Breaking news 2

लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बर्ताका छन् ।उनले लुम्बिनी प्रदेश संवेदनशीलसँगै राम्रो रहेको उल्लेख गर्दै अब कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा रहेको बताए । प्रदेशको नवौँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा आज राप्ती उपत्यका (देउखुरी) सम्पन्न मूल समारोह कार्यक्रममा उनले सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे ।उनले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उँचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । “खेतको फाँट जोगाउनुपर्छ, मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ”, उहाँले भन्नुभयो, “धान फल्ने फाँट जोगायौँ भने कोही भो...
मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा ...
भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।समीक्षा अवधिमा चालु खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। चालु आवको पुस म...
नेपालमा निपाह भाइरसको जोखिम कम भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा निपाह भाइरसको जोखिम कम भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र आव...
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ ३० लाख मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ ३० लाख मतपत्र छपाइ सम्पन्न

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ।आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ।त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ।आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन्।मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्री...
खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न : प्रचण्ड

खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना नेताहरूको भीडमा नरहेको बताएका हुन् ।प्रचण्डले भनेका छन्- 'धेरैलाई लाग्न सक्छ, म र म जस्ता पुराना नेताहरू एउटै हुन् । तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु । मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ ।'उनले अहिले नयाँ पुस्ताले मागिरहेको सुशासन र भ्रष्टाचार निर्मुल पार्ने एजेन्डा आफुले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा भएको बताउदै देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्...
माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतले गर्यो साक्षी बुझ्ने आदेश

माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतले गर्यो साक्षी बुझ्ने आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंविशेष अदालत काठमाडौंले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश जारी गरेको हो । अदालतको आदेशसँगै अब मुद्दाका साक्षीहरूलाई अख्तयारले विशेष अदालतसमक्ष बकपत्र गराउनेछ ।यसअघि माघ ७ गते विशेष अदालतले उक्त मुद्दामा सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश जारी गरेको थियो । न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको थियो ।पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा...
आज माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत विधिपूर्वक समापन

आज माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत विधिपूर्वक समापन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँमाघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ ।पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामन...
जेनजी आन्दोलनको मागनै रोजगार र सुशासन थियो, मेरो ध्यान त्यता केन्द्रित छ : विष्णु पौडेल

जेनजी आन्दोलनको मागनै रोजगार र सुशासन थियो, मेरो ध्यान त्यता केन्द्रित छ : विष्णु पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
जेनजी आन्दोलनको मागनै रोजगार र सुशासन थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेलबुटवलपूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्रनम्बर-२ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै अब मानवीय बिकास र रोजगार प्रवर्द्धन आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचाका लागि रुपन्देहीमा ठूला भौतिक पूर्वाधारहरु निर्माणको योजनाहरुलाई सम्पन्न गर्ने, औद्योगिक बिकास र मल्टिनेशन कम्पनीहरुलाई लगानीका लागि आह्वान गर्दै रोजगार सिर्जना गर्नका लागि ध्यान केन्द्रित गरिने बताए ।एमालेको बुटवल-११ देवीनगर तथा बुटवल-१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै पौडेलले भने- "रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाहरुको बिकासले अब सम्पन्नताको अवस्थामा पुग्दैछ । यसले मात्रै प्रयाप्त हुँदैन, यहाँको आयस्तर वृद्धि गर्ने ...
एमालेको महत्त्वाकांक्षी प्रतिबद्धता घटाउँदै व्यावहारिक, कार्यान्वयनयोग्य घोषणापत्र ल्याउने दाबी

एमालेको महत्त्वाकांक्षी प्रतिबद्धता घटाउँदै व्यावहारिक, कार्यान्वयनयोग्य घोषणापत्र ल्याउने दाबी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँएमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ मूलमन्त्रसहित चुनावी घोषणापत्र ल्याउने भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नीति कार्यक्रम समावेश गरी घोषणापत्रलाई अन्तिम रुप दिने एमालेको तयारी छ । केन्द्रीय कार्यालय च्यासलमा बिहीबार एमालेले ५० विज्ञसँग छलफल गरेको थियो । घोषणापत्रमा समेट्नुपर्ने विषयमा छलफल गरी उसले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका सुझाव पनि मागेको छ । सुदृढ लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन र सामाजिक न्यायसहितको दिगो विकासमा केन्द्रित गरी घोषणापत्रलाई अन्तिम रुप दिने तयारी छ । घोषणापत्र लेखन समितिका सचिव विष्णु रिमालले विगतभन्दा समृद्ध घोषणापत्र ल्याउने दाबी गरे । २०७९ को प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा रहेका प्रमुख प्राथमिकतामा थपेर नयाँ राजनीतिक र आर्थिक कार्यक्रम बनाइने उनले बताए ।‘बलियो राष्ट्रिय...