Breaking news 2

आज तमु ल्होछार मनाइँदै

आज तमु ल्होछार मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा उक्त समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन...
दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना २८ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना भएको छ।आइतबार बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जेजु एयरको जहाज दुर्घटना भएको हो।   जहाज थाइल्याण्डको बैंककबाट आएको थियो। मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किन गई दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटनामा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए।  दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। अधिकारीहरूले ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्। उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। ...
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँ   त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन...
बुटवल मेलामा नेपालकै पहिलो अभ्यास : अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ

बुटवल मेलामा नेपालकै पहिलो अभ्यास : अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, समाचार, समाज
बुटवल ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा यही पौष ३ गतेदेखि जारी औद्योगिक व्यापार मेलामा यस क्षेत्रमै पहिलो पटक अग्नी सुरक्षा व्यवस्थाको प्रयोग गरिएको छ । मेलास्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण, रोकथाम, उद्धार तथा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनका लागि अग्नी सुरक्षा प्रविधि तथा उपकरणहरु राखिएको छ ।  बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मेलामा सम्भवतः नेपालमै पहिलो अभ्यासको रुपमा अग्नी नियन्त्रणका सामग्री तथा सुरक्षा व्यवस्था गरिएको आयोजकको दाबी छ । बुटवल उद्योग वाणीज्य संघका कार्यसमिति सदस्य तथा मेलामा स्वागतद्वार, स्टेज तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक कृष्ण पाण्डे दर्शकको हरेक सुरक्षा ख्यालमा राखी नयाँ अभ्यासको सुरुवात गरिएको जानकारी दिए । विकसित मुलुकका मेला महोत्सव वा भिडभाड हुने स्थानह...
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ। लामो समयदेखि बिरामी परेका उनको राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनलाई बिहीबार साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए। भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा भएको थियो। उनी अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा जन्मिएका थिए। एक साधारण किसान परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र र राजनीतिमा ठूलो उपलब्धि हासिले गरे। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका थिए। उनले नै सन् १९९१ म...
समाजवादको लक्ष्यमा अंघि बढ्दा माओकाे सम्मान हुन्छ : विप्लव

समाजवादको लक्ष्यमा अंघि बढ्दा माओकाे सम्मान हुन्छ : विप्लव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ  नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले माओ दिवसको अवसरमा विश्वभरीका श्रमिक जनता वैज्ञानिक समाजवाद-साम्यवादको लक्ष्यतिर बढ्न सफल बनौं भन्ने शुभकामना व्यक्त गरेका छन् । महासचिव विप्लव सीले १३२औं माओ दिवसको अवसरमा बिहीबार बिहान एक वक्तव्य जारी गर्दै यस्तो शुभकामना व्यक्त गरेका हुन् । महासचिव विप्लवले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुने दृढ विश्वास समेत व्यक्त गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो भएको उल्लेख गर्दै विप्लवले यो एक दिन अवश्य पनि सफल हुने दृढता व्यक्त गरे । वक्तव्यमा उनलेे भनेका छन्, ‘हामीले नेपालमा मालेमावादको...
पाकिस्तानले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु

पाकिस्तानले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो । तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् । बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ । तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहितले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार पकतिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको थियो । आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ । तालिबान सरकारको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ र उजित जवाफ दिने चेतावनी दिएको छ । उसले भनेको छ, ‘पाकिस्तानी स...
उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

Breaking news 2, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
बुटवल नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाई राख्नुभयो ।बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भईसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनु भयो ।यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक...
आज क्रिसमस डे मनाइँदै

आज क्रिसमस डे मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू क्रिसमस मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा डिसेम्बर २५ का दिन यो सम्प्रदायले क्रिसमस डे मनाउदैँ आउने गरेका छन् ।  इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् या पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो । विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउ...
सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीले बिशेष निगरानी गर्न आवस्यक: मुख्यमन्त्री आचार्य

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीले बिशेष निगरानी गर्न आवस्यक: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
देउखुरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारत संग सिमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन । सिमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारी समक्ष आग्रह गरे । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की संगको भेटमा मुख्यमन्त्री आचार्यले सिमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए ।‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘मुल नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैधकारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आ...