भैरहवा भन्सार कार्यालयले टेन्ट राखेर सुरु गर्‍यो नियमित काम


रुपन्देही
जेनजी आन्दोलनका कारण आगजनी र तोडफोडबाट क्षति बेहोरेको देशकै ठुलाे भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना बनाएर सेवा सञ्चालन सुरु गरेको छ । कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका कामहरू संचालन गरेका हुन् ।
जेन जी आन्दोलनका क्रममा भदौ २४ गते भन्सार कार्यालयको यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैँकको भवन जलेका थिए । आन्दोलनका कारण बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात सुचारु गर्न टेन्ट टाँगेर कामकाे सुरुवात गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले बताएका छन ।
उनले भन्सार जाँचपासको काम हामीले टेन्ट टाँगेर सुरु गरेका छौँ, अन्य प्रशासनिक काम सुरु गर्न केही समय लाग्न सक्छ ।’
भैरहवा भन्सार कार्यालयको कार्यालय भवन क्षतिसँगै कागजपत्रहरू पनि जलेका छन् । अब प्रमुख जिल्ला अधिकारीसँगकाे छलफल पछि प्रशासनिक काम कसरी सञ्चालन गर्ने भन्नेबारे निष्कर्षमा पुगिने सूचना अधिकारी चौधरीले बताए ।

भन्सार कार्यालयले यसअघि डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्दै आए पनि ती संरचना नष्ट भएका कारण अहिले म्यानुअल भए पनि जाँचपासको काम भइरहेको छ । खासगरी यहाँबाट अहिले ग्यास बोकेका बुलेट लगायत अत्यावश्यक सामग्री भित्रिन थालेका छन् ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...