सुखि नेपाली र समृद्ध नेपाल बनाउन एमालेलाई जिताउन आवस्यक ,एमाले नेता श्रेष्ठ



कृष्ण अन्जान
रिमुवा

नेकपा एमालेले हरेक पटक सरकारमा जाँदा शुरु गरेका जनपक्षीय कामहरुले अत्तालिएर देशी विदेशी तत्वहरको षडयन्त्रले सरकारबाट बाहिरिनु परेको नेकपा एमालेका नेता कमल राज श्रेष्ठले बताउनु भएको छ ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीको सँयोजन र रुरुक्षेत्र ६ रिमुवा वडा कमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले नेकपा एमालेको सरकारले आफ्नो सरकार हुँदा विकास निर्माण सामाजिक सुरक्षा लगाएतका यावत विषयमा जनमुखि काम गरेको बताउँदै गठबन्धन सरकार बनेपछि मात्र भागवण्डामा रुमल्लिनु बाहेक कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो ।
देशी विदेशी शक्ति हरुको षडयन्त्रका कारण जनादेश लाई एकातिर मिल्क्याएर परमादेशबाट बनेको गठबन्धनको सरकार भन्ने कुरा पाप धुरीबाट कराउँछ भने झैँ प्रमाणित भएको बताउँदै उनले समृद्ध नेपाल र शुखी नेपालीको नारालाई अँगिकार गरेर हिँडेको एमालेलाई जनताले फेरी सत्तामा पुर्याउनु पर्ने भएकाले एकढिक्का भएर निर्वाचनमा होमिन जनतालाई आह्वान गर्नु भयो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य हरिप्रसाद ज्ञवालीले समाजवादको आधार तयार गर्नका लागि जनताको बहुदलीय जनवादको सिद्धान्त एमालेले लिएको बताउनु भयो ।
एमालेको कार्यकालमा ल्याईएका समाजवादी नौसका कार्यक्रम ,आफ्नो गाउँ आफै बनाउँ ,सामाजिक सुरक्षा भत्ता ,लगाएत विकास निर्माणका लोकप्रिय कार्यक्रम जनताको मन मस्तिष्कमा ताजै रहेको र मुलुकको आमूल परिवर्तनका लागि एमालेलाई विजयी बनाउनु विकल्प नरहेको र यसका लागि पुर्ण जिम्मेवारीका साथ लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले आगामी निर्वाचनमा मतको रक्षा गर्नु सबै कार्यकर्ताको प्रमुख दायित्व भएको बताउनु भयो ।
स्थानीय तहको निर्वाचनमा प्राविधिक कारणले गाउँ पालिका अध्यक्ष पदमा हामीले जित्न सकेनौं अव त्यो कुरालाई बिर्सेर हारबाट पाठसिक्दै सँघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्नु पर्नेमा अध्यक्ष ज्ञवालीले जोड दिनु भयो ।
पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा प्रचारप्रसार तथा प्रकाशन विभाग गुल्मीका सदस्य कृष्ण ज्ञवालीले पछिल्लो युग प्रचारको युग भएकाले आफ्नो ठाउँमा पार्टी ,पार्टीका नेता लगाएतले गरेका कामलाई सन्चार क्षेत्रमा पुर्याएर सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
नगरेका काम पनि हामीले गर्यौँ भनेर सामाजिक सन्जाल रँग्याउने गरिएको बताउनु हुँदै नेकपा एमालेले गरेका राम्राकामको प्रचारप्रसार गर्न नसकेको बताउनु हुँदै मिडिया सँग जोडिएर प्रचार अभियानमा लाग्नु पर्ने ज्ञवालीले बताउनु भयो ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न ६ रिमुवाका पार्टी अध्यक्ष कुल बहादुर रेगामीको अध्यक्षतामा भएको पार्टी प्रशिक्षण कार्यक्रममा पार्टी उपाध्यक्ष ज्ञान बहादुर कालाले स्वागत गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा एमाले वडा पार्टी सदस्य अमृत बुचाले धन्यवाद ज्ञापन र पार्टी सचिव फर्स बहादुर मिदुनले कार्यक्रम सन्चालन गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटी सदस्यमा मनोनित माया दँगाललाई पद हस्तान्तरण गरिएको थियो ।
नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीले निर्वाचनलाई समेत लक्षित गरि यहि भदौ १८ गते देखि हरेक वडाहरुमा प्रशिक्षक खटाएर प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ ।हाल सम्म वडा न ३ ,४ र ६ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भईसकेका छन भने वडा न १ ,४ र ५ मा भदौ २५ गते भित्र प्रशिक्षण कार्यक्रम आयोजना हुने छ ।
मुख्यरुपले जनताको बहुदलीय जनवाद र समाजवाद निर्माणका आधार ,जनसँगठन र पार्टीको भुमिका ,पार्टीको तत्कालीन कार्यनीति र आसन्न निर्वाचनका सन्दर्भमा पार्टीको भुमिका ,मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि का साथै पार्टीको प्रचारप्रसार र मिडिया प्रयोग लागाएतका विषयमा प्रशिक्षण केन्द्रित रहेको एमाले रुरुक्षेत्र गाउँ पालिका कमिटी सचिव तोय नारायण ज्ञवालीले जानकारी दिनु भयो ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...