहरु मा समेत स्थानीयहरूको स्वास्थ्य केन्द्र प्रति गुनासो गरेका छन ।

यता छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्वास्थ्य केन्द्रमा सिटामोल प्रयाप्त रुपमा उपलब्ध भएको दाबी गरेका छन्।
नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने ७२ प्रकारका औषधि मध्ये सिटामोल पनि एक हो सिटामोल आधारभूत औषधि हो । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. कौशल कुमार मडलका अनुसार अहिले स्वास्थ्यकेन्द्रमा साढे ९ हजार सिटामोल मौज्दात छ स्वास्थ्य केन्द्र र गाउँपालिकाले सिटामोल छ भन्नु तर सेवाग्राहीले सिटामोल नपाउनुमा सेवा संचालन संयन्त्रमा कहीँ कतै कमजोरी भएको देखिन्छ पटक पटक यस्ता घटना दोहोरिदै आएका छन्। नागरिकको संविधानमै भएको स्वास्थ्य सेवा निःशुल्क पाउनुपर्ने अधिकारलाई समेत यसले कुण्ठीत गरेको देखिन्छ ।
स्थानीय तहका स्वास्थ्य संस्थाहरु अहिले स्थानिय सरकार मातहतमा छन् स्थानीय सरकार मातहतमा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापकीय पाटोमा छत्रकोट गाउँपालिकाको कमजोरी देखिएको छ।

छुटाउनुभयो कि ?

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...
लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...