Breaking news 2

पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी

पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र ९बयान० सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।     पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरुद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।     ‘ठगी लिखत कीर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरे ।      कानुन...
कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण

कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
कपिलवस्तु, साउन ७— शहीद मनोज-भुपेन्द्र-सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा कपिलवस्तुको तौलिहवामा रहेको बालमन्दिरका ३० जना अनाथ बालबालिकालाई लक्षित गर्दै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बुधबार भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलवस्तु इञ्चार्ज प्रकाश गौतम प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष केशवराज मरासिनीले गर्नुभएको थियो। विशेष अतिथिको रूपमा बालमन्दिरका अध्यक्ष गोपालमणि ज्ञवाली, पेशागत महासंघ कपिलवस्तु अध्यक्ष बाबुराम शर्मा, राष्ट्र सेवक सहकारीका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक रामचन्द्र अर्याल, र कर्मचारी श्यामसुन्दर चौधरीको जोडिले आर्थिक सहयोग गर्नु भएको कार्यक्रमको संचालन संगठनका सचिव दिपक पाण्डेले गर्नुभएको थियो। मन्तव्य राख्ने क्रममा प्रमुख...
नेपाल प्रहरीका ११ डीएसपी एसपीमा बढुवा

नेपाल प्रहरीका ११ डीएसपी एसपीमा बढुवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौ बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका ११ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्। ...
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
बुटवल – यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सकिएको छ । गएको वर्षको यही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।देशभर करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सकिएको छ ।मन्त्रालयका अनुसार मनसुनले साथ दिएमा साउनको अन्तिम हप्तासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । यो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ । मौसमको प्रतिकूलता, दैवी प्रक...
‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनी इटहरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो । उनी त्यसयता फरार रहेका थिए । अदालतले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो। ...
देशभर मौसम बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ आज पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने भएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार केही ठाउँमा ठूलो वर्षाको सम्भावना पनि छ। यस्तो छ, मौसम महाशाखाले जारी गरेको बुलेटिन: आज दिनमा : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। आज रातमा : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी प...
ट्राफिक प्रहरी कार्यालय बुटवलको वार्षिक कार्यप्रगति प्रशंसनीय

ट्राफिक प्रहरी कार्यालय बुटवलको वार्षिक कार्यप्रगति प्रशंसनीय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आइतबार आर्थिक वर्ष २०८१/०८२ को कार्यप्रगति राम्रो रहेको तथ्याङ्क पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। ट्राफिक कार्यालय बुटवलका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले आफु बुटवलमा आएकाे २ महिनामात्र भएकोले पूर्व कार्यालय प्रमुख श्यामबहादुर खत्रीलाई स्मरण गर्दै कार्यालयले आफ्नो कार्यालयलाई प्रभावकारी बनाई गत आर्थिक वर्षमा १ लाख७० हजार८० सवारी र सवारीचालकलाई कारबाही गरेको बताए । साथै विभिन्न ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका सवारीबाट १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ जरिवाना बापत वार्षिक रकम संकलन गरेको जानकारी गराए। उनका अनुसार कार्यालयले १५हजार५ सय १७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम गरी ८ लाख३५ हजार ७सय८९ जनालाई प्रशिक्षित गरेको छ। ट्राफिक कार्यालय बुटबलले सवारी साधनको निःशुल्क मेक...
२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए । गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो । उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले सहानुभूति र ध्यान खिचेको थियो । ...
रुरुक्षेत्र गाउँपालिकामा ताला तोडिएको विषयमा नेकपा एमालेको आपत्ति, स्मार्टबोर्ड खरिदमा अनियमितताको आरोप

रुरुक्षेत्र गाउँपालिकामा ताला तोडिएको विषयमा नेकपा एमालेको आपत्ति, स्मार्टबोर्ड खरिदमा अनियमितताको आरोप

Breaking news 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
गुल्मी, १९ साउन गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा स्मार्टबोर्ड खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेकपा एमालेले आन्दोलन चर्काएको छ। गत असार ३० गते एमाले रुरु गाउँ कमिटीले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला शुक्रबार अपराह्न जिल्लास्थित सुरक्षा समितिको पहलमा तोडिएकोप्रति एमालेले कडा आपत्ति जनाएको छ।पार्टीको रुरु गाउँ कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले जारी गरेको विज्ञप्तिमा प्रशासनको आडमा जबरजस्ती ताला तोडिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। "वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्नेमा बल प्रयोग गरिनुले समस्या झनै चर्किने देखिन्छ," विज्ञप्तिमा भनिएको छ। एमालेले गत असार ३० गते उपाध्यक्ष मीनादेवी गौतमसहित २८ जना जनप्रतिनिधिले बुझाएको ज्ञापनपत्रअनुसार स्मार्टबोर्ड खरिदमा भएकोअनियमितताको छानबिन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको ...
भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : प्रचण्ड

भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल मतदाता अधिकार मञ्चले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ।प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो। ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गरे । उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए। उनले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गरे । मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा ...