रुरुक्षेत्रमा शुरु गर्यो एमालेले प्रशिक्षण सहित प्रचारात्मक अभियान
कृष्ण अन्जानरुरुनेकपा एमाले निकट कार्यकर्ताका लागि प्रचारात्मक प्रशिक्षणको प्याकेज बोकेर रुरुक्षेत्र गाउँपालिका कमिटी वडाहरुमा पसेको छ ।भदौ १८ गतेबाट श्रृङखलाबद्ध रुपमा हरेक वडाहरुमा आयोजना हुने प्रशिक्षणको पहिलो कक्ष रुरुक्षेत्र वडा न २ को निरकुंशकालको ऐतिहासिक सेल्टर सटाखोला र रुरुक्षेत्र ३ को थानपति एकैपटक शुरु गरिएको छ ।मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिन र जनताको बहुदलीय जनवाद ,समाजवादमा पुग्ने आधार ,पार्टीको बर्तमान कार्यनीति आगामी निर्वाचनका विषयमा केन्द्रित रहि प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको छ ।रुरुक्षेत्र गाउँपालिक वडा न २ मा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि विषयमा नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका प्रदेश साँसद कमल राज श्रेष्ठल प्रशिक्षण दिएका थिए भने ,पार्टीका लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद ज...







