Breaking news 1

शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

Breaking news 1, ताजा अपडेट
काठमाण्डाै – शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय २३ दशमलव ८३ विन्दुमा झरेको छ । शेयर बजार हिजो १५ र अस्ति १४ अङ्कले घटेको थियो ।आज जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ४६ लाख कित्ता शेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ । ...
आज अक्षय तृतीया पर्व ,जौको सातु र सर्वत दान गरि मनाइँदै

आज अक्षय तृतीया पर्व ,जौको सातु र सर्वत दान गरि मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरि मनाइँदैछ । शास्त्रीयविधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्रसामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर...
पारित भयो भन्सार विधेयक

पारित भयो भन्सार विधेयक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताए । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो । सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताए । प्रयाप्त जाँच उपकरणहरु राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा पनि उनले जोड दिए । सांसद गङ्गा कार्कीले व्यापार व्यवसाय गर्नेलाई परेका समस्या समाधान गर्न विधेयक सहयोगी हु...
प्रतिनिधिसभा बैठकमा यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभा बैठकमा यस्तो छ आजको कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।  मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । ...
सरकार जनमुखी काम गरिरहेको छ, खल्तीमा सलाईको बट्टा बोकेर हिँड्नेसँग जोगिनुस्: पुर्वमन्त्री प्रदीप ज्ञवाली

सरकार जनमुखी काम गरिरहेको छ, खल्तीमा सलाईको बट्टा बोकेर हिँड्नेसँग जोगिनुस्: पुर्वमन्त्री प्रदीप ज्ञवाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
नेकपा (एमाले) का उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग जोगिन आन्दोलनरत शिक्षकलगायत सवैलाई आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको र अभिभावक अधैर्य हुँदै गएको भन्दै छिटो समाधानमुखी उपाय पहिल्याउन सरोकारवालाको ध्यानकर्षण पनि गराएका छन्। ‘शिक्षक साथीहरूलाई एउटै आग्रह छ– खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग होशियार हुनुहोस्। आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको छ र अभिभावकहरू अधैर्य हुँदै गइरहेका छन्। यसबाट लाभान्वित भइरहेको एउटै पक्ष हो– निजी विद्यालय,’ उनले भने। अब पनि आन्दोलनको स्वरुप नबदल्ने हो भने र ‘निर्...
व्यवस्थित शहर निर्माण आवश्यक

व्यवस्थित शहर निर्माण आवश्यक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली सुविधाका हिसाबले शहर बजार केन्द्रित बसाइ बढ्दो छ। हुन त अहिले सडक, पानी ,विद्युत ,विद्यालय ,स्वास्थ्य केन्द्र ,सामान्य रोजगार गाउँ गाउँमा पुगेको छ। हरेक क्षेत्रमा संभावनाका कृषि ,पर्यटन ,औद्योगिक ग्राम, पशुपालन जस्ता कुराहरुलाई पनि प्राथमिकता राखी क्रमश: अगाडि बढेको अवस्था छ। मानिसहरू सुविधा सम्पन्न शहर बजारमा बस्न रुचाउनु स्वभाविक हो। शहर बजार केन्द्रित बसाई बढ्दै जाँदा यसलाई शुव्यवस्थित बनाउनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। शहर बजारको संरचना निर्माण गर्ने क्रममा सडक ,खानेपानी ,ढल निकास ,सहज सार्वजनिक यातायात ,बस्तीहरू ,व्यावसायिक भवनहरू ,पार्किङ स्थलहरू ,सार्वजनिक स्थलहरू जहाँ कार्यक्रमहरू ,खेलकुदहरु ,व्यायाम गर्ने स्थलहरू ,विभिन्न पिकनिक स्पाेर्ट लागि पर्याप्त स्थान हुनु आवश्यक छ। दीर्घकालीन योजनाअनुरूप गर्ने हो भने खेतीयोग्य ,अन्य सम्भावनाहरू रहेको स्थानहर...
नेप्से सामान्य सुधार हुँदा ,पौने ११ अर्बको सेयर कारोबार

नेप्से सामान्य सुधार हुँदा ,पौने ११ अर्बको सेयर कारोबार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सेयर कारोबार मापक नेप्से परिसूचकमा आईतबार सामान्य अंकको सुधार हुँदा पनि पौने ११ अर्बको सेयर कारोबार भएको छ । सो दिन नेप्से परिसूचक ३.५८ अंकले बढेको हो । गत बिहीबार नेप्से २.०८ अंकले बढेको थियो । अघिल्ला चार कारोबार दिन निरन्तर घटेको नेप्से दुई दिनयता सामान्य अंकले बढेको हो । आइतबार ०.१३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ६१ दशमलव ६० बिन्दुमा उक्लिएको छ । कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ वटाको घट्यो । कुल ८९ हजार १ सय ६१ पटकको सेयर कारोबारमा २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ८७ करोड ५९ लाख रुपैयँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो । गत बिहीबार ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्सेमा सामान्य अंकको सुधार हुँदा प...
आज मातातीर्थ औँसी :  पर्वका रुपमा मनाइँदै

आज मातातीर्थ औँसी : पर्वका रुपमा मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमाप्रति भक्तिभाव र सम्मान प्रकट गरी देशैभरि आज आमाको मुख हेर्ने दिन मनाइन्छ। यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ। धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ। ...
विश्वमा बढ्दै गएको युद्धको जोखिम बुद्धदर्शनले रोक्न सक्छ : प्रधानमन्त्री ओली

विश्वमा बढ्दै गएको युद्धको जोखिम बुद्धदर्शनले रोक्न सक्छ : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
लुम्बिनी  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको युद्धको जोखिमलाई बुद्धदर्शनले मात्रै रोक्न सक्ने बताएका छन्। उनले विश्वमा जल, थल र आकाशबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार  निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए। चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी बिकास कोष र सारिपुत्त फाउन्डेसन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियार चुनौती बनेको बताए। ‘खतरनाक हतियार निर्माण भइरहेको छ। विश्वशान्तिका लागि चुनौती हो’, प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, हतियार र युद्धले शान्ति स्थापना गर्न सक्दैन।’ प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका ...
प्रधानमन्त्री ओली शनिवार लुम्बिनी आउँदै

प्रधानमन्त्री ओली शनिवार लुम्बिनी आउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल प्रधानमन्त्री केपी शर्मा ओली शनिवार लुम्बिनी आउँदै छन्। लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनार उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउन लागेका हुन् लुम्बिनीमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना गरिएको हो। त्यसैको उद्घाटनको लागि प्रधानमन्त्री ओली विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत लुम्बिनी आउने र ११ बजे काठमाण्डौं फिर्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक महोत्सव कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् भने चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो। नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धन गर्नेे उद्देश्यसहित फेस्टिबल हुन लागेको हो। चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्रा...