Breaking news 1

प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी छ।छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्। विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने अडानमा रहेकाले संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएका छन्। जेठ १५ मा बजेट पेस गर्ने भनिए पनि विपक्षी दलहरूले सबै बैठकमा विरोध जनाउँदै आएका छन्। सत्तापक्ष भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्‍याउँदै आएको छ। ...
देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार, आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको प...
भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
भैरहवा भैरहवामा सञ्चालित अवैध स्वास्थ्य संस्थामा बुधबार अनुगमन टोलीले ताला लगाएको छ । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्थालाई बन्द गराएको हो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि ...
संवैधानिक नियुक्तिको फैसलाअघि तीव्रगतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

संवैधानिक नियुक्तिको फैसलाअघि तीव्रगतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटको छिनोफानो हुने दिन नजिकिँदै गर्दा भ्रष्टाचार मुद्दा अभियोजनले तीव्रता पाएको छ । अख्तियारले जेठमा मात्रै २६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ ।  अख्तियारले पछिल्लो समय दिनहुँजसो मुद्दा अभियोजन गरिरहेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सोमबार एकै दिन ६ मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ । अख्तियारले चालु आर्थिक वर्षमा हालसम्म १ सय १८ मुद्दा दायर गरेको छ । सुरुका ६ महिना (साउन–पुस) मा ४६ मुद्दा दायर भएकामा त्यसपछिका पाँच महिना (माघ–जेठ) मा ७२ वटा मुद्दा विशेष अदालत लगिएका छन् । सर्वाधिक मुद्दा दायर गरिएको महिना जेठ हो । अभियोग लागेका व्यक्तिको पद र बिगोका हिसाबले यही महिनामै सबैभन्दा ठूला मुद्दा दायर भएका छन् । पतञ्जलि योगपीठ तथा ...
१३ खर्ब ५६ अर्ब ६१ करोड दश महिनामा विप्रेषण आप्रवाह

१३ खर्ब ५६ अर्ब ६१ करोड दश महिनामा विप्रेषण आप्रवाह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो ।  वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो । गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि  चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् । प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो । वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु आठ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगा...
माओवादीले छाडे पनि रास्वपाले छाडेन भिजिट भिसा प्रकरणमा छानबिन समिति अडान

माओवादीले छाडे पनि रास्वपाले छाडेन भिजिट भिसा प्रकरणमा छानबिन समिति अडान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानबिन समितिको अडान नछाड्ने भएको छ। रास्वपाले संसदीय अथवा जाँचबुझ आयोग ऐन अनुसार छानबिन समिति बनाउनुपर्ने अडान सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूसँग स्पष्ट ढंगले 'बटमलाइन' का रूपमा राखेको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरूद्ध गरिरहेका प्रतिपक्षी दलहरूले सो अडान भने छाडेका छन्। नेकपा माओवादी केन्द्रले छानबिन समितिको अडान समेत छाडेको छ। माओवादी केन्द्रले गृहमन्त्रीले कुनै संरचनाको व्यवस्था गरेर भिजिट भिसा प्रकरणमा नीतिगत अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे सदन खोल्न सहयोग गर्ने वचन कांग्रेसलाई दिइसकेको छ। कांग्रेस र माओवादीबीच यस्तो संयन्त्र पनि अख्तियारको छानबिन सकिएपछि बनाउने भद्र सहमति भएको छ।  नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाबाट विभिन...
नेपालमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल

नेपालमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेपालमा पहिलो पटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जनकपुरकी २५ वर्षीया ‘ट्रान्सजेन्डर’ व्यक्तिमा पुरुषको तन्तुलाई उपयोग गरेर महिलाको जनेन्द्रिय निर्माण गरिएको डा. जयमान श्रेष्ठले बताए । प्लास्टिक सर्जरी विभाग प्रमुख डा. श्रेष्ठका अनुसार शल्यक्रिया गरेको एक सातामै ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसके पनि साधारण अवस्थामा आउन भने ४ देखि ६ महिनासम्म लाग्नेछ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले यो सफलतासँगै अब नेपालमै सस्तो शुल्कमा लिंग परिवर्तनजस्तो जटिल शल्यक्रियासमेत गर्न सकिने अवस्था बनेको बताए । ‘लिंग परिवर्तनजस्तो जटिल र संवेदनशील शल्यक्रिया नेपालमा पहिलो पटक सफल भएको छ,’ उनी भन्छन्, ‘यस्तो शल्यक्रिया विदेशमा निकै महँगो हुने हुन्छ तर नेपालमा सुलभ मूल्यमै गर्न सकिने भएकाले ट्रान्सजेन्डर समुदायलाई अब सहज हुनेछ ।’ य...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।  प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएक...
रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्। मर्जले युद्ध रोक्नका लागि रूसी राष्ट्रपति पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले अहिलेलाई छाडिदिनुपर्ने बताएका हुन्। 'मैले नकारात्मक रूपमा भनेको होइन। तर यी दुई देशलाई केही समय लड्न दिनु उपयुक्त हुन्छ,' ओभल अफिसमा मर्जसहितको छलफलमा ट्रम्पले भने। उनले दुई देशबीचको युद्धलाई केटाकेटीको झगडासँग पनि तुलना गरे। 'केटाकेटी झगडा गर्दा कहिलेकाँही उनीहरूलाई केही समय लड्न दिनुपर्छ। दुवैले कष्ट भोगेपछि मात्रै उनीहरूलाई छुट्याउन सकिन्छ, नत्र सकिँदैन,' ट्रम्पले भने। हक्की र अन्य खेलमा पनि रेफ्रीले खेलाडीलाई केही समय लड्न दिएर मात्र छु...
गुल्मी र गुल्मेलीको पहिचान

गुल्मी र गुल्मेलीको पहिचान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, गुल्मी नेपालको मध्यपश्चिम भागमा पर्ने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येको हरेक हिसाबले अग्रभागमा आउने पहाडी जिल्ला हो गुल्मी। तत्कालीन ७९ गाविसलाई संघीयता पश्चात परिमार्जन गरी १२ स्थानीय तहमा व्यवस्थित गरिएको छ। जिल्लामा दुई रेसुङ्गा र मुसिकोट नगरपालिका रहेका छन् भने अन्य १० गाउँपालिकाहरूमा रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका ,कालीगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका ,सत्यवती गाउँपालिका ,मालिका गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मदाने गाउँपालिका र इस्मा गाउँपालिका रहेका छन्। जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाको तम्घासमा अवस्थित छ। प्रत्येक पालिकाका आआफ्नै विशेषता र पालिकावासीको आफ्नै पहिचानबाट सिंगो गुल्मी जिल्लाको गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ। जिल्ला र जिल्लावासीका धेरै पहिचान छन्। सबै पहिचानहरू १ हजार शब्द...