Breaking news 2

कम्युनिष्टहरूले धरातल छोडेकोमा लेखक तथा साहित्यकारहरूको चिन्ता

कम्युनिष्टहरूले धरातल छोडेकोमा लेखक तथा साहित्यकारहरूको चिन्ता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल प्रगतिशील लेखक सङ्घमा आवद्द लेखक तथा साहित्यकारले धरातल छाडेर लिग बाहिर जान थालेका कम्युनिष्ट घटकहररूलाई प्रलेसले खबरदारी गरेर लइाउनु पर्ने उनीहररूको साझा भनाइ छ । प्रगतिशील लेखक सङ्घलाई साझा मोर्चाको रुपमा बचाउनु पर्ने बताउँदै उनीहररूले कम्युनिष्ट पार्टी फुटेर २९ वटा घटकमा विभाजित भएकोप्रति चिन्ता व्यक्त गरे । उनीहररूले प्रलेसलाई भात्रृ सङ्गठनको रुपमा फुटाउन दिन नहुने बताए । प्रगतिशील लेखक सङ्घ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १० औं जिल्ला अधिवेशनमा बोल्ने साहित्य स्रष्टाहररूले कम्युनिष्टले प्रगतिवादी आन्दोलनलाई सही ढङ्गले अगाडी बढाउन नसकेको गुनासो गरे । उनीहररूले कम्युनिष्ट पार्टीमा सामान्तवादी चरित्र कायमै रहेको र पार्टी स्थापनाको मुल उद्देश्यबाट बिचलित भएकाले प्रलेसले खबरदारी गर्नुपर्ने अवस्था आएको बताए । कम्युनिष्टले आफ्नो धरातल छोडेर शक्ति र सत्ताको पछाडी लाग...
प्रतिनिधिसभामा जलन उपचारका लागि अस्पताल स्थापनाको माग

प्रतिनिधिसभामा जलन उपचारका लागि अस्पताल स्थापनाको माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
????? ???? ??? ???? ?????????? ????? ?????? ??????? ?????? ?????? ?????? ???????? ? ??????? ???? ?????/???? काठमाडौं सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्र भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गरे । सांसद भण्डारीले आफू २ वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरे । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा परेकोमा दुःख व्यक्त गर्दै उनीहरुको स्वास्थ्यलाभको कामना गरे । सांसद विन्दाबासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार...
बुटवल देशकै आर्थिक केन्द्र हो:  उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह

बुटवल देशकै आर्थिक केन्द्र हो: उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवल इतिहासदेखि वर्तमानसम्म र भोलिका दिनहरूमा पनि आर्थिक केन्द्रकै रुपमा रहने बताए। बुटवल उपमहानगरको ६६ औँ स्थापना दिवसको मूल समारोहमा बोल्दै मन्त्री सिंहले बुटवल इतिहासदेखि नै व्यापारिक केन्द्र रहेको र अहिले पनि औद्योगिकग्राम ,पर्यटन ,देशको मध्यभागमा अवस्थित ,भारत नेपालको नाका नजिक रहेको जस्ता कारण आर्थिक केन्द्र रहेको बताए । उनले बुटवल लगायत यस क्षेत्रमा हुँदै गरेका सुरुङमार्ग, केवलकार ,औद्योगिक क्षेत्र ,अन्तर्राष्ट्रिय विमानस्थल ,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका आधारहरूले आगामी समयमा थप आर्थिककेन्द्र बन्ने देखेको बताए। मन्त्री सिंहले अहिले गाउँबाट नागरिकहरू शहरतिर रोजगार, शिक्षा, स्वास्थ्य लगायतका सुविधाका हिसाबले आउने क्रम रहेकाले शहरलाई दीर्घकालीन रुपमा हरेक हिसाबले व्यवस्थित गरी अगाडि बढ्न आवश्य...
भारतले १ घण्टामा १ किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १ घण्टामा १ किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
भारतले १ घण्टामा १ किलोमिटर एक्सप्रेस वे बनाएर विश्व रेकर्ड कायम गरेको छ । तर, नेपालमा भने चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिदिन औसत जम्मा १.३१ किलोमिटरका दरले सडक कालोपत्रे भएको पाइएको छ । यसअघि प्रतिदिन ५ किलोमिटरका दरको रफ्तारमा हुने सडक कालोपत्रे यस वर्ष घटेको स्वयम् सरकारी निकायले स्वीकार गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार माघ मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार यस वर्ष ७ महिना (साउन–माघ)मा कालोपत्रे स्तरको नयाँ सडक २ लेनमा २४६ किलोमिटर र २ लेनमाथिको सडक ३०.५८ किलोमिटर निर्माण भएको छ । यस अनुसार हरेक दिन औसतमा १.३१ किलोमिटर मात्र सडक कालोपत्रे भएको देखिन्छ । मन्त्री दाहाल समग्र अर्थतन्त्रमा देखिएको सुस्तताको असर सडक निर्माणको गतिमा पनि देखिएको बताउँछन् । उनी भन्छन्, ‘कुनै बेला प्रतिदिन ५ किलोमिटरसम्म कालोपत्रे भएको अ...
आज ‘भ्यालेन्टाइन्स डे’, प्रेमील जोडीले प्रेम साटेर मनाउदै

आज ‘भ्यालेन्टाइन्स डे’, प्रेमील जोडीले प्रेम साटेर मनाउदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, नेपालसहित विश्वभर प्रेमिल जोडीहरूले एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी यो प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा यो प्रणय दिवसलाई लिने गरिन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । ...
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।  सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।   आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठन...
प्रदेशको रणनीतिक विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे साझा प्रतिबद्धता

प्रदेशको रणनीतिक विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे साझा प्रतिबद्धता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशस्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।  नेपालको संविधानको धारा ५६ अनुसार राज्यशक्तिको बाँडफाँड, सङ्घीय ढाँचाको शासकीय अभ्यास तथा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गर्दै लुम्बिनी र गण्डकी प्रदेश सरकारबीचको पहिलो ऐतिहासिक बैठक पाल्पाको रानीमहलमा सम्पन्न भएको हो । उक्त बैठकमा दुवै प्रदेशका साझा सम्भावनालाई सम्बोधन गर्ने तथा प्रदेश सरकारलाई जनताको अझ नजिक पु¥याउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका छन् । साझा प्रतिबद्धताअनुसार दुवै प्रदेशबीच नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाइ सेवा विस्तार गर्न पहल गर्ने, लुम्बिनी–लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्...
हमासले शनिबार  बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

हमासले शनिबार बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् । सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थिय...
सामाजिक सञ्जाल नियमन विधेयक हु-बहु लागु हुनुहुँदैन: सरोकारवाला

सामाजिक सञ्जाल नियमन विधेयक हु-बहु लागु हुनुहुँदैन: सरोकारवाला

Breaking news 2, पत्रपत्रिका, समाचार, समाज
बुटवल मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको आयोजनामा मङ्गलबार बुटवलमा गरिएको सामाजिक सञ्जाल नियमन विधेयक सम्बन्धी नागरिक संवाद कार्यक्रममा बोल्दै वक्ताहरुले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुनुपर्ने र यसको नकारात्मक र सकारात्मक पक्षको ठूलो महत्व रहेको बताएका छन्। वक्ताहरुले विकृति हटाउन आवश्यक रहेको तर हुबहु लागू गर्न नहुने बताएका हुन्। बढ्दो प्रविधिले मानव जीवनमा अहम भूमिका खेलेको उदाहरण दिँदै यसमा रहेका व्यक्तिका कुण्ठा र स्वार्थमा लाग्न नहुने बताएका छन्। विधेयकमा भएका राम्रा पक्षको स्वागत गर्दै कतिपय विषयहरुमा विमति रहेको उनीहरुको भनाइ थियो । वक्ताहरुले देशमा कुनै पनि नीति नियम बन्दा सरोकारवालाहरु र विज्ञहरुसँग विचार- विमर्श गरी निर्णय गर्नु उचित हुने धारणा राखेका छन्। मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा बोल्...
प्रेस चौतारी नेपाल रूपन्देहीको अधिवेशन, खोजमूलक र न्यायपूर्ण समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व: अध्यक्ष गणेश बस्नेत

प्रेस चौतारी नेपाल रूपन्देहीको अधिवेशन, खोजमूलक र न्यायपूर्ण समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व: अध्यक्ष गणेश बस्नेत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवर्धन , खोजपूर्ण व्यावसायिक एवं अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्नु प्रेस चौतारीको मूल उद्देश्य रहेको बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देही शाखाको २६औं साधारण सभा तथा ८औं अधिवेशनमा बोल्दै उनले प्रेस चौतारी नेपाल सत्य र व्यावसायिक पत्रकारिताको मूलभूत मान्यतामा दृढतापूर्वक उभिएको बताए। लोकतन्त्र पूर्ण प्रेस स्वतन्त्रता साथै पत्रकारहरूको पेशागत सुरक्षाप्रतिको दायित्व प्रेस चौतारीले सधैं आत्मसा साथ गरेको बताए । उनले प्रेस चौतारीले नागरिकहरूमा सही सूचना र सन्देश प्रवाह गर्ने विषयमा प्रभावकारी भूमिका खेल्दै आएको र थप सुदृढ गर्नुपर्ने औलाए ।बस्नेतले २०५५ सालमा स्थापित प्रेस चाैतारिले पत्रकार महासंघमा पनि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकाे वताए ।उनले पत्रकारले समर्थन...