श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले सिटामोल पाएनन् ,स्थानिय सरकार भन्छ सिटामोल प्रयाप्त छ ।


अमर पन्थ ,बुटवल

श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीयले सिटामोल समेत नपाएको गुनासो गरेका छन् ।भदौ २४ गते शुक्रबार छत्रकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय बिक्रम कार्कि त्यहाँ सेवा लिन गएका थिए तर उनले सिटामोल समेत बाहिर निजी मेडिकलमा किन्न बाध्य भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् उनले लेखेका छन् डाक्टर साबले चेक पनि गर्नुभयो औषधीको सिफारिस पनि लेखेर दिनुभयो डाक्टरले लेखेर दिएको औषधिको सिफारिसमा सिटामोल समेत लेखेको थियो तर औषधि दिने त्यहाँका कर्मचारीले सिटामोल समेत नदिएर बाहिर किन्न बाध्य पारिएको उनको आरोप रहेको छ। स्टाटसमा आएका अधिकांश कमेन्टहरु मा समेत स्थानीयहरूको स्वास्थ्य केन्द्र प्रति गुनासो गरेका छन ।

यता छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्वास्थ्य केन्द्रमा सिटामोल प्रयाप्त रुपमा उपलब्ध भएको दाबी गरेका छन्।
नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने ७२ प्रकारका औषधि मध्ये सिटामोल पनि एक हो सिटामोल आधारभूत औषधि हो । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. कौशल कुमार मडलका अनुसार अहिले स्वास्थ्यकेन्द्रमा साढे ९ हजार सिटामोल मौज्दात छ स्वास्थ्य केन्द्र र गाउँपालिकाले सिटामोल छ भन्नु तर सेवाग्राहीले सिटामोल नपाउनुमा सेवा संचालन संयन्त्रमा कहीँ कतै कमजोरी भएको देखिन्छ पटक पटक यस्ता घटना दोहोरिदै आएका छन्। नागरिकको संविधानमै भएको स्वास्थ्य सेवा निःशुल्क पाउनुपर्ने अधिकारलाई समेत यसले कुण्ठीत गरेको देखिन्छ ।
स्थानीय तहका स्वास्थ्य संस्थाहरु अहिले स्थानिय सरकार मातहतमा छन् स्थानीय सरकार मातहतमा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापकीय पाटोमा छत्रकोट गाउँपालिकाको कमजोरी देखिएको छ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...