Breaking news 1

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको बीबीसीले जनाएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ । च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो । द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गर्नुभएको बताउनुभएको छ । यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुलाई ग्रुप च्याटबारे केही थाहा नभएको बताउनुभएको छ । आक्रमणबारे गोप्य सूचना को...
बुद्ध सर्किट जोड्न मोनोरेल सञ्चालनको सम्भावना : मुख्यमन्त्री आचार्य

बुद्ध सर्किट जोड्न मोनोरेल सञ्चालनको सम्भावना : मुख्यमन्त्री आचार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी विनोद चौधरीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको छलफलमा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताउनु भएको हाे । प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न सक्ने उहाँको भनाइ छ । प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएकाे समेत जानकारी दिनुभयाे ।`बुद्ध सर्किटको योजना प्रदेश सरकारले बनाएको छ । अब यहाँ मोनोरेल चलाउन सकिन्छ´उहाँले भन्नुभयाे-` यसमा निजी क्षेत्रले लगानी गर्न सक्छ ।´ मुख्यमन्त्री आचार...
आज विश्व मौसम विज्ञान दिवस : पूर्वसूचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

आज विश्व मौसम विज्ञान दिवस : पूर्वसूचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा दिवस मनाउन थालिएको हो । शरुआतमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकोमा विगत केही वर्षयता जलवायु परिवर्तन र यसले मानव सभ्यता र विश्वलाई नै पार्ने सङ्कटपूर्ण परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम गर्न थालिएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ...
लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिमा लागि परेको छ: मन्त्री भूमिश्वर ढकाल

लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिमा लागि परेको छ: मन्त्री भूमिश्वर ढकाल

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने उद्देश्य रहेको बताए। गुल्मेली सम्पर्क समाज रुपन्देहीको अधिवेशनमा बोल्दै मन्त्री ढकालले सम्पर्क समाजले समाज सेवाका हिसाबले उल्लेख्य काम गर्दै आएको र यस संस्थामा रहेको निर्माणधीन भवन निर्माण , आवतजावत गर्ने सडक लगायतका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले जनताका दैनिक जीवनसँग जोडिएका गास, बास ,कपास ,शिक्षा ,स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा तथा कृषिलाई प्रोत्साहन गर्ने र सुनिश्चित गर्ने ,भौतिक एवं सामाजिक विकासका लागि काम गरिरहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा सुखी नेपाली समृद्ध नेपाल को राष्ट्रिय आकांक्षा बमोजिम बजेट विनियोजन गरेको र लुम्बिनी प्रदेश सरकार यसमा लागि परेको वताए। ...
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुंवर

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुंवर

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
चैत्र ९ बुटबल प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभि तर्फबाट आशिष गुप्ता रहेका छन् ।यता सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा वस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा ३ जना मनोनित भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाई र देवी वाग्ले मनोनित भएका छन् । प्रकाशन तथा प्रशारण संघ लुम्ब...
राष्ट्रिय दलको मान्यता पाउन आयोगको नयाँ शर्त, ऐन संशोधनको विषयमा सुझाव माग

राष्ट्रिय दलको मान्यता पाउन आयोगको नयाँ शर्त, ऐन संशोधनको विषयमा सुझाव माग

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदामा राष्ट्रिय दलको मान्यता पाउन नयाँ शर्तको प्रस्ताव गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत पाएको हुनुपर्ने तथा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत सीटमा उम्मेदवारी दिएको हुनुपर्ने आयोगको प्रस्ताव छ । त्यस्तै तीन प्रदेशमा कम्तीमा एक/एक सीट प्राप्त गरेको हुनुपर्ने र राष्ट्रको विविधता देखिने गरी समानुपातिक समावेशी भएको हुनुपर्ने आयोगको शर्त छ । केन्द्रमा केन्द्रीय समिति, हरेक प्रदेशमा प्रदेश समिति, जिल्लाहरूमा जिल्ला समिति र कम्तीमा ८० प्रतिशत पालिकामा स्थानीय समिति रहेको दल हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । यस्तै प्रदेशस्तरीय मान्यता पाउन प्रदेश सभाको चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत भोट ल्याउनुपर्ने, प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत स...
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, ८ चैत । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन – २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए । सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै उनले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गरे । सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल,  बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सूचना तथा प्रसारण विभागका निर्देशक प्रदीप परियार, ब्राहखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानलगायतका विज्ञहरुको उपस्थितिमा विभिन्न सेशनमा छलफल हुनेछ । त्यस्तैगरी सम्मेलनपछि चैत ९ गते नयाँ नेतृत्व चयन हुनेछ । सम्मेलनमा...
आठ महिनामा १७ अर्ब ३९ करोड रुपैयाँको १४ हजार विद्युतीय गाडी आयात

आठ महिनामा १७ अर्ब ३९ करोड रुपैयाँको १४ हजार विद्युतीय गाडी आयात

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय गाडी (ईभी) आयात भएका छन् । गएको आर्थिक वर्षको यसै अवधिमा नेपालमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँको १३ हजार ७ थान विद्युतीय गाडी आयात भएको थियो । विद्युतीय गाडी आयातबाट फागुनसम्म १० अर्ब ४७ करोड ७३ लाख ३८ हजार रुपैयाँ कर  सङ्कलन भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालमा चीन र भारतका साथै अमेरिका, जर्मनी, कोरिया, इन्डोनेसियाबाट विद्युतीय गाडी आयात भएका छन् । आठ महिनासम्ममा सबैभन्दा बढी चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपैयाँको ११ हजार ५५० थान तथा भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएको छ । यस्तै इन्डोनेसियाबाट १८ लाख ७७ हजार रुपैयाँको १ थान, कोरियाबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँको ३ थान, जर्मनीबाट १९ करोड ३ लाख...
स्थानीय सरकारले गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री

स्थानीय सरकारले गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको बताएका छन् ।  नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे । ‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो’, प्रधानमन्त्रीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबिच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’ राजतन्त्र फर्काउने नाममा भइरह...
आजदेखि एसइई परीक्षा : लुम्बिनीमा १ लाख विद्यार्थी सहभागी हुँदै

आजदेखि एसइई परीक्षा : लुम्बिनीमा १ लाख विद्यार्थी सहभागी हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल आजदेखि माध्यमिक क्षिा परीक्षा (एसइई) सुरु हुँदै छ ।  आज बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा हुने भएको हो । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।  परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिँदै छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी सबै पूरा भएको छ । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ’उनले भने, ‘अव विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’यस वर्ष रुपन्देही मा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार दुई सय ५४, कपिलवस्तु मा ९ हजार ४ सय ६१, बाँके मा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा ४ हजार ९ सय १...