Breaking news 1

सरकारको १०० दिन: फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम

सरकारको १०० दिन: फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् ।जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताइन् । “मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “ एक खर्ब १९ अर्ब रुपियाँ बराबरको बजेट पुनःप्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको छ, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ ।”‘हेलो सरकार’म...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ पुस, पोखरा । कास्कीको राजनीतिमा चर्चामा आइरहनेमध्येको एउटा नाम हो, कुमार खड्का । नेपाली कांग्रेसबाट प्रभावित भएर विद्यार्थी आन्दोलन हुँदै राजनीति थालेका खड्काले स्ववियु सभापति हुँदै विभिन्न समयमा कास्कीको राजनीतिलाई तरंगित पार्दै आएका छन् । इन्जिनियरिङका विद्यार्थी खड्का नेपाल विद्यार्थी संघबाट इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको स्ववियु सभापति भएपछि बेलायतमा केही वर्ष बिताएर नेपाल फर्के । माओवादी शान्ति प्रक्रिया हुँदै संविधान सभाको निर्वाचनमार्फत स्थापित भएर जातीय पहिचानसहितको राज्यको वकालत गर्न थालेपछि बेलायतबाट फर्किएका खड्का पोखरामा त्यसको विपक्षमा सक्रिय हुन थाले । क्षत्रीहरूलाई संगठित र आन्दोलित गर्दै आफूसमेत चर्चामा आएपछि अखण्ड नेपाल पार्टी खोले, समानुपातिकबाट एक सिट पाउँदा आफैं दोस्रो संविधानसभामा छिरे र मन्त्रीसमेत बने । उनीहरूले पोखरामा महायज्ञसमेत लगाए र न...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ । त्यस्तै हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ भने देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।त्यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । ...
रवि लामिछाने रिहा: अदालतले अघि सार्यो यी ५ महत्वपूर्ण सर्त

रवि लामिछाने रिहा: अदालतले अघि सार्यो यी ५ महत्वपूर्ण सर्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउने, बैंक ग्यारेन्टी राख्ने लगायत ५ वटा कडा सर्त अघि सारेको छ । बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो । अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ । ...
मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौंप्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बिहानैदेखि बोक्लो हुस्सु सहित शीतलहर चलेपछि शुक्रबार विमानस्थलहरु खुल्न नसकेका हुन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज मध्यान्हसम्म उडान हुन नसकेको बुद्ध एयरले जनाएको छ ।तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौं यात्रु प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक तर्मिनलमा यात्रुहरुको भीड लागेको छ । ...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाण्डौ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अरु ठाउँमा भने मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ...
अहिले सरकारको प्रमुख काम निर्वाचन गराउनु हो: अर्थमन्त्री खनाल

अहिले सरकारको प्रमुख काम निर्वाचन गराउनु हो: अर्थमन्त्री खनाल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलअर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म मुलुक अगाडि नबढ्ने हुनाले अहिलेको सरकारको प्रमुख काम निर्बाचन सम्पन्न गर्नू रहेको वताएका छन्।राजनैतिक स्थिरता विना आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन्। उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे ।रुपन्देही उद्योग संघले विहिबार बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उमुद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताए । ‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छ...
निति निःशुल्क स्वास्थ्य तर सरकारी अस्पतालमै पाइँदैनन् महँगो र बिमाका साढे तीन सय प्रकारका औषधि

निति निःशुल्क स्वास्थ्य तर सरकारी अस्पतालमै पाइँदैनन् महँगो र बिमाका साढे तीन सय प्रकारका औषधि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
श्रीराम ज्ञवालीबुटवलनेपाल सरकारको स्वास्थ्य सेवा ऐनमा धैरै प्रकारका स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने उल्लेख छ। तर सरकारी अस्पतालहरूले उपचार गर्न आएका बिरामीलाई विभिन्न बहाना देखाएर बिमाका समेत सबै औषधि दिने गरेका छैनन् । स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा यस्तो भेटिएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमामा आबद्ध गराउँदा अस्पतालले एक हजार २सय ९८ प्रकारका औषधि राखेकै हुनुपर्छ । तर लेखिएकामध्ये साढे तीन सय प्रकारका औषधि फेला परेनन् । मन्त्रालयका अनुसार ७ सयदेखि ९सय५० प्रकारका औषधि मात्रै अस्पतालले राख्ने गरेका छन् । प्राय सफ्टवेयर बिग्रिँदा र बिमामा समेटिएका औषधि नपाउँदा सरकारी अस्पतालमा बिरामी भौँतारिरहेका हुन्छन् । बिमा सेवा लिँदा दुव्र्यवहार भएको, बिमामा औषधि नपाइएको, सफ्टवेयर नचलेकोलगायत गुनासा सेवाग्राहीले गर्ने गर्ने गर्छन् । मुख्यत: अस्पतालले बिमा सेवा सहज प...
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको हो । आयोगले कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरप...
जेनजी आन्दोलन पीडितलाई नि:शुल्क वैदेशिक रोजगार

जेनजी आन्दोलन पीडितलाई नि:शुल्क वैदेशिक रोजगार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेशमा काम गर्न चाहनेका लागि सिपमूलक तालिम पनि प्रदान गर्ने तयारी गरेको छ । तालिम लिएपछि चाहने व्यक्तिहरूलाई आन्तरिक रोजगारीमा जोड्ने वा वैदेशिक रोजगारीमा पठाउने योजना बनाइएको छ।नवनियुक्त श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको निर्देशनअनुसार मन्त्रालयले जेनजी रोजगार सहजीकरण संयन्त्र निर्माण गरी परिवारलाई मर्यादित र सुरक्षित रोजगारी अवसर उपलब्ध गराउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा पठाउन वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय गर्ने व्यवस्था पनि तय भएको छ। जेनजी आन्दोलनमा करिब २ हजार ५०० जना घाइते भएका छन् भने ७६ जनाको मृत्यु भएको थियो । सरकारले आन्दोलनलाई जनआन्दोलन मान्यता दिएको छ र १० बुँदे सहमति अनुसार घाइते तथा शहीद...