रेसुङ्गा क्याम्पसद्धारा अध्यापक र कर्मचारी कटौती


गुल्मी — गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकटका कारण ९ जना अध्यापक र कर्मचारीलाई हटाएको छ । क्याम्पस सञ्चालक समितिको शनिबार बसेको बैठकले ७ जना अध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो ।
समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उपप्राध्यापकहरू ढुण्डिराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे, गोविन्द गौतमलाई अवकास दिएको छ । त्यस्तै कर्मचारीहरूमा लाइब्रेरीयन लोकनाथ गौतम र स्टोर पिताम्बर मरासिनीलाई पनि अवास दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको नियम अनुसार १० जनाभन्दा कम विद्यार्थी भएको अवस्थामा कक्षा चलाउन नपाइने भएकाले विद्यार्थी संख्या कम भएका प्राध्यापकलाई अवसका दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । ‘विश्वविद्यालयको नियमअनुसार उहाँहरूको कक्षा चल्न नसक्ने अवस्थामा अनिवार्य अवकास दिइएको हो ’, भलामीले भने ।

क्याम्पस आर्थिक संकटमा गुज्रिन थालेपछि गत साउन ३० गते सञ्चालक समितिले आर्थिक संकटकाल घोषणा गरी प्राध्यापक तथा कर्मचारीलाई स्वेच्छिक अवकासका लागि आह्वान गरेको थियो । सो आह्वान अनुसार ७ जना प्राध्यापक र ६ जना कर्मचारीले स्वेच्छिक अवकासका लागि आशयपत्र बुझाएका थिए । सञ्चालक समितिले उनीहरूमध्ये ४ जना प्राध्यापकको र २ जना कर्मचारीको आशयपत्र स्वीकृत गरेको छ । उपप्राध्यापकहरूमध्ये लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमले भने स्वेच्छिक अवकासको लागि आशयपत्र पेस नगरे पनि सञ्चालक समितिले हटाएको छ ।

स्वेच्छिक अवकास पाएर र हटाइएका प्राध्यापक कर्मचारीको उपदान र उपचारकोष बापतको रकम करिब पौने दुई करोडभन्दा धेरै हुने क्याम्पसले जनाएको छ । उपदान र उपचारकोष बापतको रकम किस्ताबन्दीमा आगामी असार मसान्तसम्म उपलब्ध गराइने सञ्चालक समितिले निर्णय गरेको छ ।

सञ्चालक समितिले क्याम्पसका अध्यापक तथा कर्मचारीलाई कुनै पनि संघसंस्थाको प्रमुख र पदाधिकारीमा कार्यकारी पदमा बस्न नपाउनेसमेत निर्णय गरेको छ । त्यस्तै क्याम्पसका प्राध्यापकले बाहिरको कुनै शिक्षण संस्थामा पढाउन नपाउने निर्णय गरेको प्रशासक चनक बहादुर कुँवरले बताए ।

२०३९ सालमा स्थापना भएको क्याम्पसले गत पुसदेखि प्राध्यापक र कर्मचारीलाई पारिश्रमिक बापतको एक करोड ५८ लाख ५६ हजारभन्दा धेरै रकम भुक्तानी गर्न सकेको छैन । क्याम्पमा २४ जना पूर्णकालीन प्राध्यापक, १० जना पूर्णकालीन कर्मचारी र ७ जना आंशिक प्राध्यापक कार्यरत थिए ।

अहिले विद्यार्थीको शुल्कबाट मासिक करिब साढे सात लाख आम्दानी हुने तर खर्च २० लाखभन्दा माथि रहेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । अनावश्यक प्राध्यापक र कर्मचारी भर्ती, प्राध्यापकहरूको विलासी सेवा सुविधा, मनपरी खर्च, अध्यापनको गुणस्तर खस्कँदै जानु, विद्यार्थी आकर्षणमा बेवास्ता लगायत कारणले जिल्लाको पुरानो शैक्षिक धरोहर आर्थिक रुपमा संकटमा परेको गुनासो आएपछि सञ्चालक समितिले अध्यापक र कर्मचारी हटाउन सुरु गरेको हो । कान्तिपुर बाट साभार

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...