पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले केही बेरअघि यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
बुधबार बिहान नेपालले अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो।अदालतले भनेबमोजिम धरौटी बुझाए नेता नेपाल बुधबारै छुट्नेछन्।
काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पूर्वप्रधानमन्त्री नेपाल आफै उपस्थित हुने भन्दै निवेदन दायर गरी बुधबार बिहान अदालत पुगेका थिए। नेपाल विशेष अदाल...








