भैरहवा भन्सार कार्यालयले टेन्ट राखेर सुरु गर्‍यो नियमित काम


रुपन्देही
जेनजी आन्दोलनका कारण आगजनी र तोडफोडबाट क्षति बेहोरेको देशकै ठुलाे भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना बनाएर सेवा सञ्चालन सुरु गरेको छ । कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका कामहरू संचालन गरेका हुन् ।
जेन जी आन्दोलनका क्रममा भदौ २४ गते भन्सार कार्यालयको यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैँकको भवन जलेका थिए । आन्दोलनका कारण बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात सुचारु गर्न टेन्ट टाँगेर कामकाे सुरुवात गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले बताएका छन ।
उनले भन्सार जाँचपासको काम हामीले टेन्ट टाँगेर सुरु गरेका छौँ, अन्य प्रशासनिक काम सुरु गर्न केही समय लाग्न सक्छ ।’
भैरहवा भन्सार कार्यालयको कार्यालय भवन क्षतिसँगै कागजपत्रहरू पनि जलेका छन् । अब प्रमुख जिल्ला अधिकारीसँगकाे छलफल पछि प्रशासनिक काम कसरी सञ्चालन गर्ने भन्नेबारे निष्कर्षमा पुगिने सूचना अधिकारी चौधरीले बताए ।

भन्सार कार्यालयले यसअघि डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्दै आए पनि ती संरचना नष्ट भएका कारण अहिले म्यानुअल भए पनि जाँचपासको काम भइरहेको छ । खासगरी यहाँबाट अहिले ग्यास बोकेका बुलेट लगायत अत्यावश्यक सामग्री भित्रिन थालेका छन् ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...