नेपाल–भारत खुला सिमाबाट हुने आप्रवासन रोक्न भारतीय गृह मन्त्रालयद्वारा नयाँ नियम जारी
काठमाडौंनेपालकाे सिमाबाट हुने आप्रवासन रोक्न भारतको गृह मन्त्रालयले नयाँ नियम जारी गरेको छ । नेपाल–भारत खुला सीमाका कारण भारतमा हुने आप्रवासनलाई नियन्त्रण गर्न भारतको केन्द्रीय गृह मन्त्रालयले अध्यागमन तथा विदेशी ऐन, २०२५ अन्तर्गत नयाँ नियमहरू जारी गरेको हाे ।
भारतीय पत्रिका टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार सेप्टेम्बर १ देखि लागु भएका यी नियमहरूले ब्युरो अफ इमिग्रेसन (बीओआई)लाई शक्तिशाली बनाएको छ । यसले ठगीको प्रभावकारी अनुसन्धान गर्न, गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्न राज्यका अधिकारीहरूसँग मिलेर काम गर्न र एक केन्द्रीय डेटाबेस कायम राख्नसक्ने समाचारमा उल्लेख छ ।
यी नयाँ नियमहरूले भारतको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा हुने आप्रवासनलाई नियन्त्रण गर्न मद्दत पुग्ने टाइम्स अफ इन्डियाले जनाएको छ । यसले पिलिभित, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्...








