Breaking news 2

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : सञ्चारमन्त्री गुरुङ

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : सञ्चारमन्त्री गुरुङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु भएको बताएका छन् ।नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए ।  “लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ”, उनले भने ।  लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, “अनलाइनबाट गलत सूचना सम्प्रेषण ...
वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना...
गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा तीन उडान हुने

गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा तीन उडान हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
गुल्मी यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समय यता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए। नेपाल एयरलाइन्सका जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको ट्वविनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो। रेसुंगादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुंगा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन। हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा कतै उत्साह छाएको छ त कतै नियमित हुने हैन कि भन्ने आशंका समेत बढेको छ। निगमको १८ सिट क्षमताको जहाजले...
सामाजिक सुरक्षाकाे ज्ञारेन्टि गर्न यातायात मजदुरकाे सराेकार वालासंग आग्रह

सामाजिक सुरक्षाकाे ज्ञारेन्टि गर्न यातायात मजदुरकाे सराेकार वालासंग आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको तेस्रो अधिबेशनमा वाेल्दै वक्ताहरुले यातायात मजदुरकाे सामाजिक सुरक्षाकाे ज्ञारेन्टि हुनु पर्ने माग राखेका छन्। शुक्रबार बुटवलमा सम्पन्न अधिबेशनमा वाेल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षाको ज्ञारेन्टी नभएसम्म यातायात क्षेत्रका मजदुरहरुको पलायन नरोकिने बताए । सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने बताउँदै उनले यातायात व्यसायीहरुलाई आफ्ना चालक सहचालक र कर्मचारीहरुलाई योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आग्रह गरे । लामो समयदेखि यातायात क्षेत्रमा लागेका मदजुरलाई मालिक बनाउन संगठनले योजनाबद्ध रुपमा काम गर्नुपर्ने उनको भनाई थियो । जिफन्ट केन्द्रीय उपाध्यक्ष विदुर कार्कीले श्रम ऐनको कार्यान्वयन मुख्य चुनौतीको विषय बनेको ब...
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिएका थिए । यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । प्रतिनिधिसभा बैठकमा आव २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।  ...
नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन्। श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। उनले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनास र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए। मन्त्री अधिकारीको सचिवालयका अनुसार सो अवसरमा उहाँले जोखिमसम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिवृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्याउने कार्यम...
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलनको घोषणा

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलनको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो ।  तीन प्रमुख मागसहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरि नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो । आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा  र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’ समितिको आन्दोलन सरकारविरूद्ध नरहेको विज्ञप्ति मार्फत जनाइएको छ । जनतामा निहीत सार्वभौम सत्ता र जनत...
गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
सुवास बिसिबुटवल, वैशाख २५गायक प्रकाश गौतमले आफ्नो नयाँ भावनात्मक गीत "बर्बाद हुनलाई" सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोले प्रेम र पीडाको सम्वेदनालाई प्रभावशाली ढंगमा प्रस्तुत गरेको छ। गीतमा स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरले अभिनय गरेका छन्। गीतमा स्वर र शब्द गौतमकै रहेको छ भने संगीत सुर्य कुमार परियारले भरेका हुन्। गीतको भिडियो दिपक सुनरको कथा र निर्देशनमा तयार गरिएको हो, जसको छायांकन बिजय लामाले गरेका छन्। को हुन् प्रकाश गौतम? गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका-८, तुराङ्ग दाङसिङ्गमा जन्मिएका प्रकाश गौतम सानैदेखि संगीतप्रेमी थिए। यद्यपि उनले औपचारिक रूपमै संगीत यात्राको थालनी वि.सं. २०७२ सालदेखि गरेका हुन्। उनको पहिलो गीत "सम्झना मनैमा" थियो, जसमा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए। गीतसंगीतको खो...
राजावादीको आज भेला, आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी

राजावादीको आज भेला, आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नबराज सुबेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ । समितिको आयोजनामा आज बिहिवार सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाईएको छ । घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजाबादी हिन्दुबादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।  राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नबराज सुबेदिको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरेका छन् । उनले भने ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट...
लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो । ...