Breaking news 2

रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही दलितहरूको पहिचान र उत्थानका लागि दलित तथा गैरदलित सबैको सहभागितामा रूपन्देहीको तिलोत्तमामा वैशाख २६ र २७ गते दलित ज्ञान उत्सव आयोजना गरिने भएको छ। दलित ज्ञान उत्सव २०८२ तिलोत्तमामा मात्र नभएर समग्र राष्ट्रमै दलित समुदायको इतिहास ,बाैद्धिकता,विज्ञान ,सृजनशीलता ,संघर्षको कथा, सफलता एवं सामाजिक सम्मान सहित जातीय समानता र सामाजिक अन्तरघुलनको लागि सकारात्मक सन्देश पुग्ने विश्वास रहेको छ। नेपालमा दलित समुदायले लामो समयदेखि सामाजिक ,आर्थिक र सांस्कृतिक असमानताको सामना गर्दै आएकोले यो असमानता अन्त्य गर्ने ज्ञान उत्सवको अवधारणा रहेको छ। उत्सवमा दलित समुदायका विषयमा गहिरो गरी बहस र छलफल गरिनेछ। त्यस्तै जातीय समानताको सन्देश प्रवाह गर्ने मूल उद्देश्य रहेको छ। उत्सवमा युवा सशक्तिकरण ,सांस्कृतिक संरक्षण, राज्यको निकायमा सहभागिता जस्ता महत्त्वपूर्ण विषयमा सेवा र सहकार्यका लागि प्र...
भारत र पाकिस्तान दुई देशबीच तनाव 

भारत र पाकिस्तान दुई देशबीच तनाव 

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान९कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो। भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर(उत्तेजक’ भएको दाबी गरेको छ।पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ। पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शहब...
संक्रमणकालिन न्याय आयोगका लागि सूची परिमार्जन मानव अधिकारवादी संघसंस्थाको आग्रह

संक्रमणकालिन न्याय आयोगका लागि सूची परिमार्जन मानव अधिकारवादी संघसंस्थाको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले अहिलेको सबै प्रक्रिया स्थगित गरी संक्रमणकालिन न्यायका दुई आयोगमा फेरि शुरुदेखि प्रक्रिया थाल्न आग्रह गरेका छन् । उनीहरुले मंगलबार एक विज्ञप्ति जारी पदाधिकारी सिफारिस समितिलाई अहिलेको नियन्त्रित र देखावटी प्रक्रियालाई निरन्तरता नदिन भनेका छन् । उनीहरुले पदाधिकारीहरु छनौटका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । पीडितसँग परामर्श गर्नुपर्ने अनि समितिकै पहलमा अध्यक्ष र सदस्यहरुको थप उम्मेद्वारहरु पहिचान गरेर नयाँ संक्षिप्त सूची सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरुले छनौट प्रक्रियालाई पारदर्शी बनाउन माग गरेका हुन् । उनीहरुले समयको अभाव भएमा सरकारलाई आग्रह गरेर समय थप्नसकिने भनी ध्यानाकर्षण गराएका हुन् । १८ बैशाखमा द्वन्द्वपिडितका संस्थाहरुले संक्रमणकालिन न्यायका दुई आयोगका पदाधिकारी छनौटमा असहमती व्यक्ति गर्दै...
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, गण्डकी र सुदूरपश्चिम प्...
अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे  परामर्श

अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे परामर्श

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गरेका छन् ।   आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । ...
तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-द...
बुटवल नारायणघाट सडकको दाउन्ने खण्ड अवरुद्ध

बुटवल नारायणघाट सडकको दाउन्ने खण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 रातीदेखी परेको सिमसिम पानीका कारण दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । बर्दघाट दुम्किबास खण्डको घिउखोलामा चिप्लो बाटोको कारण सवारी आवागमन हुन नसकेको हो । आइतबार विहानैबाट सिमसिम पानी परेसँगै सवारी अवागमन हुन नसकेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । पछिल्लो समय बुटवल नारायणघाट सडकको दाउन्ने सडक खण्ड राती ११ बजेदेखी विहान ५ बजेसम्म सवारी सँचालनमा रोक लगाई सडक निर्माण काम हुँदै आएको थियो । आइतबार विहानै दुम्किबास क्षेत्रको घिउखोलामा बाटो चिप्लो हुँदा साना ठूला कुनै पनि सवारी सँचालन हुन नसकेका हुन । सडकको माथिल्लो माटोको तह काटेर सवारी सँचालनको प्रयास गरिए पनि निरन्तर सिमसिम पानीको कारण सवारी चल्न सकेका छैनन् । दुम्किबासबाट दाउन्ने तर्फ आउने सवारी उकालो चढन नसकेका कारण दुम्किबास ज्यामिरे खण्डमा रोकिराखिएको र बर्दघाटबाट जाने सवारीहरु पनि ओरालोमा चिप्लिएर दुर्घटना हुनसक्न...
आज बिहानैदेखि वर्षा, कहाँकहाँ पर्नेछ पानी?

आज बिहानैदेखि वर्षा, कहाँकहाँ पर्नेछ पानी?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं उपत्यकासहित बागमती , लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको हेटौंडामा पछिल्लो एक घन्टामा २१.८ मिलिमिटर वर्षा भएको छ।काठमाडौंको सुन्दरीजलमा ७.४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३.६, काभ्रेको पाँचखालमा ४.६, चितवनको नारायणी फिल्ड अफिसमा ३.८, तनहुँको खैरेनीटारमा ५, स्याङ्जामा ५.८ मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। जसका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्य...
पत्रकार महासंघ रुपन्देहीले गर्यो नलेज सिरिजको शुरुवात 

पत्रकार महासंघ रुपन्देहीले गर्यो नलेज सिरिजको शुरुवात 

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही अग्रजहरुको अनुभव ग्रहण गर्दै नयां पुस्तालाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्न सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ रुपन्देहीले नलेज सिरिजको शुरुवात गरेको छ। नयां सोंच नौलो सुरुवात नारासहित सुरु गरिएको नलेज सिरिजको नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा. बालकृष्ण चापागाईबाट शुभारम्भ गरिएको हो।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष चापागाईसंग विगत र वर्तमानमा भईरहेको पत्रकारिता र भविश्यमा कस्तो पत्रकारिता आवश्यक रहन्छ भन्ने विषयमा छलफल गरिएको थियो।  संस्थापक अध्यक्ष डा. चापागाईले पञ्चायती व्यवस्थादेखि बहुदल र पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आईपुग्दा पनि पत्रकारिता क्षेत्र उस्तै जोखिमपूर्ण रहेको बताए।  उनंले विगतमा व्यवस्था परिवर्तनका लागि पत्रकारिता क्षेत्रले अगुवाई ...
सञ्चार क्षेत्र संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

सञ्चार क्षेत्र संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सफलता प्राप्त होस् भन्ने विश्वास व्यक्त गरेका छन् । उनको सन्देशमा भनिएको छ, ‘निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान ...