राष्ट्रपतिबाट कैद माफी पाएको तीन वर्षमै तीन जनाको हत्या
बुटवल
मा एक महिलासहित दुई बालिकाको हत्या गरेका सुजन कोइराला दाजुको हत्या अभियोगमा ९ वर्ष कैद भुक्तान गरी २०७८ सालमा कैद माफी पाएर छुटेका थिए।
पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए। त्यति बेला सुजन २३ वर्षका र दीपा २२ वर्षकी।
सुजनको परिवारको प्रभाससँगै बुटवल होराइजनचोकस्थित मिलिजुलीपथमा पनि घर थियो। विवाहपछि उनीहरू बुटवलमै बस्न थाले। बुवाआमा प्रभासमा बस्दै आए पनि उनका दुई दाजुहरू पनि बुटवलमा बस्थे।
सोही क्रममा आर्थिक विषयमा सुजनको दाजु सुदिपसँग विवाद भएपछि उनले दाजुको हत्या गर्छन्। असोजमा विवाह गरेका सुजनले सोही वर्ष पुस २३ गते २५ वर्षीय दाजुको वीभत्स रूपमा हत्या गरेपछि दाजु सम्पर्कविहीन रहेकोले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।
सुजनको निवेदनपछि सुदिपको खोजी सुरू गरेको प्र...








