चितुवासँग भिडन्त हुँदा एक व्यक्ति घाइते, चितुवाको मृत्यु


गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । 

आइतबार बिहान कुखुराको फर्ममा काम गर्न जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट भिडन्त भएको भाइ लेखराज कुँवरले जानकारी दिए । चितुवाले ४० ठूला र २१ साना गरेर ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

चितुवाको आक्रमणमा परेर घाइते भएका रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर

डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले घटनास्थलमा चितुवाको मुचुल्का उठाउने काम भइरहेको छ। कुखुरा फर्ममा पसेको चितुवाले एक्कासि आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा चितुवा मरेको घाइते कुँवरले जानकारी दिए । 

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...