Breaking news 1

एक वर्षमा १३३ कम्पनी कालोसूचीमा

एक वर्षमा १३३ कम्पनी कालोसूचीमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण  कम्पनी कालोसूचीमा परेका हुन् । कालोसूचीमा परेका कुल कम्पनीमध्ये ५ वटा कम्पनी कालोसूचीबाट हटेका छन् । यस्तै २० वटा कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा छ । सो व्यवस्थाअनुसार बोलपत्रदाता, प्रस्तावदाता दरभाउपत्र दाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसाय, संस्था वा कम्पनी र तिनका आधिकारिक व्यक्ति समेतलाई निजको कार्यको गाम्भीर...
आज तराईका केही स्थानमा वर्षा र हुरीको सम्भावना

आज तराईका केही स्थानमा वर्षा र हुरीको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ। आज रातमा: कोसी प्रदेशका पहाड र तराई भूभागलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी...
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाको स्थलगत अवलोकन

अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाको स्थलगत अवलोकन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज
बुटवल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् । उनले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गरेका छन् । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको हो ।  अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गरेका थिए । ...
सुख्खाले मारमा परेका कृषकसँग भेट गर्दै छु : प्रधानमन्त्री

सुख्खाले मारमा परेका कृषकसँग भेट गर्दै छु : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मधेका कृषकसँग भेटघाट गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले बारा र पर्सामा आज तय गरिएको आफ्नो भ्रमण बारे जानकारी गराउँदै त्यहाँका किसानहरुसँग भेट गर्ने बताएका हुन् ।  ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ ।’ प्रधानमन्त्री ओलीले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरि प्रधानमन्त्रीले जनकपुर-कुर्था...
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् विधेयक

राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् विधेयक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मा फिर्ता पठाएका छन् । राष्ट्रपतिले विधेयकमाथि पुनर्विचार गर्नका लागि फिर्ता पठाएका हुन् ।  राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नभएको भन्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाएका हुन् । विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपतिकहाँ पठाएका थिए ।'विधेयक संविधानको मर्म, भावना, लोकतान्त्रिक मूल्य मान्यता एवं विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाउनुभएको हो,' राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले इकान्तिप...
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार ९आज० अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूचीमा रहेको छ। ...
पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे कम्युनिस्ट विचारधारा र आन्दाेलन नेपाल मात्र नभएर विश्वभरका कम्युनिस्टहरूका लागि आधार रहेकाे वताए । ४७ औं पुस्पलाल स्मृति दिवसकाे अवसरमा बुधबार बुटवलमा आयोजित बिचार गाेष्ठिलाई सम्बाेधन गर्दै अर्थमन्त्री पाैडेलले मार्क्सवादबाट बाहेक समाज रूपान्तरण हुन सक्दैन भन्ने मान्यताका साथ पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गरेको उल्लेख गरे । अहिले वहस चलिरहेको विषयलाई सम्वाेधन गर्दै उनले पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीकाे पार्टी सदस्यता नविकरण नहुने बताएका छन् । पार्टी सदस्यता कायम रहेकाकाे मात्रै सदस्यता नविकरण हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रपति हुनुअघि पुर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेकाेले नविकरण गर्न नमिल्ने स्पष्ट पारे । पुर्व रा...
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ...
पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ

पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
पानी पर्छ कि पर्दैन भन्ने कुरा माथिल्लो वायुमण्डलमा भइरहेका गतिविधिका आधारमा पूर्वानुमान गरिन्छ । तर त्यहाँको अवस्था कहिलेकाहीँ स्पष्ट नहुने भएकाले पूर्वानुमान कहिले मिल्छ कहिले नमिल्न सक्छ । त्यही वायुमण्डलीय गतिविधिको अध्ययनले कतिपय ठाउँको मौसम सटिक रूपमा अनुमान गर्न सकिन्छ भने कतिपय ठाउँमा त्यही आधार अपूरो हुन सक्छ । अहिलेको अवस्थासमेत त्यही हो । सटेलाइटबाट प्राप्त विभिन्न सूचनाका आधारमा मौसम पूर्वानुमान गरिन्छ । पूर्वानुमानमा थुप्रै सङ्केत (सूचक) प्रयोग गरिन्छ, जसमध्ये एउटा बादलको अवस्था पनि हो । बादल देखिएपछि त्यहाँ पानी पर्न सक्छ भन्ने अनुमान गरिन्छ । तर बादल देखिए पनि त्यो ठाउँमा वर्षा नहुन पनि सक्छ । त्यसैले पूर्वानुमान अनुमानमै आधारित हुने हुँदा कहिलेकाहीँ फरक पर्न सक्छ । मौसम पूर्वानुमान प्रणालीलाई कम विश्वसनीय भन्न मिल्दैन । तर जलवायु परिवर्तनका कारण मौसममा छिटो पर...
आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी (२०८४) सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।  पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।  ‘पार्टीमा एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो । एकताबद्ध भएर अघि बढ्दा २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन’, बैठकमा ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले देखेकै हो सुनेकै हो केपी ओली बिनाको एमाले, एमाले विनाको नेपाल बनाउँछौ भनेकै थिए तर अहिले पनि सरकारको नेतृत्व गरेका छौ । १३ महिना भइसक्यो सरकारको नेतृत्व गरेको ।’ ...