पाल्पा : दुई छुट्टाछुट्टै दुर्घटनामा आमा–छोरासहित ३ जनाको ज्यान गयो
पाल्पा – शनिवार पाल्पामा भएका दुई वटा दुर्घटनामा आमा-छोरासहित तीन जनाको ज्यान गएको छ । ट्याक्टरको ठक्करबाट दुई र ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ज्यान गुमाउनेमा तानसेन नगरपालिका १३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा, उहाँकै आमा ३९ वर्षीया मिना थापा र भारत घर भइ अहिले स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका छन् ।
प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि खानीगाउँका लागि छुटेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले त्यहीँतर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार अभिषेक र उहाँकी आमा मिनाको ज्यान गएको हो ।
त्यस्तै पाल्पाबाट बुटवलका लागी छुटेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले तिनॉउ गाउपालिका ५ चौबीस...








